नरेन्द्र मोदीले सम्झिए सन्दीप लामिछानेलाई

नरेन्द्र मोदीले सम्झिए सन्दीप लामिछानेलाई

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा गरेका छन् । काठमाडौँ महानगरपालिकाले उनको सम्मानमा राष्ट्रिय सभा गृहमा शनिबार आयोजना गरेको कार्यक्रममा सन्दीपको नाम लिँदै अब नेपाली र भारतीयबीच जनस्तरमा अझै सम्बन्ध विस्तार गर्ने बताए । 

‘नेपालका लागि भारत काँधमा काँध मिलाएर अघि बढ्न तयार छ, नेपालको सफलता नै भारतको सफलता हो, नेपालको खुसी नै भारतको खुसी हो’, मोदीले भने, ‘नेपालका क्रिकेटर सन्दीप लामिछाने आईपीएलमा भाग लिइरहेका सुनेको छ । आउने समयमा क्रिकेट मात्रै होइन, अन्य खेलमा पनि जनतासँग जनताबीचको सम्बन्ध मजबुत हुनेछ ।’

२० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका सन्दीपले अहिलेसम्म आईपीएल खेल्न पाएका छैनन् । दिल्ली आईपीएलको प्ले अफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.