मोटर ग्यारेजदेखि ओस्करसम्म
जब हामी जन्मिन्छौं, हाम्रो एउटा नाम राखिन्छ। बाँकी जिन्दगीभर हामी सोही नामले चिनिन्छौं। राम्रो नराम्रो जे गरे पनि त्यो नाम हाम्रो पहिचान बन्छ। तर, यसमा पनि केही अपवाद हुुन्छन्। खासगरी कला तथा साहित्य क्षेत्रमा सर्जकहरू कहिलेकाहीँ आफ्नो जन्म नामको सट्टा कुुनै अर्को नाम प्रयोग गर्छन्। र, त्यही ‘पेट नेम’ पछि गएर उनीहरूको वास्तविक पहिचान बन्ने गर्छ। विष्णुुकुुमारी वाइबा साहित्यको दुुनियाँमा पारिजातको नामले बढी चिनिएजस्तै।
१८ अगस्टको दिन सन् १९३४ मा सम्पुुरन सिंह कालराको नामबाट एक बालकको जन्म हुुन्छ, ब्रिटिस इन्डियाको झेलुुम जिल्लामा (अहिलेको पाकिस्तान)। पाकिस्तान भारतबाट अलग भएपछि उनको परिवार हिन्दुुस्तान आएर बस्न थाल्छ। मुुम्बईमा परिवारलाई आर्थिक सहयोग होस् भनी ती बालक विभिन्न ससाना काम गर्न थाल्छन्। त्यसै दौरान उनी एउटा ग्यारेजमा काम गर्न थाल्छन्, दुुर्घटना भएर आएका गाडीमा स्प्रे पेन्ट गर्ने काम। उनलाई अरू कामभन्दा यो काम बढी मन पर्छ। किनकि यो काममा फुुर्सद धेरै हुुन्छ।
फुुर्सदको समयमा किताब पढ्न, कविता लेख्न पाइन्थ्यो। मुुख्य आकर्षण नै यही थियो। यसै दौरान एक दिन उनको हातमा रवीन्द्रनाथ टैगोरको किताब ‘माली’ (द गार्डेनर) पर्छ। हो, यही किताबले ती युुवाको साहित्यलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याइदिन्छ। उनको पूरै जिन्दगी नै परिवर्तन गरिदिन्छ। नामको मात्र के कुुरा !
मोटर ग्यारेजमा काम गर्ने ती युुवक अहिले बूढा भइसकेका छन्। ‘माली’ पढेको पनि दशकौं भइसकेको छ। आफूले लगाउने सेतो रङको सुुरुवाल कमिजजस्तै उनको कपाल फुुलेको पनि वर्षौं भइसक्यो। तर उनले लेखेका गीत अझै जवान छन्। सायद ती कहिल्यै बूढा हुुने पनि छैनन्।
ती युुवक जो सम्पुुरन सिंह कालराको नामले जन्मिए, संसार अहिले उनलाई त्यस नामले चिन्दैन। अहिले उनी गुुलजार भनेर चिनिन्छन्।
०००
आफूले अंगीकार गरेको नामले इसारा गरेझैं गुुलजारको बाल्यकाल गुुलाफको बगैंचाजस्तो रंगीन अनि कोमल भने थिएन। भारत र पाकिस्तान छुुट्टिँदा भएको हिंसा नजिकैबाट देखेका गुुलजारलाई त्यस घटनाले निकै पछिसम्म पनि असर गरिरह्यो। कैयौं वर्षसम्म त उनी राति राम्रोसँग सुुत्न पनि सकेनन्। सपनामा पनि त्यही घटना घरिघरि आइरहन्थ्यो अनि उनी थुुपुुक्क उठेर बस्थे। सुुत्न सक्थेनन्। ‘पार्टिसन’का ती पीडा अनि दुुःखपछि उनको हातबाट पोखिए, कहिले गीत त कहिले कविता बनेर। सन् १९८० को दशकमा पञ्जाबमा फेरि दंगा भड्कियो। पुुरानो घटना बल्लतल्ल भुुलाएका गुुलजारलाई यसले फेरि निराश बनायो। यसैको पृष्ठभूमिमा रहेर एक दशकपछि सन् १९९६ मा उनले ‘माचिस’ बनाए। यो उनले निर्देशन गरेको दोस्रो अन्तिम फिल्म हुुन पुुग्यो।
अहिले भने सुुरुखात तिरै जाऔं।
भारतीय फिल्म क्षेत्रमा करिबकरिब ६ दशक बिताइसकेका गुुलजार सुुरुआती दिनमा भने यस क्षेत्रबाट पर नै बस्न चाहन्थे। उनी त केवल साहित्य लेख्न चाहन्थे। बस् पढ्न चाहन्थे अनि कविता लेख्न चाहन्थे। अझ फिल्मबाट त दूर नै रहन चाहन्थे। फिल्ममा गुुलजारको प्रवेश त भयो तर त्यो पनि साहित्यकै बाटो भएर।
सानै उमेरदेखि काम गर्न थालेका गुुलजार मुुम्बई आएपछि नजिकैको कलेजमा भर्ना भए तर पढाइ सकाउन भने पाएनन्। औपचारिक शिक्षा पूरा गर्न नसकेको खिन्नताबीच उनी किताबी संसारतिर बढी आकर्षित भए। त्यसपछिका दिनमा साहित्यसँग उनको बेजोड लगाव बस्यो, जुुन अझैसम्म पनि कायमै छ। कलेजमा हुुँदा रहरैरहरमा लिएको प्रगतिशील लेखक संघ (पीडब्लूए)को सदस्यताले पछि उनको फिल्म प्रवेशमा महत्वपूर्ण भूमिका खेल्यो। हरेक आइतबार संघको मिटिङ हुुन्थ्यो। आफूले पढेर प्रेरित हुुँदै आएका लेखकहरूको कुुरा सुुन्न पाइने भएकाले गुुलजार हरेक मिटिङमा पुुग्थे।
त्यस बेलाका हिन्दी तथा उर्दुु साहित्यका हस्ती क्रिसन चन्दर, गीतकार शैलेन्द्र, कवि सलिल चौधरी सबै त्यहीँ भेटिन्थे। शैलेन्द्रसँग पछि उनको दोस्ती नै भयो। तिनै शैलेन्द्र र त्यस बेलाका नामुुद फिल्म निर्देशक विमल रोयको दबाब र करपछि गुुलजारको गीतकारका रूपमा फिल्ममा प्रवेश भयो। सन् १९६३ को फिल्म ‘बन्दिनी’मा उनले फिल्मका लागि पहिलो गीत लेखे, ‘मोरा गोरा अंग लै ले।’ त्यस अघिसम्म ग्यारेजमै हल्लिएर आफ्नो जिन्दगी बर्बाद गर्छ कि भन्ने विमल रोयलाई ठूलो चिन्ता थियो। गुुलजार रोयलाई आफ्नै पितासरह मान्थे। फिल्ममा पनि साहित्यकै मान्छेहरू भेटेपछि गुुलजारलाई त्यो वातावरण अलि सहज पनि लाग्यो। त्यसपछि उनी ग्यारेज फर्किएनन्। फर्किने कुुरो पनि थिएन। फिल्म ‘आनन्द’को डायलग लेख्न बाँकी नै थियो। राजेश खन्नाले फिल्ममा भनेको ‘बाबुु मोसए...’ आउने पुुस्ताको कानमा गुुञ्जिन अझै बाँकी थियो। आफैंले निर्देशन गरेको फिल्म ‘परिचय’का लागि
मुुसाफिर हुुँ यारो
ना घर है, ना ठिगाना
मुुझे चलते जना है
बस चलते जाना...
अझै लेख्न बाँकी नै थियो।
०००
हरेक लेखकले कुुनै न कुुनै बेला एकचोटि आफैंलाई सायद प्रश्न गर्छ।
‘के मैले लेखिरहेको कुुरा साहित्य हो ? ’
गुुलजारले लगाउने सेतो रङको सुुरुवाल कमिजजस्तै उनको कपाल फुुलेको पनि वर्षौं भइसक्यो। तर, उनले लेखेका गीत अझै जवान छन्। सायद ती कहिल्यै बूढा हुुने पनि छैनन्।
यसको उत्तर आफैंमा त्यति सहज छैन। अक्सर हामी देख्छौं, साहित्यको उचित मूल्यांकन लेखकले लेखिरहेको, बाँचिरहेको समयभन्दा निकै पछि गएर मात्र हुुन्छ। कहिलेकाहीँ त एकदुुई पुुस्ता नै लाग्छ। अमेरिकी गायक तथा गीत लेखक बब डिलनले सन् १९६० र ७० को दशकमा गीत लेख्दै गर्दा सायद आफैंलाई यो प्रश्न गरे कि गरेनन् ? करिब ६ दशकपछि उनले एक स्पष्ट उत्तर भने भेटे। सन् २०१६ को साहित्य तर्फको नोबेल पुुरस्कार तिनै डिलनले पाए। ‘गीत न हो’ भनेर खासै महत्वका साथ नहेरिएको विधाले मूलधारको साहित्यलाई माथ दिएको क्षण थियो त्यो।
गुुलजारलाई चिन्तित बनाउने प्रश्न भने अलि फरक थियो, सार लगभग उही भए पनि ‘कतै फिल्मको चक्करमा लागेर साहित्य लेख्ने आफ्नो उद्देश्य पूरा नहुुने त होइन ? ’
यस प्रश्नको उत्तर कुुर्न गुुलजारलाई डिलनलाई जस्तो धेरै समय लागेन। गुुलजारलाई एउटा सुुविधा के पनि थियो भने उनी गीतका साथसाथै कविता पनि लेख्थे, जुुन आफैंमा साहित्य छँदै थियो। सन् १९८० को दशकसम्म आइपुुग्दा एक गीतकार अनि कविका रूपमा गुुलजार लोकप्रिय भइसकेका थिए। उनको गन्ती भारतका अब्बल लेखकहरूमा हुुन थालिसकेको थियो।
सन् १९७० को दशकमा तीव्र गतिका साथ फिल्म निर्देशन गरेका गुुलजार सन् १९८० को दशकमा केही सुुस्ताए। ९० को दशकमा उनले दुुइटा मात्र फिल्म बनाए, माचिस र हुुतुुतुु। ‘हुुतुुतुु’ नै उनले निर्देशन गरेको अन्तिम फिल्म बन्न पुुग्यो। तर, फिल्मसँगको उनको नाता भने चलिरह्यो, एक गीतकारका रूपमा।
उनको साहित्यतर्फको यात्रा फिल्म भएर अघि बढ्यो, एउटा उचाइमा पुुग्यो अनि एउटा मोड आयो। गन्तव्य उही रहे पनि त्यसपछि उनले बाटो परिवर्तन गरे। सन् १९७५ मा आफैंले निर्देशन गरेको उनको बहुुचर्चित फिल्म ‘आँधी’को एउटा गीत जुुन उनले आफैंले लेखेका थिए।
इस मोड से जाते हैं
कुुछ सुुस्त कदम रस्ते
कुुछ तेज कदम राहें
पत्थर कि हवेली को
सिंशे के घरौंदो मैं
तिनको के नसेमन तक
इस मोड से जाते हैं।
यही गीतले भनेजस्तै फिल्म निर्देशन गर्न छोडेपछिको समय गुुलजारले बालसाहित्यलाई दिए। बच्चाहरूको साहित्यमा काम गर्ने उनको पहिले देखिकै इच्छा थियो। यसै सिलसिलामा उनले ‘जंगल बुुक’, ‘एलिस इन वंडर ल्यान्ड’जस्ता दूरदर्शनका टीभी सिरिजका लागि गीत तथा संवाद लेखे। साथै भारतमा बोलिने थुुप्रै आञ्चलिक भाषाहरूका बालसाहित्य हिन्दीमा उल्था पनि गरे। फिल्मका लागि गीत पनि लेखिरहे।
जय हो
सन् २००८ मा रिलिज भएको बेलायती निर्देशक ड्यानी बोएलको फिल्म ‘स्लमडग मिलियनेयर’का लागि गुुलजारले एउटा गीत लेखे, जसको शीर्षक थियो ‘जय हो।’ गीतमा संगीत चर्चित संगीतकार एआर रहमानले भरेका थिए। त्यसै वर्षको ओस्कर समारोहमा उक्त गीत सर्वोत्कृष्ट घोषणा भयो। रहमान तथा गुुलजारले संयुुक्त रूपमा ओस्कर जिते। गुुलजारले त्यसै गीतका लागि एउटा ग्राम्मी पनि जिते।
मोटर ग्यारेजदेखि सुुरु भएको यात्रा ओस्कर हुुँदै ग्राम्मीसम्म आइपुुग्दा केही सुुस्ताए पनि अझै जारी छ। डिलन तथा गुुलजारले आफूले सोधेका र नसोधेका प्रश्नको उत्तर विभिन्न चरण तथा तहमा पाइसकेका छन्। मलाई लाग्छ, जीवनको उत्तराद्र्धमा आइपुुग्दा दुुवै केही हदसम्म शान्त पनि छन्।
सन् १९८३ मा शेखर कपुुरले आफ्नो पहिलो फिल्म निर्देशन गरे ‘मासुुम’ जसको पटकथा, संवाद तथा गीत सबै गुुलजारले लेखे। त्यस फिल्ममा एउटा गीत छ, जुुन आजसम्म पनि श्रोताहरूको जिब्रोमा झुुन्डिएको छ। १० लाइनको भए पनि १० हजार किताबको भन्दा बढी वजन भएको गीत। गीतको भेषमा एउटा जीवनदर्शन।
तुुझसे नाराज नहीं जिन्दगी हैरान हुुँ मैं
तेरी मासुुम सवालो से परेशान हुुँ मैं...।
गीतले भनेजस्तै गुुलजार सायद अहिले जिन्दगीसँग त्यति ‘नाराज’ छैनन्, जिन्दगीका प्रश्नँंग त्यति ‘परेशान’ छैनन्।