कवि श्यामलको नृत्य

कवि श्यामलको नृत्य

हामी ‘कम्बाइन्ड स्टडी’ गर्ने उद्देश्यले २०५९ सालको कुुनै महिनाको एक बिहान थानकोट पार्क पुुगेका थियौं। परीक्षा सोही दिन नै थियो। त्यसैले, छिटोछिटो पढेर पाटनढोकास्थित पाटन संयुुक्त क्याम्पसमा अन्तिम दिनको परीक्षा दिन पुुग्नुुपर्ने थियो। पार्क खाली नै थियो, सप्ताहन्त वा बिदाको दिन त्यो थिएन। त्यसकारण पनि त्यो शून्यजस्तै हुुन पुुगेको थियो। कवि श्यामल र म एउटा बेन्चमा बसेर यस्सो पुुस्तक पल्टाउन थाल्यौं। पन्ध्र मिनेटजति पढेजस्तो गर्‍यौं पनि।

पुुस्तकको पानामा विभिन्न खालका लोकनृत्यबारे उल्लेख गरिएको थियो। श्यामल किताब बन्द गरेर पार्कको चौरमा नाच्न थालिहाले। देउडा, भुुओ, मारुनी, रत्यौली आदि नृत्यमा उनी रमाउन थाले। म अवाक् उनलाई हेरिमात्र रहेँ। पार्कमा बियर, पानी तथा अन्य खानेकुुरा बेच्न ल्याउने एउटा किशोर श्यामलको अघिल्तिर उभियो। एकछिन उनको नृत्य हेर्दै किशोरले भन्यो, ‘बियर लिनुुस् दाइ, एकदम चिसो छ।’ कविले किशोरको आग्रह टार्न सकेनन् र एउटा बियर हातमा लिएर आफ्नो नृत्य कलालाई थप कसिलो पार्न थाले। केही बेरमै नृत्य हेर्नेको संख्या एउटा किशोरमा मात्र सीमित रहेन, चारपाँचजना पुुगिहाले।

पाठ्यपुुस्तकतर्फ फर्केेर हेर्न पनि मन नलागेको ठीक १२ वर्षपछि पुुनः पढ्ने सुुर चल्न थालेको थियो मलाई। कोही मलाई ‘उमेरले छेक्दैन, पढनुुपर्छ’ भनी प्रेरणा पनि दिइरहेका थिए, पछिल्तिर बसेर। पाठ्यपुुस्तक जम्मा पारिदिने काम पनि तिनले गरिदिएका थिए। त्यसबाहेक सधैं नयाँसडकमा भेट हुुने समकालीन मित्रहरूले विभिन्न विषयमा प्राप्त गरिसकेको डिग्री र खाइरहेको जागिरले कताकता ईष्र्या पनि उत्पन्न गराइरहेको थियो। वास्तवमा मलाई पाठ्यपुुस्तक र त्यसमा रहेका पाठहरूप्रति रत्तिभर रुचि थिएन। सोही कारण मेरो पढाइ औसत नै रह्यो। पढाइ अघि बढाउने अनि पढेरै जागिर खाने भन्ने कुुराप्रति चासो नै कम भएर गएको थियो। साहित्यमा रुचि भएका कारण पाठ्यपुुस्तकमा राखिएका कतिपय रचना पढिसकेको थिएँ।

नयाँसडकस्थित कविकुुनोमा एक साँझ सम्पन्न छलफलबाट श्यामल, पुुरुषोत्तम सुुवेदी र म नेपाली विषयमा स्नातकोत्तर अध्ययन गर्ने निक्र्योलमा पुुगेका थियौं। तर, यो कुुरा सकेसम्म हल्ला नगर्ने पनि हाम्रो सहमति भएको थियो। एकातिर उमेर छिप्पिसकेका हामी त्रयका निम्ति पुुनः पाठ्यपुुस्तक जम्मा पारेर पढ्नुु, परीक्षा दिनुु अनि उत्तीर्ण हुुनुु एकप्रकारको चुुनौतीपूर्ण काम नै थियो भने अर्कोतिर अहिलेसम्म त्यो स्तरको पढाइ पूरा गर्न नसकेको लाज पनि थियो। तर, हामी तीनैजना प्राइभेट परीक्षा दिनका निम्ति आवश्यक सबै रीत पुुर्‍याएर पढ्न थाल्यौं। परीक्षा उत्तीर्ण गर्नुु हाम्रा लागि बाध्यता र चुुनौती दुुवै बन्न पुुगेको थियो।

साहित्य लेखिरहेको र पढिरहेका कारण हुुन सक्छ, हामीले पहिलो वर्षको परीक्षा सहजै पार गर्‍यौं। तर, दोस्रो वर्षको परीक्षासम्म पुुग्दा हाम्रा मित्र सुुवेदीलाई भने नेपाली विषयको झमेलायुुक्त परीक्षा उतिविधि मन परेन र उनले दोस्रो वर्षको परीक्षामा सहभागी नहुुने निधो गरे। अर्कै विषयमा स्नातकोत्तर गरिसकेका कारण पनि यो डिग्री उनका लागि आवश्यक थिएन सायद। तर, कवि श्यामल र म भने स्नातकोत्तर गर्नैपर्ने स्थितिमा थियौं। श्यामलले दुुई दशकभन्दा पनि पछि पढाइलाई निरन्तरता दिने निधो गरेका थिए। उसै पनि उनी तीक्ष्ण बुुद्धिका चर्चित लेखक थिए। उनका हस्ताक्षर, बुुझाइको स्तर र उच्च कोटीको निबन्ध तथा कविता लेखनका कारण नेपाली विषयमा स्नातकोत्तर गर्नुु कठिन काम थिएन। मजस्ता मन्द बुुद्धिका मान्छेका लागि भने यो परीक्षा ‘जिन्दगीकै परीक्षा’ बन्न पुुगेको थियो।

दोस्रो वर्षको चार सय अंकको परीक्षा हामी दुुईले निर्बाध सम्पन्न गर्‍यौं। बाँकी रहेको सय नम्बरमा भने हामीले लोकसाहित्य लिएका थियौं। ५० नम्बरको थेसिस लेख्नुुपर्ने र ५० नम्बरको परीक्षा दिनुुपर्ने त्रिविको नियम थियो, प्राइभेट विद्यार्थीका हकमा। लोकसाहित्य निकै सजिलो हुुने भएकाले एक बिहान श्यामलको घरमा बसेर संयुुक्त अध्ययन गर्ने सहमति नयाँ सडकको सन्ध्याकालीन भेटबाटै तय हामीले गरेका थियौं। दैलेखमा जन्मिएका र त्यहीँको माटोमा लडिबुुडी गरेका प्रतिभाशाली श्यामलका निम्ति नेपाली लोकसाहित्य सहज हुुनुु स्वाभाविक थियो।

म काठमाडौंको पूर्वी काँठमा जन्मिएका मनुुवाका लागि लोकसाहित्य पक्कै पनि सजिलो थिएन। ‘कोर्समा भएको लोकसाहित्य म तिमीलाई दुुई घन्टामा बताइदिऊँला, पास भइहालिन्छ नि। के चिन्ता लिएको’, श्यामलले मलाई परीक्षाको केही दिनअघि भनेका थिए, ‘जाँच हुुने दिन नै बिहान तिमी मेरो घर आऊ, म सिकाइदिऊँला। अनि सँगै जाँच दिन जाऊँला।’ हाम्रो परीक्षा केन्द्र पाटन संयुुक्त क्याम्पस थियो। त्यतिमात्र होइन, हामी दुुवै प्राइभेट परीक्षार्थी भएका कारण जाँच दिने कोठा पनि एउटै पर्दै आएको थियो।

म लोकसाहित्य सिक्न परीक्षाकै दिन सहमतिअनुुसार बिहानै श्यामलको घर पुुगेँ। मैले परीक्षाको कुुनै तयारी गरेको थिइनँ, उनले सिकाइदिऊँला भनेपछि किन पढ्नुुपर्‍यो र भन्ने लागेको थियो। केही पनि नपढेको र परीक्षाको दिन आइसकेकाले म बढी नै चिन्तित थिएँ। त्यसैले तोकिएको समयभन्दा अगाडि नै श्यामलको घर कलंकी पुुगेको थिएँ।

हामी एउटा रेस्टुुराँमा पस्यौं। भोक त मलाई पनि लागिसकेको थियो। तर, श्यामलले त्यहाँ पस्नासाथ अर्डर गरेको वस्तुुको नाम सुुनेर म छक्क परेँ।

घरको ढोकाछेउमा भाउजूलाई देखेर मैले ‘नमस्कार भाउजू’को औपचारिकता निर्वाह गरेँ। तर, भाउजूबाट त्यसको कुुनै प्रत्युुत्तर आएन। भाउजूको अनुुहार अलि नखुुलेको जस्तो पनि लाग्यो। कताकता रिसाएको जस्तो पनि देखिन्थ्यो। म त्यहाँ पुुगेको श्यामलले थाहा पाइसकेका रहेछन्। उनले झ्यालबाट मलाई भित्र आउन भनेपछि म भाउजूको प्रतिक्रिया नपर्खेर भित्र पसेँ।

‘हिजो राति म अलि अबेर गरेर घर आएको थिएँ, त्यसैले श्रीमतीजी मसँग रिसाउनुुभएको छ। राति त्यस्तै लफडा पनि परेको थियो, श्रीमतीको र मलाई घर ल्याइदिने मान्छेबीच। रक्सी अलि बढी नै खाइएछ कि क्या हो मित्र हिजो। पछि बताऊँला सबै कुुरा, अहिले छाड। अब हामी घरमा होइन, कतै गएर पढौं’, श्यामलले भने, ‘उनी रिसाएपछि तिमीलाई घरमा भात ख्वाउन पनि मैले सक्ने कुुरा भएन। त्यसैले जाऊँ बाहिरतिर, खाना पनि बाहिरै खाऊँ अनि पढौंला पनि त्यतै कतै। म कपडा फेरेर आउँछुु, तिमी मोटरसाइकल स्टार्ट गर्दै गर।’ उनले जसरी हुुन्छ, छिटो मलाई घरबाट बाहिर पठाए। र, आफू पनि हतारहतार घरबाट बाहिर निस्किए।

श्यामलको गडबडीले भाउजूलाई निकै दिक्क लगाएको बुुझ्न सकिन्थ्यो। भाउजू रिसाउनुु र श्रीमान्का साथी (म) एकाबिहानै घर आएकोमा कुुनै चासो नदिनुु पनि जायज लाग्यो मलाई। परीक्षा दिइरहेको श्रीमान्को क्रियाकलाप देखेर भाउजूलाई दिक्क लाग्नुु अस्वाभाविक किञ्चित पनि थिएन।

कम्बाइन्ड स्टडी गरेर परीक्षा उत्तीर्ण गरौंला भनेर अग्रज मित्रको घरमा एकाबिहानै पुुगेको मेरानिम्ति त्यहाँको वातावरण उचित लाग्ने कुुरै भएन। उनको घरमा बसेर पढ्ने वातावरण उनैले बिगारिसकेका थिए। म आज्ञाकारी बालकझैं उनको घरबाट बाहिर निस्केर मोटरसाइकल स्टार्ट गरेर कुुर्न थालेँ। कोठाबाट बाहिरिँदा पुुनः भाउजूसँग जम्काभेट होला कि भन्ने एक प्रकारको डर थियो मेरो मनभित्र, तर त्यो अवस्था नआएकाले म ढुुक्क पनि भएँ।

‘थानकोट पार्क जाऊँ राजेन्द्र। त्यहाँ शान्त वातावरण पनि हुुन्छ, पढ्न मिल्छ’, मोटरसाइकलमा बस्दै श्यामलले भने, ‘जाँच सुुरु हुुनुुभन्दा एकडेढ घन्टाअघि त्यहाँबाट हिँडौंला पुुगिहालिन्छ।’ मैले मोटरसाइकललाई त्यतै मोडेँ। खाली सडक, कलंकीबाट थानकोट आधा घन्टाजतिमा पुुगिहालियो। त्रिभुुवन पार्क अघिल्तिरको पार्किङमा मोटरसाइकल राखेर म पार्कभित्र प्रवेश गर्ने टिकट लिने सुुरले अघि बढ्न खोज्दै थिएँ, श्यामलले मलाई रोक्दै भने, ‘अब त भोक पनि लाग्ने बेला भइसक्यो। यस्सो केही खाऊँ अनि भित्र जाऊँला।’ हामी एउटा रेस्टुुराँमा पस्यौं। भोक त मलाई पनि लागिसकेको थियो। तर, श्यामलले त्यहाँ पस्नासाथ अर्डर गरेको वस्तुुको नाम सुुनेर म छक्क परेँ। उनले एक क्वार्टर जिन अर्डर गरे। ‘म त परीक्षा नसकिई एक थोपा पनि खान्नँ है’, म सुुरुमै पन्छिहालेँ, ‘बरु तपाईं पनि नखानोस्।’

जिन्दगीमा धेरैपटक यी प्रिय कविसँग म सँगै बसेर मातिएको छुु। मेरो पहिलो पुुस्तक ‘विकल्प यात्रा’को कभर यिनै प्रतिभाशाली कविले बनाइदिएका थिए। त्यो बनाउने क्रममा हामी दुुवैले झोछेँ गल्लीको हरियो पर्दायुुक्त एउटा भट्टीमा एकएक क्वार्टर समाप्त पारेको घटना अहिले पनि ताजै लाग्छ। त्यो साँझ जब हाम्रो दुुई क्वार्टर रित्तियो, तब श्यामलको हातबाट एउटा आकर्षक कभर तयार भएको थियो। यी आदरणीय मित्रसँगको संगत मेरानिम्ति सदा फलदायी रह्यो। तर, त्यो दिन बिहानको नौ पनि बजेको थिएन। एकातिर खाली पेट अर्कोतिर परीक्षा दिनुुपर्ने तनाव। मलाई उनको चाला देखेर दिक्क पनि लाग्यो। अनुुरोध गरेँ, अहिले नखाऊँ बरु भरे जाँच सकिएपछि दुुईजनाले खाऊँला भनेँ। तर, उनले मानेनन्।

पार्क प्रवेश गरेको केही बेरपछि आरम्भ भएको श्यामलको आकर्षक नृत्य जारी थियो। तर, उनको नृत्य हेरेर मेरो परीक्षाको कापी भरिँदैनथ्यो। जसरी हुुन्छ, उनलाई परीक्षाकेन्द्रतिर लैजानुु नै उत्तम काम हुुनेछ भन्ने मलाई लाग्न थाल्यो। त्यसो गर्नुु अत्यन्तै जरुरी पनि थियो। हामी थानकोटबाट पाटनढोकातिर हान्नियौं।

परीक्षा भवन पस्नुुअघि बाटोमा एक जना परिचित कवि मित्र भेट भए। उनी पाटन संयुुक्त क्याम्पसमा पढाउँथे भन्ने कुुरो हामी दुुवैलाई थाहा थियो। उनले हामी दुुईलाई त्यहाँ देखेर सोधिहाले, ‘कता हो दुुई कवि मित्रहरू ? ’ मेरो मुुखबाट त परीक्षा दिन आएको भन्ने वाक्य फुुत्किनै लागेको थियो। श्यामलले भनिहाले, ‘यस्सो यतातिर घुुम्न आएको नि !’

परीक्षामा खटिएका एक शिक्षकले हामीलाई प्रश्नपत्र र कापी वितरण गरेर ढोकामा गएर उभिए। केही बेरमै त्यस कोठामा रहेका परीक्षार्थीहरू मुुखामुुख गर्न थाले, नाकबाट लामो स्वास तान्न थाले। त्यो क्रम केही बेर चल्यो। मैले कुुरो बुुझिहालेँ। श्यामलका मुुखबाट सोही बिहान खाएको जिन, बियर र अघिल्लो दिनको राम्ररी उत्रन नपाएको ह्याङ मि िश्रत त्रिवेणीको गन्ध प्रवाहित भइरहेको थियो। गन्धले मेरो नाकलाई पनि सुुरक्षित बस्न दिएको थिएन !

परीक्षा सुुरु भएको केही मिनेट मात्र भएको थियो, त्यहाँ गार्डका रूपमा अर्का शिक्षक (सम्भवतः रनिङ गार्ड)उनै बाटोमा भेटिएका कवि मित्र खटिएका रहेछन्। मलाई अलि असहज लाग्यो, केही बेरअघि मात्रै उनलाई हामीले ढाँटेका थियौं। बुुढेसकालमा परीक्षा दिन आएको भन्न लाज भएको थियो। त्यस्तो लाज बढी मात्रामा श्यामललाई लागेको थियो। मैले त यथार्थ बताइदिनै आँटेको थिएँ, श्यामल बोलिहाले। ती मित्रले म र श्यामलतिर एकछिन हेरे र बाहिरतिर लागे। बाहिर निस्कने बखत उनको मुुहारमा मन्दमन्द मुुस्कान पनि थियो। सायद उनी सोच्दै थिए, ‘परीक्षा दिन आएको भनेको भए भइहाल्थ्यो नि, किन ढाँट्नुु परेको होला यी मित्रहरूलाई !’

कुुनकुुन दिशाका परीक्षार्थीले श्यामलको अनुुहारमा कति बेर हेरे र कस्तो अनुुहार लगाए वा ककसलाई श्यामलको मुुखबाट निस्किएको गन्धले प्रभाव पारेको छ भन्ने कुुरोमा म अडिन सक्ने परिस्थिति पटक्कै थिएन। मलाई प्रश्नहरू कस्ता छन् ? आफूलाई कतिवटा प्रश्नका उत्तर आउँछन् भन्ने कुुरोको पिरलो थियो। निर्धारित समय परीक्षा हलभित्र बसेर कसरी बिताउने भन्ने चिन्ता पनि थियो। म प्रश्नतिर केन्द्रित हुुन थालेँ। श्यामल भने कतै नहेरी उत्तर पुुस्तिकामा धमाधम लेखिरहेका थिए।

परीक्षामा मैले के लेखेँ आफैंलाई राम्ररी पत्तो थिएन। तर पनि चारपाँच पृष्ठचाहिँ भरेको थिएँ मैले। मित्र श्यामलले के लेखे थाहा भएन, तर उनले लेख्नचाहिँ अलि बढी नै लेखिरहेका थिए, मैले जतिपटक उनीतिर हेर्दा पनि डेस्कमा घोप्टिएर लेखिरहेका हुुन्थे।

परीक्षा सकियो। टाउकोबाट एक क्विन्टलको भारी बिसाएजस्तो महसुुस भयो मलाई। नतिजा जेसुुकै आओस्, चिन्ता थिएन। आजै परीक्षा सकिएको छ, आजै नतिजाको के चिन्ता ! यस्तै सोच्दै मैले श्यामललाई आफ्नो मोटरसाइकलमा राखेर थापाथली मोडसम्म पुुर्‍याइदिएँ। मस्त मौलाना कवि श्यामल त्यसपछि कता लागे मलाई थाहा भएन। म भने परीक्षा बिग्रिएको दिक्दारी मनमा बोकेर त्यो दिक्दारी मेटाउने थलो खोज्न थालेँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.