मोदीको कांग्रेस नेतासँग भेटवार्ता
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरु भेटवार्ता गरेका छन् ।
भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शाशंक कोइराला र पूर्णबहादुर खड्का, सह-महामन्त्री डा.प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव,विजय गच्छदार,कृष्णप्रसाद सिटौला लगायतका नेताको उपस्थिति रहेको थियो ।
पशुपतिनाथ मन्दिरको दर्शनपछि मोदीले कांग्रेस नेतासँग भेटवार्ता गरेका हुन् । कांग्रेससँग नेपाल भारतको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा मोदीसँग छलफल भएको छ ।