काठमाडौँ महानगरपालिकाको चाबी मोदीलाई

काठमाडौँ महानगरपालिकाको चाबी मोदीलाई

काठमाडौँः काठमाडौँ महानगरपालिकाको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिएको छ । 

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच महानगरकोतर्फबाट प्रतिकात्मक चाबी मोदीलाई हस्तान्तरण गरेका हुन् । 

महानगरको ढोका मोदीका लागि सदैव खुल्ला रहने सन्देशसहित प्रतीकात्मक चाबी मोदीलाई हस्तान्तरण गरिएको हो । यसअघि जनकपुर उपमहागरपालिकाको चाबी पनि मोदीलाई हस्तान्तरण गरिएको थियो । 

चाबी हस्तान्तरण गरिएपछि मोदीले जनकपुर उपमहानगरलाई १ अर्ब आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोदीलाई अभिनन्दन पत्र र उपहार हस्तान्तरण गरे। नेपाल र भारतको गहिरो सम्बन्धलाई प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले थप सुदृढ बनाएको अभिनन्दन पत्रमा उल्लेख छ।

दुई देशको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै अभिनन्दन पत्रमा नेपालको विकास र समृद्धिको चाहनालाई सफल बनाउन भारतको महत्वपूर्ण भूमिका हुने लेखिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.