पशुपतिको आगन्तुक पुस्तिकामा के लेखे मादीले ?

पशुपतिको आगन्तुक पुस्तिकामा के लेखे मादीले ?

काठमाडौं : ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो.... ।’ 

नेपालको राजकीय भ्रमणमा रहेका  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषमा राखिएको विशेष आगन्तुक पुस्तिकामा ती शब्द कोर्दै नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे  । 

आगन्तुक पुस्तिकामा उनले भारतको सहयोगमा पशुपति क्षेत्रमा निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालाले श्रद्धालुलाई नयाँ सुविधा पु¥याउने विश्वास व्यक्त गरे । 

आफ्नो यात्राका लागि कोष र सरकारले गरेको व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिए । भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो पटक पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्न पाउँदा आफू प्रशन्न रहेको उनले  आगन्तुक पुस्तिकामा लेखेका छन्  । 

भारतीय प्रधानमन्त्री मोदी यसअघि २०७१ साल साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनका लागि आएका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.