मास्टरबेड

मास्टरबेड

अफिसबाट केही दिनको बिदा लिएर यात्रामा गएकी थिएँ। त्यो बिदा मेरा लागि लेख्ने–पढ्ने राम्रो मौका थियो। साहित्यमा खुुुुब चाख राख्ने एक पुुुुरुष मित्रलाई पनि सँगै लैजान मनासिव ठानेँ, जसले यात्रा थप रमाइलो हुुुुने मेरो अनुुुुमान थियो।

उसको नाम नवीन शाक्य। पछिल्लो समय ऊसँग नजिक छुुुु म। अर्थात् हाम्रो दोस्ती जमेको छ। हामीले आफ्ना जिन्दगीका तनावहरू कफीको चुुुुस्की लगाउँदै एकअर्कासँग साट्न थालेको पनि धेरै भइसकेको छ। हाम्रो सम्बन्धलाई ठ्याक्कै अथ्र्याउने शब्द मसँग भएन। गहिरो मित्रता भन्दा न्यायोचित हुुुुन्छ कि ?       

हाम्रो सर्कलमा उसको र मेरो नाम यो मित्रतामाथि अनेक आशंका छन्। केटा र केटीसँगै हिँड्दा पनि नाम जोडिदिने समाजका हामी दुुुुई प्राणी हामी किन उन्मुुुुक्ति पाउँथ्यौं र ?       

हामीलाई एकसाथ देख्नेले चोर बूढीऔंला जोडेर आँखीभौं माथितिर तान्दै भन्छन्– जोडी निकै राम्रो छ।

ऊसँग छुुुुट्टिएपछि हामी ठट्टा गर्छौं, हामी एक्लाएक्लै पनि नराम्रा छैनौं।

हामी दुुुुई कहिलेकाहीँ एकसाथ सवार गर्छौं। एउटै स्कुुुुटरमा एक दुुुुईपटक सँगै देख्नेले हामीबीच केही चलिरहेको हल्ला चलाइदिएका थिए।

‘कथाले माग्यो कि क्या हो ? के छ विचार ? ’ ऊ बेला–बेला मसंग ठट्टा गर्छ।

‘केटा र केटी असल मित्र मात्र हुुुुन सक्छन् कि सक्दैनन् होला ? ’ अक्सर यो प्रश्न आफ्ना नजिककालाई सोधिरहन्छुुुु। धेरैले यस्तो सम्बन्धमा कुुुुनै रूपबाट कतै न कतै प्रेम हुुुुने बताउँछन्।

प्रेम त प्रेम नै सही तर प्रेमीप्रेमिका नभई वा लोग्नेस्वास्नी नभई एउटा विशुुुुद्ध साथी मात्र हुुुुन सकिँदैन र ? सोचमग्न हुुुुन पुुुुग्छुुुु।

मेरा जीवनमा पनि थुुुुप्रै पुुुुरुषहरू आए। तीमध्ये धेरै मेरा शरीरसँग नजिकिन खोज्थे। कोही प्रेम गरौं भन्थे। र, केहीले मात्र बिहेको प्रस्ताव राखे। यी तीनवटै मेरो रोजाइ होइन।

सुुुुरुकै प्रसंग जोडौं, मैले नवीनलाई केही दिन बाहिर बास बस्ने गरीको यात्रामा जाउँ भनेकी थिएँ। उसले अन्कनाउँदै ‘हुुुुन्छ’ भनेको थियो।

सायद यस्तो प्रस्ताव उसलाई कुुुुनै केटीसाथीले राखेकी थिइनँ। ऊ केही असहज भयो र उसले सर्त राख्यो, ‘कसैलाई सुुुुइँको नदिने।’ मैले सहमति जनाएँ। यात्रामा पनि ऊ डराएको देखेँ। म अचम्मित भइरहेकी थिएँ। खासमा डराउनुुुुपर्ने त म हो। उसको अनुुुुहार हेर्दा यस्तो लाग्दैथ्यो, मानौं ऊ र म भागेर बिहे गर्न जाँदैछौँ।

‘समाजले हाम्रो दिमागमा कस्तो डर भरिदिएको है नवीन ?  विदेशमा त केटाकेटा अनि केटीकेटीमा धेरै घनिष्टता भयो भने शंका गर्छन् रे। यहाँ त केटा र केटीसँगै हिँड्दा पनि डर मान्नुुुुपर्ने।’ मेरो कुुुुरा सुुुुनेर नवीन केही बोलेन, मुुुुस्कायो मात्र।

गन्तव्यमा आइपुुुुग्यौं। बाहिरबाट हेर्दा ठीकै देखिने एउटा लजमा पस्यौं। रिसेप्सनमा गएर रुमबारे सोध्यौं।

‘हामीसँग मास्टरबेड भएको दाम्मी रुम छ। हनिमुुुुन प्याकेजअन्तर्गत अरू फ्यासिलिटिज पनि छन्,’ रिसेप्सनिस्टले उत्साहित हुुुुँदै भन्यो।

नवीन र मैले एकअर्कालाई हे‍र्‍यौं।

मेरा दुुुुवै आँखीभौं एक ठाउँमा जोडिइसकेका थिए। नवीनको अनुुुुहारको रङ पनि उडिसकेका थियो।

प्रेम, यौन र केटीसाथीको विषयमा धेरै नै संवेदनशील नवीन नर्भस हुुुुँदै बोल्यो, ‘ह...हो..इन।’

ऊ अड्केर बोलेको सुुुुनेपछि मैले नै ‘होइन’ भनिदिएँ।

‘एउटा मास्टरबेड अनि अर्को सानो बेड भएको रुम पनि छ।’ होटलवालाले अप्सन देखाउँदै कानसम्म ओठ पुुुुग्नेगरी हाँस्यो। किन किन मलाई ऊ हाँसेको फिटिक्कै मन परेन।

‘हामीलाई दुुुुईवटा सिंगल रुम चाहिएको छ।’ मैले भने।

उसले पालैपालो हामीलाई हेर्दै सिंगल रुम नभएको जानकारी दियो।

उपयुुुुक्त नहुुुुने भएपछि हामीले त्यो लज छोड्यौं।

उसैले चिनेको एउटा गेस्ट हाउस रहेछ। ट्याक्सी चढेर त्यतै लाग्यौं। त्यहाँ पुुुुग्नेबित्तिकै वेटरले चिसो जुुुुसले हाम्रो स्वागत गर्‍यो। ‘सत्कार राम्रो रहेछ।’ मैले मनमनै भने।

रिसेप्सनमा एउटी बहिनी थिइन्। उनले हामीलाई रुम देखाउन एउटा भाइलाई अह्राइन्। तिनले सरुमै मास्टरबेड भएको रुममा लगे। नवीन र म फेरि एकअर्कालाई हेर्दै जोडले हाँस्न थाल्यौं।

चिटिक्क परेको कोठामा एउटा ठूलो मास्टरबेड। कोठाको कुुुुनामा एउटा सिसाको टेबल र दुुुुईवटा काठका कुुुुर्सी। टेबलमाथि सिसाकै बाउलमा गुुुुलाबका पत्ताहरू पानीमा तैरिरहेका। मास्टरबेडको सेतो तन्नामाथि दुुुुईवटा सिरानी र कुुुुसन, सेतै ब्लान्केटमाथि रुमालको जोडी हाँस। ती हाँसहरूको चुुुुच्चो एकआपसमा जोडिएको थियो। तिनीहरू रासलीलाका लागि तयार हुुुुँदैछन्, यस्तै प्रतीत हुुुुन्थ्यो।

त्यो कोठा साँच्चै राम्रो थियो तर हाम्रो लागि उपयुुुुक्त थिएन। हनिमुुुुन मनाउने जोडीका लागि पफ्रेक्ट थियो, त्यो कोठा। मानौं एकजना मात्र त्यो कोठामा सुुुुत्ने भए पनि आफ्नो मन भरंग र आङ जिरिंग पारेर बस्नुुुुको विकल्प थिएन।

यहाँनेर प्रष्ट्याइहालौं, यौनका विषयमा हामी खुुुुला छौं। हामी कति दिन यौनकै विषयमाथि चर्चा गरेर बिताएका छौं। तर यति सचेत छौं, हाम्रो मित्रतामा यौन हाबी हुुुुनुुुु हुुुुँदैन। कामवासना हावी हुुुुन थाल्यो भने मित्रता खिइँदै जाला भन्ने चिन्ता हामीमा छ।

हामीसँग यस्तै साझा सोच छन् र हामी मित्र छौं। यौनका लागि मात्रै कुुुुनै केटा वा केटी साथी खोज्नुुुुभन्दा मास्टरबेसन उपयुुुुक्त विकल्प हो भन्ने हाम्रो साझा धारणा छ। यसकारण हामी दुुुुवैलाई त्यो मास्टरबेडले कुुुुनै अर्थ राख्दैनथ्यो।

हामी त मास्टरमाइन्ड लगाएर एउटा सभ्य र फलदायी बसाइँका लागि यो देशको एउटा मास्टरपिस सहरमा थियौं।

रिसेप्सनकी त्यो केटी पनि झुुुुक्किई। उसको अड्कलमा हामी नवविवाहित जोडी भयौं होला वा प्रेमीप्रेमिका अथवा समय तोकेर सहमतिमा सहवास गर्न आएका तन्नेरी।

‘म्याम रुम कस्तो लाग्यो ?’भाइको बोलीले म झस्किएँ। टोलाउन पो पुुुुगेछुुुु।

‘भाइ कोठा त साह्रै राम्रो छ तर के गर्नुुुु ? हामीलाई त दुुुुइटा रुम चाहिएको छ,’ त्यो केटाले हातमा चाबी खेलाउँदै हाँस्दै भन्यो, ‘तर यहाँ त योबाहेक डबल बेड भएको एउटा मात्र रुम बाँकी छ।’

हे भगवान् दिग्दार लाग्यो मलाई। सँगै हाँसो पनि। यो कस्तो स्थिति ? न नवीन र म एउटै मास्टरबेडमा सुुुुत्न सक्छौं, न डबल बेडको रुम सेयर गरेर बस्न। एउटै लिंगको भए त जहाँ जसरी बसे पनि हुुुुन्थ्यो। नवीन केटी नभएकोमा पहिलोपटक दुुुुःख लाग्यो।

यो रुम पनि नभए यो लज पनि छोड्नुुुुपर्ने बाध्यता थियो। झन्झट बेहोर्नुुुुभन्दा त्यहीँ बस्नुुुु ठीक भन्ने लागेर त्यसैलाई ओके ग‍र्‍यौं।

रिसेप्सनमा छोडिएको लगेज ल्याइदिन्छुुुु भनेर त्यो केटाले हामीलाई वाईफाईको पासवर्ड दिएर गयो। मैले सोचेँ, मनमा कनेक्सन भए पनि सम्बन्धमा कुुुुनै न कुुुुनै डिस्कनेक्सन हुुुुँदो रहेछ। सम्बन्धको पनि त आफ्नै–आफ्नै सीमा हुुुुँदोरहेछ।

यदि आफ्नो योनी चाहेको बेला झिक्न र फेरि राख्न मिल्ने भए म यस्तै अप्ठ्यारो परिस्थितिमा आफ्नो योनी झिकेर लकरमा बन्द गरिदिन्थे होला। मलाई आफू केटी भएकोमा पनि दुुुुःख लाग्यो।

‘अँ अनि तँ कुुुुन रुममा बस्छेस् ? ’ नवीनले मेरो एकोहोरोपन भंग गरिदियो।

‘मास्टरबेडमै बस्नुुुुपर्ला,’ म नाक खुुुुम्चाउँदै हाँसे।

‘केटा भएको भए त यहीँ बस्थिस् होला हैन ? ’ उसले बूढीऔंलाले डबल बेडवाला कोठातर्फ इसारा गर्दै भन्यो।

‘अहँ बस्दिनथेँ,’ मैले टाउको कन्याउँदै भने।

‘किन ? ’

‘मलाई त सेपरेट रुम चाहिन्छ। मास्टरब्युुुुसन गर्नुुुु परेन ? ’

‘हा ! हा ! हा !’ हाँसोले कोठा नै थर्कियो।

०००

मास्टरबेडमा पल्टिएँ।

त्यो मेरो आवश्यकता र इच्छा दुुुुवै थिएन, बाध्यता थियो। तेस्रो परेर सुुुुते पनि, हात खुुुुट्टा पसारेर सुुुुते पनि स्वतन्त्र थिएँ। तर फिटिक्कै मजा लागेन। मनमा कताकता घोचेजस्तो भयो। एक किसिमको चिडचिडाहटपनले सताइरह्यो।

फ्रेस हुुुुन मन लाग्यो। बाथरुम त हेरेकै रहेनछुुुु। सेतो चिल्लो मार्बलले बाथरुम चमकदार देखिन्थ्यो। त्यसमाथि आकर्षक बाथटबले बाथरुमको शोभा बढाएको थियो।

बडी स्याम्पुुुु टबमा खन्याएर मभित्र छिरेँ। फिजैँफिँजले शरीर ढाक्यो। त्यस्तैमा मलाई अचानक कुुुुनै सिनेमाको याद आयो। त्यसमा प्रेमीप्रेमिका टबभित्र एकैसाथ छिरेर नुुुुहाएका थिए। आङ सिरिंग भयो। पहिलोपटक अनुुुुभव गरेँ, पानीमा पनि काउकुुुुति लगाउन सक्ने शक्ति हुुुुँदोरहेछ।

नुुुुहाएर टावल बेरी बाथरुमबाट निस्किएँ। मनले भन्यो, कोठामा एक्लै छेस्। फेरि यो टावल किन ?   तँलाई त यहाँ सर्वांग हुुुुन पनि स्वतन्त्रता छ। हो जस्तो लागेर शरीरबाट टावललाई अलग गरेँ र ऐनामा सर्सति आफूलाई हेरेँ।

‘तेरो नि बिहे गर्ने बेला भो नानी !’ आमाले बेलाबेला भन्ने गरेको कुुुुरा सम्झेर गालामा लाली आयो। दुुुुलहाको कल्पना गरेँ। धुुुुमिल आकृति आँखामा आइरह्यो।

मेरो सर्कलका प्रायः सबै साथीहरूको बिहे भइसक्यो। हिजो बिहान मात्रै एउटीले फोन गरेर बिहेको निमन्त्रणा दिँदै थिई।

‘आउन पाउँदिन सरी’ भन्दै मैले बधाई दिएँ। दाम्पत्य जीवनको शुुुुभकामना भन्दै गर्दा दिमागमा आइहाल्यो, ‘आज त यसको सुुुुहागरात।’ जिस्क्याउन मन लाग्यो। मोरीले बिजी छुुुु भन्दै फोन काटी।

ढक ! ढक !

ढोकामा कसैले ढक्ढकायो। टावलमै थिएँ। एकछिन है भन्दै हतारहतार कपडा लगाएर ढोका खोलेँ। बाहिर त्यही रिसेप्सनकी केटी उभिएकी थिई।

‘यो चस्मा हजुुुुरको हो ? ’ उसले मायालुुुु स्वरमा सोधी।

नवीनको चस्मा तलै छुुुुटेको रहेछ। ‘ए यो त मेरो साथीको हो,’ मैले चस्मा लिँदै भनेँ।

चस्मा दिँदै गर्दा उसले कोठा सिनित्तै हेरिभ्याएकी थिई। सायद उसलाई विश्वस्त हुुुुनुुुु थियो, नवीन र मबीच केही सम्बन्ध छ कि छैन भनेर।

‘थ्यान्क्युुुु। अब खाना रेडी गरिदिनुुुु है,’ मैले उसलाई भने।

ढोका लगाउँदै गर्दा सोचेँ, अहिले नवीन कुुुुनै कामले यो रुममा भएको भए यसले शंका गर्थी होली।

खाना खान निस्कियौं। खाना अर्डर गरेर नवीनसँग कुुुुरा गर्दै थिएँ। हठात् मेरो नजर नजिकैको चउरमा पर्‍यो। त्यहाँ एउटा भालेले पोथीलाई आफ्नो दाउमा पार्न खोज्दै थियो।

‘के हेरिरहेको ? ’ नवीनले सोध्यो।

म नबोलेपछि उसले मुुुुन्टो फर्काएर त्यतैतिर हेर्‍यो। अनि हाँस्दै भन्यो, ‘भाले मुुुुडमा छ।’

‘मुुुुड !’ मलाई त्यो शब्दै मन परेन।

‘के पुुुुरुष जातिले स्त्रीलाई कामवासनाको रूपमा मात्र हेर्छन् ? के स्त्रीसँग अल्पकालीन सम्बन्ध मात्र राख्न चाहन्छन् ? ’ मेरो मुुुुखबाट अनायासै क्रोधमि िश्रत प्रश्न सुुुुनेर नवीन अक्क न बक्क परेर मलाई हेरिरह्यो।

यत्तिकैमा खाना आयो र ऊसँगको संवादको सिलसिला टुुुुट्यो। तर मनभित्रको संवाद जारी थियो। मेरो नाम सुुुुरक्षा तर मैले त्यसबेला आफूलाई असुुुुरक्षित महसुुुुस गरेँ। डर लाग्यो, यो बसाइँमा नवीनले पनि कतै त्यस्तै मुुुुड नबनाओस्।

खाना खाइसकेर आराम गर्छुुुु भनी म आफ्नै रुममा गएँ। कुुुुर्सीमा बसेर झ्यालबाहिर हेर्दै थिएँ। त्यहाँ परेवाको जोडी प्रेमालाप गर्नमा व्यस्त थिए। त्यो दृश्य देखेर मलाई बिहानको घटना याद आयो। कुुुुखुुुुराको भाले पोथीलाई लखेटी लखेटी सम्भोग गर्न खोज्दैथ्यो तर परेवाहरू स्वस्फुुुुर्त प्रेम गरिरहेछन्। लाग्यो, करकापबिनाको प्रेम पो प्रेम।

झरीको मौसम। चिसोचिसो हावा पनि चल्दैथ्यो। मलाई बियर पिउन मन लाग्यो। साँझ पर्नै लाग्दा मैले पिनट साधेँको, भेज पकौडा, फ्रेन्च फ्राई, सुुुुकुुुुटी र बियर अर्डर गरेँ। नवीनलाई कम्पनी दिन भनेँ। उसले नाइँ भनेन। करिडोरमा निस्किएर बस्यौँ। टेबलमा हामीले अर्डर गरेका सबै आइपुुुुगेपछि हामीले गिलास उठाएर चियर्स ग‍र्‍र्यौं।

‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले,’ नवीनले गीत गायो।

‘म छुुुु भनी भरोसा दिलायो साथीले,’ मैले थपिदिएँ।

‘सुुुुरक्षा तँ केटा होस् यार !’ बियरको चुुुुस्की लगाउँदै उसले भन्यो।

‘किन ?’ मैले सोधेँ।

‘एकान्तमा एउटा हेन्सम केटा पाउँदा पनि फिलिङ छैन भन्छेस्। तँ एबनर्मल त होइनस् ? ’ उसले आँखा झिम्काउँदै भन्यो।

‘म एबनर्मल होइन यार। तर मन परेको नर्मल मान्छे भेटेकै छैन। तँलाई के थाहा परिस्थितिअनुुुुसार प्रस्तुुुुत हुुुुन सक्ने खुुुुबी छ मसँग।’

‘खुुुुबी देखा न त !’ ऊ जिस्कियो।

‘बियर लाग्यो क्या हो तँलाई।’ मैले आँखा तरिदिएँ।

‘नमस्ते, सञ्चै हुुुुनुुुुहुुुुन्छ ? ’ एक अपरिचित पुुुुरुषले बोलायो। मैले चिनिनँ। उसले नवीनलाई सम्बोधन गरेको रहेछ।

‘ल ब्रो बधाई छ,’ नवीनले त्यो केटालाई हात मिलाउँदै भन्यो।

केटाले मतिर हे‍र्‍यो। चिनेझैं गरेर मुुुुस्काइदिएँ।

‘उ मेरो बेस्टी सुुुुरक्षा,’ नवीनले मेरो परिचय दियो।

‘म दीपेन्द्र,’ उसैले भन्यो।

‘हाइ,’ मैले हात हल्लाएँ। अनि सोधेँ, ‘के को बधाई हो ? ’

‘बिहेको,’ संक्षिप्त उत्तर दिँदै केटो लजायो।

‘वाउ कन्ग्राचुुुुलेसन,’ मैले बधाई दिँदै भने ‘वेयर इज योर बिलभ्ड वन ? ’

केटोले हातले इसारा गरेर देखायो। मैले पछाडि फर्किएर हेरेँ। उसकी दुुुुलही मेरो ढोकानिर उभिएकी थिई। मोटी मोटी गोरी केटी रातो कुुुुर्ता सलवारमा निकै राम्री देखिएकी थिई।

‘ल गुुुुडनाइट है। जान्छुुुु अहिले,’ दीपेन्द्रले भन्यो।

‘ह्याभ अ ग्रेट इभिनिङ। चियर्स,’ नवीनले गिलास उचाल्यो।

दीपेन्द्र गएको हेरिरहेँ। ऊ बस्ने रुमको पर्दा खुुुुल्लै थियो। जसको ठीक सामुुुुन्ने हामी बसेका थियौैं। रुममा पस्नेबित्तिकै उसले हामीलाई एकपटक हे‍र्‍यो र पर्दा लगायो।

‘त्यो रुमको मास्टरबेडमा त तिनीहरू दुुुुईजना छन्। तँ त..’ नवीनले मलाई कटाक्ष हान्यो।

‘टोय छ नि,’ म खित्का छोडर हाँसे।

‘टोयसँग फिलिङ आउँछ र ? ’

‘अचेलका केटासँग पनि त फिलिङस् कहाँ छ र ? ’

नवीनले एकटकले मेरो आँखामा हेरिरह्यो। एकछिन सन्नाटा छायो।

‘छिटो खा, हनिमुुुुन जोडीलाई डिस्टर्ब होला फेरि,’ मैले नै मौनता तोडिदिएँ।

हामी आ–आफ्नो रुममा गयौँ।

मास्टरबेडमा डङ्रङ पछारिएँ। चुुुुइँक्क–चुुुुइँक्क आवाज आयो। हाँसो उठ्यो। वेपर्वाह हाँसिदिएँ। एकछिनपछि पल्लो कोठाबाट पनि यस्तै आवाज आउनेछ। ती जोडीले आफ्नो जीवनको अविस्मरणीय क्षण त्यो मास्टरबेडमा बिताउनेछन्। साँच्चै त्यो मास्टरबेड कतिवटा जोडीको प्रेमको साक्षी बस्यो होला है ? यस्तै सोच्दै बसेँ।

नभन्दै अर्को कोठाबाट के–के आवाज आउन थाल्यो। मैले लामो सास ताने। गुुुुलाफको बास्ना फोक्सोभरि पस्यो। सिरानीलाई कसेर च्यापेँ। मानौं त्यो सिरानी नभएर मेरो प्रेमी हो। र, मैले प्रेमीलाई बाहुुुुपासमा कैद गरेर राखेकी छुुुु। शरीर तरंगित हुुुुन थाल्यो। पसिनाले निथ्रुुक्क भिजेँ। मास्टरबेडलाई नै प्रेमी सम्झेर उसैमा समाहित भइदिएँ।

हाँसको जोडीले आफ्नो चुुुुच्चो जोडिरहेकै थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.