हवाई मलामी (फोटो स्टोरी)

हवाई मलामी (फोटो स्टोरी)

बेँसीमा रेस्येखोला, खोलामाथि भीरैभीर, भीरमाथि थुुम्कोमा गाउँ र त्यसमाथि डाँडैमा च्यानघर ! यसले पनि ‘सालाङ’ गाउँको भूपरिचय दिन्छ। उपल्लो गोर्खाको एक दुुर्गम गुुरुङ गाउँ। भूकम्पको दाग अझै आलै छ। काठमाडौंबाट यो गाउँमा पुुग्छ गाडीमा एक दिन लाग्छ।

यी मृत्युु संस्कारका तस्बिरहरू खिच्ने समयमा म स्क्रिप्टको खोजीमा गाउँ पुुगेँको थिएँ। तस्बिर खिच्न पाउँदा दुुःखसहितको खुुसी मिल्यो। गाउँमा अस्पताल छैन। साधारण हेल्थपोस्ट मात्रै छ। गम्भीर र आकस्मिक बिरामी हुुँदा भयंकर आपत् आइपर्छ। सडक छैन। भीरको बाटो उस्तै तनाव ! बोकेर लैजाने पनि मुुस्किल पर्छ। कत्ति बिरामीले घरमै र कतिले बीच बाटोमै प्राण त्याग्छन्।

कस्तो हुुन्छ मृत्युु संस्कार ?

जीवन र मृत्युुको अन्तिम दोसाँधमा पुुग्दा सिरानीमा सेतो कात्रो र मुुखमा ‘यिरन’ पैसा राखिदिने चलन छ। मृतकलाई सबैभन्दा पहिला म्वोलले छुुन्छ। माँसः (ज्वाइँ) हरूले घरभित्र चुुलोभन्दा तल एक ठाउँमा एउटा ‘रास्यी खोप्क्य’ (रक्सी पार्ने तामाको भाँडो) मा बख्खुु वा चोखो वस्त्रको ओछ्यान बनाई त्यसैको माथि मृतकलाई बिसाउँछ र चुुन्द्रङ आसनमा राखिन्छ। मृतकको ‘पुुस्यी क्योवे’ (घुुँडा खुुम्च्याइदिने काम) कर्तव्य ज्वाइँहरूको हुुन्छ।

मृतकलाई प्रायः एक रात राख्ने चलन छ। नाताआफन्त तथा गाउँ समाज भेला हुुन्छन्। उही रातदेखि भोलिपल्ट बिहानसम्म घरभित्र लामाले शास्त्र पाठ गर्दै उसलाई पछ्याउँदै ‘मानीँ टँ’ वा ‘तार्गुु’ गर्ने चलन छ।

बिहान लामाको घरबाट ङ्हँ (ढ्याङ्ग्रो) बजाइन्छ। मृतकलाई लानुुअघि संघारबाहिर टाउको दक्षिणतिर पारेर सुुताइन्छ। लामा मृतकको टाउकोपट्टि बसेर शास्त्रोच्चारण गर्न थाल्छ। ङ्हँ, छ्योङ्लाङ, तुुङ्गार र छिलिङ एकसाथ बजाउँदै गर्दा म्वोलःले तोज्र्ये (वज्र) ले मृतकको नाम्बो (टुुप्पी) उखेल्ने तयारी गराउँछ। उसले चरमोत्कर्षमा शास्त्रोच्चरण गरेपछि मृतकको नाम्बो आफैं उखेलिँदै आउने विश्वास गरिन्छ। उखेलिएपछि यसको जिम्मा म्वोलःले लिन्छ। यसैबेला बाकसको लागि फ्ल्याक, ताम्बुु, लाम्स्यार र महिला मृतक भए पोथी कुुखुुरा, पुुरुष मृतक भएमा भाले कुुखुुरा, पिदुु प्वा (भुुटेको लट्टे), औजारहरू, उल्ट्याइएको कोदालो, मृतक बोक्ने खटलगायत चाहिने सामग्री सबै तयार गरिसकेका हुुन्छन्।

च्यानडाँडा पुुगेपछि शव डाँडाको अलिसम्म परेको ठाउँमा बिसाइन्छ। आफन्तको रोजाइमा लाम्बोले मृतकको जग्गा छनोट गर्छन्। कसैको चिहानमाथिको जग्गा परेमा त्यस ठाउँ निखन्नुुपर्ने हुुन्छ, एक डबल पैसा राखेर। लाम्बोले नाच्दै भुुइँमा एउटा चिन्ह कोरेर त्यही ठाउँमा उल्ट्याइएको कोदालोले तीनखेप खनेर मृतक गाड्ने खाल्टोको उद्घाटन गरिदिन्छ। यसपछि खाल्टो खन्ने सुुरु हुुन्छ। लाम्बोले मृतकको ‘ह्री’ मार्छ। नासः तेँ सुुरु हुुन्छ। पैसा चढाउनुु नासो दिनुुको कारण चाहिँ ख्यो–कुु (नौढोका) बाट मृतकलाई पार गर्नको लागि बाटो खर्च दिएको मानिन्छ।

धेरैजसो मृतक लाम्बोमार्फत बोल्ने, नभए अरू कसैमा आत्मा चढेर बोलेको भन्छन्, यसलाई स्थानीय बोलीमा ‘पाःप्ह्र’ भनिन्छ।

मृतक खाल्टोमा गाड्नुुअघि स्याङ्ताङ क्वोर (कुुखुुरा घुुमाइने उडाइने) चलन छ।

मृतकलाई खाल्टोमा राख्नुुअघि उसको सबै गरगहना, खानेकुुरा केही पनि साथमा राखिँदैन। खाल्टोमा लास राख्ने बेला लाम्बो नाच्छ। मलामीहरूले खाल्टोमा माटो तथा काठका सिन्का फालिदिने चलन छ। यसपछि माँसःहरू बाहेक सबै घरतिर फर्किन्छन्। घर फर्किंदा चिहानपट्टि फर्किनुु हुुन्न भनिन्छ। घरमा आएर धुुपपातीको धुुवाँ लिएर आप्mनो घर जान्छन्। उही साँझ ‘चेःङो म्यँ’ अर्थात् नुुन फुुकाउँछन्।

माँसःहरू फर्किंदा बीचबाटोमा कात्रो कपडा बाँड्छन्। बीचबाटोमा मृतकको नाम्बो एउटा निगालोको कुुल्पीमा राखेर लुुकाएर राख्दिन्छन्, यो पछि तोमोँ हाल्दा लाम्बोले नाच्दै आएर आफैं पत्ता लगाई ‘ड्ये’ मा रहेको ‘कुुउर’को शिरमा ‘नेँपार’ सँगै गाडिदिन्छन् र जलाइन्छ।

साँझ मृतकको घरमा ‘स्याङ–लङ छुुर्दी’ अर्थात् काठ–ढुुंगा छुुट्याउने गरिन्छ, यो गर्नुुको कारण तोमोँको लागि हो। त्यसै बेला मृतकलाई पित्र वा पित्रीको दर्ता गर्न ‘बयी’ वा ‘टाङ्रे’ को ‘गुुङ’ अर्थात् ज्यानमा चढाउने चलन छ, र त्यही मृतकको ‘यिरन’ पैसा पनि टाङ्रेको ‘डाङ’ अर्थात् चुुलोको उत्तरपट्टिको चोखो ठाउँतर्फ, जहाँ चोखो पानी राखिने कलश, च्यी–फुुत् राखिने आनेपम र धुुपपाला राखिन्छ। त्वुुमको घरमा भए ङ्हँ र सेःप पनि राखिन्छ, त्यतातिर यिरन फालिदिने चलन छ।

गाउँमा तोमोँ हालिरहेको थियो, उही दिन पुुगेँ म। दोस्रो दिन हेलिकप्टर आउने खबर फैलियो। काठमाडौंको एक अस्पतालमै पेन्सनवाल्नी बजैले अन्तिम सास छोड्नुु भएछ। गाउँकै डाँडामा अन्तिम ओछ्यान हुुनुुपर्ने बजैको इच्छा। समय घर्किसकेकाले घरमा ल्याउनुुभन्दा सीधै डाँडामा बिसाइने सल्लाह भयो। मृतक आइपुुग्नुुअगावै लामाले घरमा गर्नुुपर्ने सबै रीत पुुर्‍याइयो। मृतकको खट, ताम्बुु, लाम्स्यार, काठ–फ्ल्याक, उल्टो कोदालो, हँसिया, स्याङ्ताङ आदिसहित गाउँलेहरू चिहान तल आलुुबारीमा भेला हुुँदै गए।

करिब डेढ घन्टापछि हवाई मलामी आइपुुग्यो, साह्रै महँगो मलामी ! आलुुबारीमा अवतरित भयो। बिजोर शंख बज्यो। छ्योङ्लाङ बज्यो। ङ्ह बज्यो। लाम्बोँ नाच्दै अघि बढ्यो। पाँच मिनेट मै चिलगाडी फिर्ता भयो। चारजना ज्वाइँसँगै हैंसेमाहैंसे शवयात्रा चिहानडाँडातर्पm बढ्यो।

हुुनेहरू आपत् पर्नासाथ हेलिकप्टरमा, नहुुनेहरू त चिहानमा ! यस्तो जनगुुनासो सुुनियो। उनीहरू राज्यसँग प्रश्न गरिरहेको आभाष हुुन्थ्यो। उनीहरू भन्दै थिए, ‘राज्यको न्यूनतम दायित्व के हो ? मौलिक हक कहाँ छ ? कोही अस्पताल नदेखि मर्नुुपर्ने, कोही हेलिकप्टरभित्रै अन्तिम सास फेर्न बाध्य हुुनेपर्ने, यस्तो विडम्बना आखिर कहिलेसम्म ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.