मोदीको राजनीतिक भेटवार्ता : प्रचण्ड र उपेन्द्रसँग एक्लाएक्लै, कांग्रेस र राजपासँग सामुहिक
![मोदीको राजनीतिक भेटवार्ता : प्रचण्ड र उपेन्द्रसँग एक्लाएक्लै, कांग्रेस र राजपासँग सामुहिक](https://annapurnapost.prixacdn.net/media/albums/20180512091101_modi-political-visit_Xf1sSyb0dR.png)
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको दोस्रो दिन धार्मिक पूजाआजसहित राजनीतिक भेटघाटलाई पनि तीब्रता दिएका छन्।पशुपतिनाथमा पूजाअर्चना गरेर नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूलाई सामुहिक रुपमा भेटेका प्रधानमन्त्री मोदीले त्यसलगत्तै पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकान्त भेटवार्ता गरेका छन्।
काठमाडौंको होटल द्वारिकामा करिब २० मिनेट भएको भेटमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा कुराकानी भएको जनाइएको छ।
यस्तै प्रधानमन्त्री मोदीले पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि १५ मिनेट एक्लाएक्लै वार्ता गरेका छन्। राजपाका नेताहरूलाई भने उनले सामुहिक भेटेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)