मुुस्ताङका जाँगरिला महिला
मार्फा हुुँदै कागवेनी पुुग्दा थाकेको अनुुभव गरेका हामीलाई मुुसुुक्क हाँसेर स्वागत गरेकी माइली तामाङको जोश देखेर एकछिन अचम्म लाग्यो। चार सय स्याउ बोटकी मालिक हुुन् माइली। उनले आफ्नो जीवनका १५ वर्ष स्याउका बोट स्याहारेर बिताइन्। उनी जान्ने हुुँदादेखि स्याउ फलाउने धोको धेरैपछि मात्रै पूरा भयो। ‘उमेर हुुँदा च्यांग्रा गोठालोमा रमाइयो’, उनले सुुनाइन्। ढल्किँदो उमेरसागै च्यांग्रा गोठालो जान नसक्ने भएकी छन्, माइली अहिले। उकालो ओरालो गर्न कठिन हुुन थालेको छ। तर, काम गर्ने जोशजाँगर भने मरेको छैन।
माइली घन्टौं स्याउ बगैंचामा रमाउँछिन्। भोक र प्यासको पत्तै हुुन्न। उमेरले ६० कटेकी माइली उबेला दुुई सय बढी च्यांग्रा लिएर एक्लै उकालो लाग्थिन्। ढल्किँदो उमेरसँगै अहिले व्यवसाय फेरिएको छ। गोठालो जानुुभन्दा स्याउ र जौ फलाउन रमाइलो लाग्न थालेको छ अचेल। गत वर्ष १० लाख रुपैयाँभन्दा बढीको स्याउ बेचिन्, माइलीले।
कुुनै बेला पाँच रुपैयाँ किलोमा पनि स्याउ किन्ने हुुँदैनथे, उत्पादन सबै सडेर फाल्नुुपर्ने हुुन्थ्यो। ‘वर्षौंसम्म आफूले फलाएको स्याउ कि त गाईबस्तुुले खान्थे कि त बगैंचामै कुुहिन्थ्यो’, उनले थपिन्। अहिले समय फेरिएको छ। व्यापारीहरू बगैंचामै किन्न आइपुुग्छन्। बजारको दुुःख छैन। स्याउबाट मनग्य आम्दानी भएको छ। कहिलेकाहीँ स्याउका बोटमा कीरा लाग्दा मनै खिन्न हुुन्छ। सानो मात्रै दाग लागे पनि व्यापारीले खोट लगाएर फर्कन्छन्।
केही दिन भयो, उनी आराम गर्दै बसेको। स्याउ बगैंचाको कान्लोबाट लडेर उनको ढाडमा समस्या भएको छ। कुुराकानीका क्रममा मैले अस्पताल जान प्रसंग निकालँे। माइली थप्दै थिइन्, ‘थोरै दुुख्या मात्रै हो, जडीबुुटी खाएरै ठीक हुुन्छ।’ मसँग पेन किलर थियो। मसँग औषधि छ, लिनुुहुुन्छ ? भनेर सोधेँ। उनले जडीबुुटीले ठीक हुुन्छ भन्दै औषधि लिन मन गरिनन्। बिरामी भएर आराम गरे पनि उनको मन भने स्याउका बोटमै पुुग्छ। बसिरहनुु पर्यो भने निकै गाह्रो हुुन्छ, उनलाई।
झन्डै एक घन्टा माइलीको दुुःख सुुख सुुन्दा यस्तो लाग्थ्यो। उनी सबैभन्दा खुुसी देखिने महिला हुुन्। अन्य आममहिलाभन्दा फरक लागिन्, माइली। उनीभित्र निराशा भन्ने कुुरा पटक्कै छैन। यो उमेरमा पनि बिनाकुुनै थकान घन्टांै स्याउको बगैंचाको काममा नै रमाउँछिन्। सहरबजारका दिदीबहिनीका गुुनासा धेरै सुुन्दै आएकी ममा उनीभित्र भएको काम गर्न उत्साह र साहसले छुुट्टै अनुुभूति भइरहेको थियो।
चार सय स्याउ बोटकी मालिक हुुन् माइली। बगैंचाको कान्लोबाट लडेर बिरामी भई आराम गरे पनि उनको मन भने स्याउका बोटमै पुुग्छ। बसिरहनुु पर्यो भने निकै गाह्रो हुुन्छ उनलाई।
श्रममा महिलाको स्थान उच्च छ। मुुस्ताङका महिलाको जोशले थप प्रस्ट हुुन्थ्यो। कोही दिदीबहिनीहरू खाली बसेका छैनन्। सबैलाई आफ्नो व्यवसाय धान्न भ्याइनभ्याइ छ। युुवाहरू बिदेसिने समस्या यहाँ पनि छ। श्रीमान्ले कमाएर पाल्छन् भन्ने सोचाइ उनीहरूमा छैन। सबैजसो महिलाको आआफ्नै व्यवसाय छ। होटल व्यवसायमा खटिएकी डिक्की लामा गाउँका धेरै महिलाका प्रेरणाकी स्रोत हुुन्। उनका श्रीमान् विदेशमा छन्। उनले विगत १२ वर्षदेखि होटल चलाउँदै आएकी छन्। भालेको डाकसँगै सुुरु हुुने लामाको दिन राति अबेरसम्म पनि पाहुुनाको स्वागत गर्दैमा बित्छ। खाना पकाउनेदेखि कुुचो लगाउने सम्मका सबै काम उनी आफैं गर्छिन्। विगतको तुुलनामा अहिले होटल चलाउन सजिलो भएको उनको अनुुभव छ। यो सहजता यहाँको सडकले बनाएको हो। सडक विस्तारको तीव्रतासँगै पयर्टक थपिँदै छन्।
यो वसन्तयाममा दिउँसोको पारिलो घाम ताप्दै तान बुुन्न भ्याइनभ्याइ छ यहाँका महिलालाई। अहिले रेडिमेट सामानहरू बढेसँगै यस्ता मौलिक हाते बुुनाइका सामानको प्रयोग गर्नेहरू कम भएको कुुरा उनीहरूले सुुनाए।
जोमसोममा विगत २० वर्षदेखि अन्नपूर्ण होटल चलाउँदै आएकी कान्छी बानियाँ सडकको विस्तारले पयर्टकको संख्या बढ्ने र होटल व्यवसाय राम्रो हुुनेमा ढुुक्क छिन्। सडक राम्रो नहुुँदा धेरै खर्च गरेर खच्चडलाई भारी बोकाएर ल्याउनुुपर्ने हुुन्थ्यो। अहिले त्यस्तो छैन। आवश्यक पर्ने सामान एक कल फोन गरेपछि होटलमै आइपुुग्छ। चामल बाहेकका दैनिक उपभोग्य सामग्रीहरू सिमानाबाट पनि ल्याउँछन् उनीहरूले तर बाटो जोखिमयुुक्त छ। कागवेनीदेखि माथि मुुक्तिनाथसम्मको सडक निर्माणले तीव्रता पाएको छ। तिलिचो, दामोदर कुुण्ड, तिब्बतको माउन्ट कैलाशसम्म सडक निर्माण हुुन सके पर्यटन व्यवसाय अझै फस्टाउने स्थानीयवासी बताउँछन्। सदरमुुकाम जोमसोममा हुुने कतिपय छलफल कार्यक्रममा नेताहरूमाझ उनीहरूले सडक सञ्जालकै बारेमा कुुरा उठाउँदै आएका छन्।