राणावंशमा अपवाद

राणावंशमा अपवाद

कम्यान्डर इन–चीफ चन्द्रशमशेर (वि.सं. १९२०–१९८६, शासनकाल वि.सं. १९५८–१९८६) र उनकी रानी लोकभक्तलक्ष्मी (वि.सं. १९२४–१९६२)को साहिँला छोरा भएर जन्मेका केसरशमशेर (वि.सं. १९४८–२०२१) आफ्ना बाबुु श्री ३ हुुँदा १० वर्षका थिए। वि.सं. १९६१ वैशाख ९ गते श्री ५ पृथ्वीवीरविक्रम शाह (वि.सं. १९३२–१९६८, राज्यकाल वि.सं. १९३८–१९६८)की ९ वर्ष पनि नपुुगेकी, जेठी छोरी, शाहजादी लक्ष्मीराज्यलक्ष्मी (वि.सं. १९५२–२०११)सँग १२ वर्ष पूरा गरी १३ वर्षमा टेकिरहेको उमेरमा उनको विवाह हुुँदा उनी मेजर जर्नेल भइसकेका थिए।

केसरशमशेरको विवाहमा यहाँको ब्रिटिश रेजिडेन्सीमा रहेका अङ्ग्रेज अधिकारीहरू र उनका कर्मचारीहरूलाई भोजको भाग दिँदा चाहिने सामग्री र त्यसको परिमाण लेखिएको दस्तावेज लक्ष्मीपति–नयराजसङ्ग्रहमा भेटिएको छ। ‘ श्री ३ महाराजका छोरा बाबुुसाहेब केसरसम्सेर जङ्ग राणा बहादुुरका वीवाहको अंग्रेजके र चीनीञाके जाफत्’ भन्ने शीर्षक दिई लेखिएको त्यस दस्तावेजमा ‘बडासाहेब कंपनि’, ‘डाक् बाबुु’, ‘डाक्डर बाबुु’, ‘छोटा बाबुु’, ‘मीर मुुन्सी’, ‘छोटा डाक् बाबुु’, ‘बाडा पंडित्’, ‘चोपदार’, ‘दफदरि’, ‘डाक्दर साहेब’, ‘सुुबेदार’, ‘टेलर साहेब’, ‘छोटा मुुन्सी’, ‘वबरसिमा’ भनी रेजिडेन्सीका अधिकारी र कर्मचारी गरी १४ थरीलाई चाहिने भोजको भाग छुुट्ट्याइएको देखिन्छ; चिनियाँ अधिकारीको विषयमा भने केही लेखिएको छैन। यसको मतलब चिनियाँ अधिकारीको लागि छुुट्टै दस्तावेज हुुँदो हो।

‘बडासाहेब’ भनी यहाँ रेजिडेन्टलाई भनेको हुुनुुपर्छ। ‘कंपनि’ भनी उनका परिवार र सेनामेनालाई भनेको जस्तो देखिन्छ। मेवाडमा रेजिडेन्ट भइसकेका, लेफ्टिनेन्ट कर्नेल चाल्र्स विदर्ज राभेन्श (वि.सं. १८९२–१९९२) त्यस वेला यहाँ रेजिडेन्ट थिए। ‘बडासाहेब कंपनि’ लेखिसकेपछि अर्को पङ्क्तिमा ‘लैन्मा रहेका अंग्रेजके’ भनी लेखिएकोले यस कुुराको पुुष्टि हुुन्छ। रेजिडेन्सीमा दिइएको भोजको भागमा सबभन्दा धेरै ‘बडासाहेब’लाई र त्यसपछि ‘डाक्दर साहेब’लाई दिइएको छ। एक जनालाई ‘डाक्डर बाबुु’ र अर्कोलाई ‘डाक्दर साहेब’ भनी लेखिएकोले रेजिडेन्सीमा २ जना डाक्टर नियुुक्त हुुन्थे भन्ने मात्र नबुुझिई ‘डाक्डर बाबुु’ भारतीय, सम्भवतः बङ्गाली र ‘डाक्दर साहेब’चाहिँ अङ्ग्रेज ठहरिन्छन्। त्यस वेला रेजिडेन्सीमा मेजर पी. कार–ह्वाइट डाक्टर थिए (पर्सिभल ल्यान्डन, ‘नेपाल्’ १ ठेली, कन्स्टेब्ल, लन्डन, ई.सं. १९२८, २५९ पृ.)। यिनैलाई यस दस्तावेजमा ‘डाक्दर साहेब’ भनेको हुुनुुपर्छ। नगदसम्बन्धी कारोबार ‘टेलर’ले गर्ने र ‘टेलर’मा ‘साहेब’ जोडिएकोले रेजिडेन्सीमा त्यस काममा नियुुक्त अङ्ग्रेजलाई भाग छुुट्ट्याइएको देखिन्छ।

नेपालको आफ्नै हुुलाक भए पनि यहाँबाट भारतमा चिठीपत्र पठाउन रेजिडेन्सीको हुुलाकअड्डामा जानुुपथ्र्यो। एक जनालाई ‘डाक् बाबुु’ र अर्कोलाई ‘छोटा डाक् बाबुु’ भनी लेखिएकोले हुुलाकमा नियुुक्त २ जना भारतीयलाई भाग छुुट्ट्याइएको देखिन्छ। पत्रव्यवहार गर्न र अङ्ग्रेजीबाहेक अरू भाषामा चिठी लेख्न र अरू भाषामा लेखिएको चिठी उल्था गर्न रेजिडेन्सीमा मुुन्शी राखिन्थे। एक जनालाई ‘मीर मुुन्सी’ र अर्कोलाई ‘छोटा मुुन्सी’ भनी लेखिएकोले ती २ जना मुुन्शीलाई पनि भाग छुुट्ट्याइएको देखिएको छ। काठमाडौँमा रेजिडेन्सी खोलिएदेखि नै पाटनका अमृतानन्द बाँडा (वि.सं. १८३१–१८९०) त्यहाँ पण्डित नियुुक्त भएका र उनीपछि उनका सन्तान—दरसन्तानले यहाँ पण्डितको काम गर्दै गएकाले (महेशराज पन्त, ‘पण्डित अमृतानन्द बाँडा’, ‘राजधानी’, २०७१।३।१।१, ७ पृ.) तिनै पण्डितलाई यहाँ ‘बाडा पंडित्’ भनेको देखिन्छ।

त्यस विवाहको परिणाम छोरा साम्राज्यशमशेरको र २ छोरीको जन्म भयो। लोग्नेस्वास्नीको बीचमा राम्रो नभएकोले शाहजादीले लोग्नेबाट बराबर कुुटाइ खानुुपथ्र्यो र उनी नजरबन्दमा परेकी थिइन् भन्ने हामीले सुुनेका हौँ। वि.सं. १९८२ देखि १९८४ सम्म केसरमहलभित्र बसेकी, शहीद भनेर कहलाएका शुुक्रराज शास्त्री (वि.सं. १९५०–१९९७)की बहिनी चन्द्रकान्ता मल्ल (वि.सं. १९५५–? )ले यो कुुरा लिपिबद्ध पनि गरेकी छिन् र त्यस प्रकरणको अन्त्य ‘जर्शाहेब केशर शमशेरबाट श्री ५ जेठा शाहजादीले भोगेको यातनाको बयान गरे पर्वपर्व बत्रेछन्’ (‘मेरो आत्म–कथा’, २०३६, ५८–७२ पृ.) भनी लेखेको कुुराको सम्झना यस प्रसङ्गमा हुुन्छ। यही घटनालाई इङ्गित गरेर ‘ श्रीकेसरले जनताको हितको लागि पहिले कहिल्यै केही काम गरेको हामीलाई थाहा छैन, स्वास्नी र छोराछोरीलाई एकैपल्ट थुुनेर उनले मनलागी गरे भत्रे हामीलाई स्पष्ट छ’ भनी नयराज पन्त (वि.सं. १९७०–२०५९)ले संस्कृत पद्यमा लेखेका छन् (शेषराज सिवाकोटीद्वारा सम्पादित ‘असाधारण विद्वान् नयराज पन्त’, ज्ञानगुुन साहित्य प्रतिष्ठान र एम्स कलेज, काठमाडौँ÷ललितपुुर, २०६३ मा महेशराज पन्त, ‘नयराज पन्तको दृष्टिमा वि.सं. २००७–०८ को नेपाल—५ खण्ड’, ५७ पृ.मा उल्था)।

स्कूलमा अङ्ग्रेजी शिक्षा पाई कलकत्ताविश्वविद्यालयबाट एन्ट्रन्स् पास गरेका चन्द्रशमशेरले आफ्ना छोराहरूलाई भने दरबारैमा मास्टर राखी चाहिँदो अङ्ग्रेजी शिक्षा दिलाएका थिए। वि.सं. १९९९ को कुुरा हो, जनैपूर्णिमामा डोरो बाँध्न रानीपोखरी संस्कृतपाठशालाका पण्डितहरू केसरमहल गएका थिए। हेडपण्डित सोमनाथ सिग्द्याल (वि.सं. १९४१–२०२९)ले

‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।।’

भन्ने मन्त्र पढी केसरशमशेरलाई डोरो बाँध्दा बलि राजा आर्य हुुन् कि अनार्य हुुन् भनी सोधेकाले (नयराज पन्त, ‘विद्वच्छिरोमणिपदवीको लालमोहर’, ‘पूर्णिमा’ ३७ पूर्णाङ्क, २०३४, २२ पृ.) पाश्चात्त्य शिक्षाले फैलाएको हेत्वाभासले उनको मथिङ्गल खलबलाएको थियो भन्ने स्पष्ट हुुन्छ। केसरशमशेर आफ्नो नाउँ रोमन लिपिमा लेख्दा आफूले नागरीमा लेख्ने गरेको ‘केसर’अनुुसार नलेखी Kaiser......... लेख्ने गर्थे। जर्मन भाषामा बादशाहलाई Kaiser......... लेखिने हुुनाले श्री ५ का जुुवाइँ तथा श्री ३ का छोरा केसरशमशेरले पाश्चात्त्य भाषाको अनुुसरणमा यस्तो लेख्ने गरेको देखिन्छ।

चिना हेरी फलादेश गर्ने रुचि केसरशमशेरको थियो भत्रे कुुरा उनले वि.सं. १९७७ तिर हेमराज शर्मालाई लेखेको पत्रबाट थाहा हुुन्छ (नयराज पन्त, ‘जनरल केसरशमशेरको ज्यौतिष–विषयको अध्ययनमा रुचि’, ‘पूर्णिमा’ १२ पूर्णाङ्क, २०२३, ८०–८८ पृ.)। यसै गरी, खास खास मानिसका हात हेर्ने काम पनि उनी गर्थे भन्ने सुुनिएको हो।

काठमाडौँको ब्रिटिश रेजिडेन्सीमा वि.सं. १९२० देखि वि.सं. १९३३ सम्म डाक्टर भई काम गरेका ड्यान्यल राइटले ‘गोरखालीहरू कसरी दिन काट्छन् तथा दिल बहलाउँछन् भत्रे कुुरा मेरो लागि अझ रहस्य जस्तै छ। कबायद खेल्नुुसिवाय तिनीहरूको कुुनै काम छैन। तिनीहरू खेलकूद गर्दैनन्। तराईमा जाँदाखेरि बाहेक तिनीहरू शिकार खेल्दैनन्। घरमा बसी पढ्नाको लागि तिनीहरूको कुुनै वाङ्मय छैन। छोटकरीमा भत्रे हो भने, तिनीहरूलाई दिन काट्न चाहिने केही कुुरा पनि देखिँदैन। यस कारण तिनीहरू गफ छाँट्छन्, जुुवा खेल्छन् र भोगविलासमा भुुल्छन्’ (‘हिस्टरि अफ नेपाल्’, केम्ब्रिज यूनिभर्सिटि प्रेस, केम्ब्रिज, ई.सं. १८७७, ७३–७४ पृ.बाट ‘पूर्णिमा’ १२ पूर्णाङ्क, ७९ पृ.मा अनूदित) भनी लेखे पनि ‘एभ्रि क्लाउड् ह्याज् अ सिल्भर् लाइनिङ्’ अर्थात् ‘हरेक बादलमा चाँदीको घेरा हुुन्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै यदाकदा राणाजीहरूले पनि कलम चलाएको देखिएको छ।

यस्ता राणाजीमध्ये सबभन्दा पहिले केसरशमशेरको नाउँ लिई कालिदासको ‘विक्रमोर्वशीय’को उनले गरेको उल्था (१९८२) अघि सार्नुुपर्छ। आफ्ना बाबुुबाट उनी हतोत्साह नभएका भए उनका अरू पुुस्तक पनि निस्कन्थे होलान् भन्ने कुुरा नयराज पन्तको तलको वाक्यबाट स्पष्ट हुुन्छ— ‘नेपालीमा विक्रमोर्वशीय प्रकाश गर्ने चन्द्रशमसेरको साहिँला छोरा केसरशमसेरलाई अरू पुुस्तक प्रकाश गर्न बाबुुले रोकेका थिए तथा बाबुुका मन परेका छोराहरूमा उनी थिएनन् भने हल्ला सुुनिन्छ’ (‘हाम्रो उद्देश्य र कार्यप्रणाली’, खिलशर्म–राजीवलोचनजोशीस्मारक–प्रतिष्ठान, काठमाडौँ, २०५९, ५४ पृ.)।

नेपालमा निजी पुुस्तकालय खडा गर्नेहरूमा राजगुुरु हेमराज शर्मा (वि.सं. १९३५–२०१०) र जर्नेल केसरशमशेर अग्रगण्य छन्। हेमराज शर्माको पुुस्तकालय संस्कृतविद्याको लागि बढी उपयुुक्त छ त केसरशमशेरको चाहिँ पाश्चात्त्य विद्याको लागि। आफूले जोडेका पुुस्तकमध्ये धेरैजसो उनले पढेका थिए भन्ने व्यापक प्रचार छ (उदाहरणको लागि, ऐड्रियन सेभर, ‘नेपाल् अन्डर् द राणाज्’, अक्स्फोर्ड यान्ड आइबीएच पब्लिश्इङ कम्पनि, नयाँ दिल्ली, ई.सं. १९९३, २८९ पृ.)। उनको सङ्ग्रहमा खास गरी अङ्ग्रेजी किताब भए पनि हाम्रो शास्त्रका पुुस्तक पनि कम छैनन्। त्यसमाथि, ताडपत्र र कागतमा लेखिएका ६०० थानभन्दा बढी पुुस्तक उनको सङ्ग्रहमा छन्। तिनमध्ये केही त अन्त कतै नभेट्टिएका ग्रन्थरत्न पनि छन्। उदाहरणको लागि, ‘अमरकोष’माथि एघाह्रौँ शताब्दीमा जातरूपले लेखेको टीका लुुप्त भइसकेको थियो, वि.सं. ११७६ मा नेपालमा ताडपत्रमा सारिएको पुुस्तक केसरशमशेरकै सङ्ग्रहमा पाइयो (महेशराज पन्त, ‘जातरूप’ज् कमेन्टरि अन् दि अमरकोष’ १–२ भाग, मोतीलाल बनारसीदास, दिल्ली, ई.सं. २०००)।

अरूअरूको सङ्ग्रहका पुुस्तकपात्रा जुुगतजागत गरी आफ्नो पेवा पार्नेमा हेमराज शर्मा बदनाम थिए (भोलानाथ पौडेल र धनवज्र वज्राचार्यद्वारा सम्पादित ‘गल्लीमा फ्याँकिएको कसिंगर’, जगदम्बा–प्रकाशन, ललितपुुर, २०१८ मा नयराज पन्तको ‘उपोद्घात’, ४ पृ.; नयराज पन्त, ‘गुुरुज्यू हेमराजको विषयमा विदेशी विद्वान्हरूको विचार’, ‘पूर्णिमा’ २८ पूर्णाङ्क, २०२९, २४५ पृ.; उही, ‘प्रमाण चाहियो’, ‘पूर्णिमा’ ३१ पूर्णाङ्क, २०३१, १९१ पृ.; महेशराज पन्त, ‘पुुरावस्तुुको चोरी र बिक्री’, ‘राजधानी’, २०७०।१।१५।१, ७ पृ.; उही, ‘नेपालको इतिहासको खोजीको संदर्भमा जूजेप्पे तुुच्चि’, ‘राजधानी’, २०७२।७।१५।१, ४ पृ.)। केसरशमशेरले पनि त्यस्तै त्यस्तै गरेर प्राचीन पुुस्तकको आफ्नो सङ्ग्रह बढाएका थिए भन्ने कुुरा ‘स्थानीय बुुद्धिजीवीहरूबाट केसरशमशेरले सङ्ग्रह गरेका दुुर्लभ कलाकृतिहरू र लेखोट पुुस्तकहरूका विषयमा नेवार विद्वान्हरूको अघिल्लो पुुस्ता कुुरा गथ्र्यो’ (‘केसर् शम्शेर्, हिज् लाइब्ररि यान्ड् हिज् म्यान्युुस्क्रिप्ट् कलेक्शन्’, ‘न्यूज्लेटर् अफ दि एन्जीएम्सीपी’ ३ अङ्क, ई.सं. २००७ जनवरी–फरवरी, ३२ पृ.बाट मेरो उल्था) भनी द्रागिमिर दिमित्रोभ र काशीनाथ तमोट (वि.सं. २००१ मा जन्म)ले लेखेकोबाट देखिन्छ।

केसरशमशेर परलोक भएपछि वि.सं. २०२५ मा उनकी कान्छी रानी कृष्णचन्द्रदेवी र कान्छीपट्टिका छोरा केयूरशमशेर र लोकभक्तशमशेरद्वारा उनको झण्डै २८ हजार पुुस्तकको सङ्ग्रह, ती पुुस्तकसँगै पत्रपत्रिका, अखबारका कटिङ, तैलचित्र, फोटोग्राफ, मूर्ति, नक्शा र शिकार खेलिएका वन्यजन्तुुको अवशेष पनि राखिएको उनको महल तथा त्यहाँको ३४ रोपनी जमीन सरकारलाई विधिवत् समर्पण गरियो। केसरशमशेर र पाटनका एकजना गुुभाजूले सह्मालेको त्यो पुुस्तकालय सरकारी स्वामित्वमा गएपछि माथिदेखि तलसम्मका निकै कर्मचारी त्यहाँ भर्ना गरिए। तर पुुस्तकालय पस्ने भित्री ढोकामा पुुस्तकालयको सूचीपत्र तयार हुुँदैछ भनी वर्षौँ वर्षसम्म सूचना टाँसिए पनि गतिलो सूचीपत्र कहिल्यै बनेन। वि.सं. २०७२ को महाभूकम्पपछिको त कुुरै नगरूँ। हेमराज शर्मा र केसरशमशेर दुुवैको सङ्ग्रह भैँचालो गएको ३ वर्षसम्म पनि व्यवस्थित नभएको कुुरा पत्रपत्रिकामा बराबर पढिन्छ र सरकारी अकर्मण्यताका ज्वलन्त उदाहरण ती दुुवै पुुस्तकालय बनेका छन्।

नेपालमा शाक्य–वज्राचार्यले पुुस्तक सार्ने पेशा लिएकाले लिपिको ज्ञान केही मात्रामा यहाँ बचेको थियो। यहाँ पुुराविद्याको अन्वेषण गर्न आउने विदेशी विद्वान्हरूलाई यी शाक्य–वज्राचार्यले लिपि पढ्ने काममा धेरथोर मदत गर्थे। सिल्विँ लेवि (वि.सं. १९१९–१९९२)ले नेपालका शिलालेखहरूको अन्वेषण गर्दा सिद्धिहर्ष वज्राचार्य (वि.सं. १९३८–२००९)ले मदत गरेको कुुरा प्यारिसको नासिओनल् बिब्लिओथेक् अर्थात् राष्ट्रिय पुुस्तकालयमा वि.सं. २०५१ मा खोजी गर्दा मैले थाहा पाएँ। सिल्विं लेविको लागि लिच्छविकालको एउटा शिलालेख पढिदेऊ भनी सिद्धिहर्ष वज्राचार्यलाई केसरशमशेरले भनेकोमा सिद्धिहर्षले चाहिँ जर्साहेब (केसरशमशेर) पनि यस्तै आज्ञा हुुन्छ, गुुरुज्यू (हेमराज शर्मा) पनि यस्तै आज्ञा हुुन्छ, पढ्न भने यो शिलालेख गाह्रो छ भन्ने भावले लेखेको कागत देखेथेँ।

केसरशमशेर र पाटनका एकजना गुुभाजूले सह्मालेको त्यो पुुस्तकालय सरकारी स्वामित्वमा गएपछि माथिदेखि तलसम्मका निकै कर्मचारी त्यहाँ भर्ना गरिए। तर पुुस्तकालय पस्ने भित्री ढोकामा पुुस्तकालयको सूचीपत्र तयार हुुँदैछ भनी वर्षौँ वर्षसम्म सूचना टाँसिए पनि गतिलो सूचीपत्र कहिल्यै बनेन।

आफूले गरेको पुुराना लेखोट पुुस्तकको सङ्ग्रहको बदौलत हेमराज शर्माको र केसरशमशेरको विदेशमा आआफ्नो कीर्ति पैmलाउन एक प्रकारको प्रतिस्पर्धा थियो। हेमराज शर्माकहाँ जति लेखोट पुुस्तक केसरशमशेरकहाँ नभए पनि उनको सङ्ग्रहमा पनि उम्दा उम्दा पुुस्तक थिए। वि.सं. १९९१ को हिउँदमा राहुुल सांकृत्यायन (वि.सं. १९४९–२०१९) नेपाल आउँदा उनी हेमराज शर्मा र केसरशमशेर दुुवैकहाँ पुुगी दुुवैको प्राचीनपुुस्तकसङ्ग्रहबाट उनले फाइदा उठाएका थिए। यसैले उनले यी दुुवैको विषयमा आफ्नो यात्रावृत्तान्तमा राम्रोसँग लेखेका छन् (‘मेरी तिब्बत यात्रा’, छात्रहितकारी पुुस्तकमाला, प्रयाग, ई.सं. १९३७, १५०–१५७, १५८–१६० पृ.)।

वि.सं. १९९१ को हिउँदमा नेपाल आई काशीप्रसाद जायसवाल (वि.सं. १९३८–१९९३)ले नेपालको इतिहासको विषयमा खोजतलाश गरे। त्यसको परिणामस्वरूप बङ्गालका सुुल्तान शम्स्–उद्–दीन इल्यास (राज्यकाल वि.सं. १३९९–१४१५)ले नेपालमा हमला गरेको विषयमा (‘यान् अन्रेकर्ड्इड् मूह्यामडन् इन्भेझन् अफ नेपाल्’, ‘जर्नल् अफ द बिहार् यान्ड् ओरिस्सा रिसर्च् ससाइइटि’ २२ ठेली, ई.सं. १९३६, ८१–९५ पृ.) र नेपालको प्राचीन कालानुुक्रम र इतिहासको विषयमा (‘क्रोनलजि यान्ड् हिस्टरि अफ नेपाल्’, ‘जर्नल् अफ द बिहार् यान्ड् ओरिस्सा रिसर्च् ससाइइटि’ २२ ठेली, १५७–२६४ पृ.) गरी २ वटा लेख उनले पटनाबाट छपाए। लगत्तैजसो पछिल्लो लेख पुुस्ताकाकारमा पनि छापियो (‘क्रोनलजि यान्ड् हिस्टरि अफ नेपाल्’, एम.एन.बर्मन् यान्ड कम्पनि, पटना, ई.सं. १९३७)। काशीप्रसाद जायसवाल नेपाल आउँदा केसरशमशेर बाहिर गएको वेला परेकोले उनीसँग काशीप्रसाद जायसवालको भेट हुुन सकेन। यसैले उनको लेखमा हेमराज शर्माको मात्र तारीफ परेको छ (पुुस्तकाकारका ३३–३६, ६०–६१, ७४ पृ.)।

शम्स्–उद्–दीन इल्यासले नेपालमा हमला गरेको विषयमा बाबुुराम आचार्य (वि.सं. १९४४–२०२९)ले यसभन्दा अगाडि नै लेख लेखी मासिक पत्रिका ‘शारदा’मा छपाउन दिएका थिए। नेपालीभाषाप्रकाशिनी समितिको अनुुमति नलिई ‘शारदा’ले नछपाउने हुुनाले त्यो लेख समितिमा गयो। समितिले डाइरेक्टर जनरल मृगेन्द्रशमशेरसँँग नसाधी हामी यस्तो लेख पास गर्न सक्दैनौँ भनी जवाफ दियो। इतिहास मैले बुुझेको छैन, साहिँला बुुबा (केसरशमशेर)कहाँ बिन्ती चढाऊ भनी मृगेन्द्रशमशेरले बाबुुराम आचार्यलाई भने। त्यसपछि उनी केसरशमशेरकहाँ पुुगे। मलाई अहिले फुुर्सद छैन, तिमी यो लेख छोडेर जाऊ, म बाहिरबाट आएपछि हेरुँला भनी केसरशमशेरले उनलाई भने। नेपालमा शम्स्–उद्–दीनको आक्रमणसम्बन्धी काशीप्रसाद जायसवालको लेख यसको केही महीनापछि छपियो। त्यो लेख प्रकाशित भएपछि हिन्दू राज्य नेपालमा खलबली मच्चियो।

आफ्नो लेख तिमीले काशीप्रसाद जायसवाललाई किन दियौ भनी बाहिरबाट आएपछि केसरशमशेरले बाबुुराम आचार्यसँग सोधे। मैले दिएको होइन, मैले शिलालेख सार्दा देख्ने मान्छे तिलकशमशेर थापा घण्टाघरका गुुभाजू (सिद्धिहर्ष वज्राचार्य) आदि अरू पनि थिए, उतैबाट गयो होला, मैले ‘गोपालराजवंशावली’को पनि प्रयोग गरेको छुु, काशीप्रसाद जायसवालको लेखमा त्यसको प्रयोग भएको छैन भनी बाबुुराम आचार्यले जवाफ दिए। तिमीले मलाई के सम्झेका छौ, तिमीलाई म खोस्न सक्छुु भनी केसरशमशेरले भन्दा हजुुरहरूमा यस्तो शक्ति रहेको हुुनाले नै दार्जिलिङ त्यति आबाद भएको हो भनी बाबुुराम आचार्यले जवाफ दिए। बाबुुराम आचार्यको बुुझाइमा काशीप्रसाद जायसवालको लेखमा हेमराज शर्माको मात्र तारीफ परेकोले मेरो टाउकोमा केसरशमशेरको रिस बज्रेको हो भन्ने थियो (बाबुुराम आचार्यले भनेको कुुरा भनी उनको ‘नेपालमा भएको मुुसलमानी आक्रमण’ छाप्दा नयराज पन्तले लेखेको टिप्पणी, ‘पूर्णिमा’ २७ पूर्णाङ्क, २०२९, १५४ पृ.)।

वि.सं. २००७ को परिवर्तनपछि राणाजीहरूलाई यहाँ टिक्न गाह्रो हुुँदै गएकोले अन्तिम श्री ३ महाराज तथा प्रजातन्त्रोत्तरकालका पहिला प्रधानमन्त्री मोहनशमशेर (वि.सं. १९४२–२०२३, शासनकाल वि.सं. २००५–२००७) र उनका माहिला भाइ, मिनिस्टर तथा प्रजातन्त्रोत्तरकालका पहिला रक्षामन्त्री बबरशमशेर विदेशिए। तर साहिँला भाइ केसरशमशेरले चाहिँ नेपाल छोडेनन् र उनी यहीँ अडेर बसे। हजुुरका दाजुुहरू त नेपाल छोडेर जानुुभयो, हजुुरचाहिँ किन जानुुभएन भनी उनलाई कसैले सोध्दा दाजुुहरू ढुुकुुर जस्तो भएर उडेर जानुुभयो, मचाहिँ कुुकुुर जस्तो भएर बसिरहेछुु भनी उनले जवाफ दिए भन्ने कुुरा पनि सुुनिएको हो। उनले नेपाल नछोड्नुुमा एउटा कारण त उनी श्री ५ त्रिभुुवन (वि.सं. १९६३–२०११, राज्यकाल वि.सं. १९६८–२०११)का भिनाजुु हुुनुु पनि हो कि जस्तो मलाई लाग्छ।

वि.सं. २००८ को शुुरूवातसँगै केसरशमशेरले १ लाख रुपियाँ र आफ्नै क्याम्पाको एउटा घर दिई नेपाल–सांस्कृतिक परिषत् खोलियो। त्यो दान आफ्नो वंशबाट राज्याधिकार हट्दा पनि आफू प्रतिष्ठित भई बस्नको लागि नेपालका तात्कालिक शक्तिशाली गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१–२०३९)लाई रिझाउन गरिएको हो भन्ने कुुरा चर्चामा आएको पनि हो।

वि.सं. २००८ वैशाख २९ गते त्यस परिषत्को पहिलो बैठकमा उपस्थित हुुन नयराज पन्तलाई पनि आमन्त्रण गरिएको थियो। १० ठाउँमा नाचेर हिँड्ने विद्वान् भनाउँदाहरूसँग मिलेर काम हुुँदैन भन्ने धारणा यस्ता समितिमा पहिले पहिले बस्दा उनको मनमा जमिसकेकोले होला, उनी त्यहाँ गएनन्। आयोजकहरूले ज्यादै कर गरेकाले उनले आफ्नो प्रतिनिधिको रूपमा आफ्ना शिष्य ज्ञानमणि नेपाल (वि.सं. १९८९ मा जन्म)लाई त्यहाँ पठाइदिए।

अशोक वृक्ष फुुल्न नसक्दा बैँसले मस्त तरुनीले मुुखभरि हालेको मदिरा कुुल्ला गरी अशोक वृक्षमाथि थुुक्दै लात्तले हिर्काएपछि मात्र ढकमक्क फुुले जस्तै हामी राणाजी पनि आफ्नै रोबरवाफमा फुुलेर बसेका थियौँ, तपाईँहरूको (काङ्ग्रेसको) बात र लात पाएपछि भने फक्रक्कै फुुलिहाल्यौँ भनी कविसमय हालेर ठट्यौलो पाराले नेपाल–सांस्कृतिक परिषत्को पहिलो बैठकमा केसरशमशेरले रमाइलो छाँटले भाषण छाँटे भनी त्यस बैठकमा उपस्थित ज्ञानमणि नेपालले लेखेका छन् (‘साहित्यिक हस्तीद्वय गुुरु नयराज पन्त र ईश्वर बराललाई सम्झिँदा’, ‘मधुुपर्क’ ४५० पूर्णाङ्क, २०६३, १७ पृ.)।

त्यस परिषत्को तेस्रो बैठक वि.सं. २००८ आषाढ २३ गते बस्दा इतिहास र पुुरातत्त्व, कला, नाटक र नृत्य तथा साहित्यको अन्वेषण गर्न ४ थरी समितिको गठन गरिएको थियो र त्यहाँ इतिहास र पुुरातत्त्वको कामचाहिँ बाबुुराम आचार्य, नयराज पन्त र बालचन्द्र शर्मा (वि.सं. १९७६–२०३३)को जिम्मा लगाइयो। तर नयराज पन्तले त्यो जिम्मेवारी कहिल्यै लिएनन् र कुुरा त्यसै टरेर गयो।

त्यस परिषद्ले वि.सं. २००९ वैशाखदेखि ‘नेपाल–सांस्कृतिक परिषद्–पत्रिका’ भन्ने नाउँले वार्षिक पत्रिका निकाल्न थाल्यो। त्यो क्रम ३ वर्षसम्म चल्यो। ती ३ अङ्कमा छापिएका २१ वटा लेखमध्ये १० वटा त अघिबाटै छापिइसकेका हुुन् वा होइनन् भन्ने कुुरा त्यहाँ नखुुलाइए पनि नेपाली भाषामा छापिएका ती लेख भारतीय पत्रपत्रिकामा छापिएका लेखका उल्था जस्तो मलाई लाग्छ। वि.सं. २०११ मा छापिएको तेस्रो अङ्कका ५० देखि ७० पृष्ठसम्मका २० पृष्ठ ओगटेको, नेपाल र चीनको लडाइँसम्बन्धी २ पत्र भएको लेखको शीर्षक विषयसूचीमा ‘नेपाल–चीन–युुद्धसम्बन्धी केही पत्र’ र लेखमा चाहिँ ‘नेपाल–चीन–युुद्धविषयका दुुइ पत्र’ भई छापिए।

त्यो लेख त्यस वेला छापाखानामा त्यही परिषद्द्वारा छापिइरहेको, नयराज पन्तको उपोद्घातसहित धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१) र ज्ञानमणि नेपालद्वारा सम्पादित ‘ऐतिहासिक पत्रसंग्रह’ १ भाग (काठमाडौँ, २०१४)बाट हूबहू उतारिएको हो। त्यसरी उतार्दा ‘ऐतिहासिक पत्रसंग्रह’ १ भागमा १४ संख्याको रूपमा छापिइरहेको त्यस पत्रको ‘संख्या १४’ भन्ने शब्दसुुद्धा त्यस पत्रिकामा पर्न गयो। अनि बीचमा २ वर्ष खाली रही एकैचोटि वि.सं. २०१४ मा त्यस पत्रिकाका ४ र ५ अङ्कको संयुुक्ताङ्क प्रकाशित भयो। त्यस संयुुक्ताङ्कमा र माथि भरखरै नाउँ लिइएको ‘ऐतिहासिक पत्रसंग्रह’ १ भागमा हूबहू उही विषयवस्तुु भएकोले खालि अङ्क बढाउन ‘ऐतिहासिक पत्रसंग्रह’ १ भागलाई नै पत्रिकाको ४–५ संयुुक्ताङ्क मानेको ठहर्छ।

नेपाल–सांस्कृतिक परिषत्का कार्यसचिव ईश्वर बराल (वि.सं. १९८०–२०५४)को प्रबन्धमा त्यस परिषद्बाट ‘जयरत्नाकरनाटक’ (नयराज पन्तको ‘उपोद्घात’सहित धनवज्र वज्राचार्य र ज्ञानमणि नेपालद्वारा सम्पादित र अनूदित ‘शक्तिवल्लभ अज्र्याल विरचित जयरत्नाकरनाटक’, काठमाडौँ, २०१४) र माथि भरखरै चर्चा गरिएको ‘ऐतिहासिक पत्रसंग्रह’ १ भागसमेत गरी २ पुुस्तक छापिए। त्यही परिषद्बाट नयराज पन्तको शिष्यमण्डलद्वारा सम्पादित ‘त्रिरत्नसौन्दर्यगाथा’, ‘ऐतिहासिक पत्रसंग्रह’ २ भाग पनि छापिने कुुरा चल्दै थियो। यसै गरी बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रूपरेखा’ (बाबू माधवप्रसाद शर्मा, वाराणसी, २००८)मा देखिएका इतिहाससम्बन्धी गल्तीको संशोधन गरी नयराज पन्तका प्रशिष्यहरूले निकालेका ‘इतिहास–संशोधन’ पत्रहरूलाई निबन्धमा ढाली ‘नेपाल–सांस्कृतिक परिषद्–पत्रिका’को पछि छापिने अङ्कमा छपाउन लेख तयार गरिँदै थियो।

यसैबीच आफू दिल्लीमा अध्यापक भई जाने भएकोले ‘त्रिरत्नसौन्दर्यगाथा’ र ‘ऐतिहासिक पत्रसंग्रह’ २ भाग छपाउनको लागि ईश्वर बरालले नयराज पन्तका शिष्यहरूको सम्बन्ध केसरशमशेरसँग गराइदिए। सम्पर्क बढ्दै जाँदा पन्ध्रौँ शताब्दीसम्मको कुुरा भएको ‘गोपालराजवंशावली’ भनी कहलिएको इतिवृत्त पनि छाप्ने विचार आयो। केसरशमशेरको सङ्ग्रहमा त्यस वंशावलीको धेरैअगाडि खिँचिराखेको फोटो र ग्लास नेगेटिभ पनि भएकोले तिनको उपयोग गरी पाठनिर्णय गर्न रामजी तेवारी (वि.सं. १९७३–२०४०), देवीप्रसाद भण्डारी (वि.सं. १९७६–२०५६), भोलानाथ पौडेल (वि.सं. १९७८–२०६६), शङ्करमान राजवंशी (वि.सं. १९८१–२०५६) र धनवज्र वज्राचार्य वि.सं. २०१६ मा ६ महीनासम्म हरेक शनिवार केसरशमशेरकहाँ गई त्यो वंशावली पढ्ने काम भयो।

केही समयपछि एक दिन केसरशमशेरले ‘गोपालराजवंशावली’को सम्पादन गरी प्रकाश गराउन अझ केही समय लाग्ने भए अहिलेको लागि पहिल्यै नै निश्चय गरिसकेको ‘त्रिरत्नसौन्दर्यगाथा’ र ‘ऐतिहासिक पत्रसंग्रह’ २ भाग छापिहालौँ भनेकाले त्यहीअनुुसार काम अगाडि बढ्यो। अनि वि.सं. २०१९ मा ‘त्रिरत्नसौन्दर्यगाथा’ (नयराज पन्तको ‘उपोद्घात’सहित धनवज्र वज्राचार्यद्वारा सम्पादित ‘पण्डित सुुन्दरानन्दविरचित त्रिरत्न–सौन्दय–गाथा’, नेपाल–सांस्कृतिक–परिषद्, काठमाडौँ, २०१९) प्रकाशित भयो।

लाख रुपियाँ खर्च गरी विश्वेश्वरप्रसाद कोइरालालाई रिझाउन आफूले खोलेको नेपाल–सांस्कृतिक परिषद् अब खुुद विश्वेश्वरप्रसाद कोइराला नै जेलमा जाकिएकाले र आफू पनि हिज हाइनेस र फील्ड मार्शल भइसकेकोले केसरशमशेरको दृष्टिमा त्यो संस्था निरर्थक भइसकेको थियो। त्यसमाथि, नयराज पन्त र उनको शिष्यमण्डलसँग उनी त्यति सन्तुुष्ट थिएनन्। घिस्रिई घिस्रिई ‘ऐतिहासिक पत्रसंग्रह’ २ भाग छापिने काम टुुङ्गियो। दानपति केसरशमशेरलाई त्यो देखाउन उनको सम्पर्कमा रहेका, नयराज पन्तका शिष्य भोलानाथ पौडेल र धनवज्र वज्राचार्यले चिठी लेखेर उनीसँग समय मागे। त्यसको जवाफमा आफू बित्नुुभन्दा ५ दिनअगाडि लेखेको चिठीमा ‘दाम मेरो, नाम तपाईँहरूको भएकै छ’ भन्ने लेखी आफ्नो असन्तुुष्टि उनले व्यक्त गरेका छन् (शेषराज सिवाकोटीद्वारा सम्पादित ‘धनवज्र वज्राचार्य: स्मृति र स्पन्दन’, ज्ञानगुुनसाहित्यप्रतिष्ठान र नेबरहुुड बोर्डिङ्ग स्कूल, काठमाडौँ, २०६४ मा प्रकाशित ‘स्व. केशरसम्सेर ज.ब.रा.ले धनवज्र वज्राचार्यलाई लेखेका केही पत्रहरू’, ५९ पृ.)। तयार भइसकेको ‘ऐतिहासिक पत्रसंग्रह’ २ भागमा केसरशमशेर बितेको लगत्तै ‘स्वर्गवासी हिज हाइनेस अतिरथी श्रीकेसरशमशेर ज.ब.रा.ज्यू.को संझनामा’ भन्ने शीर्षकमा उनको विषयमा लेखी त्यो प्रकाशित गरियो (नयराज पन्तको ‘उपोद्घात’सहित रामजी तेवारी आदिद्वारा सम्पादित, २०२१)।

केसरशमशेरको अध्ययनशीलताबाट विदेशी अनुुसन्धाताहरूलाई प्रभाव परेको थियो। त्यसैले, केसरशमशेरले अचम्म पार्ने गरी धेरै अध्ययन गरेको र उनलाई विश्वको ज्ञान भएको जस्ता कुुरा लेखी नेपालसम्बन्धी आफ्नो किताबमा पर्सिभल ल्यान्डन (वि.सं. १९२५–१९८३)ले उनको निकै तारीफ गरेका छन् (‘नेपाल्’ २ ठेली, कन्स्टेब्ल, लन्डन, ई.सं. १९२८, ९८ पृ.)।

वि.सं. १९९१ को हिउँदमा नेपाल आएका राहुुल सांकृत्यायनले केसरशमशेरको प्रशंसा गरी लामै लेखेका छन् (‘मेरी तिब्बत यात्रा’, १५८–१६० पृ.)। आफ्नो स्वाध्यायगृहको ढोकाको एउटा खापामा कृष्णको र अर्कोमा बुुद्धको मूर्ति कपिएको विषयमा ‘म त दुुवैमा समान भक्ति राख्छुु’ भनी केसरशमशेरले भन्दा ‘दुुवै जना हिन्दू महापुुरुष हुुन्, हामीकहाँ धेरै जात्रे मान्छेहरू पनि हिन्दू र बौद्ध दुुइ भाइ भत्रे गल्ती गर्छन्, किन्तुु नेपालमा यस्तो गल्ती कसैले गर्न सक्दैन, किनभने हिन्दू शब्द ब्राह्मणधर्मी र बौद्ध दुुवैको साझा हो भत्रे यहाँका मानिसहरूलाई थाहा छ’ (उही, १५९–१६० पृ.) भनी राहुुल सांकृत्यायनले भनेको कुुरा चाखलाग्दो छ।

वि.सं. २००९ को हिउँदमा नेपाल आउँदा पनि राहुुल सांकृत्यायनले केसरशमशेरसँग भेट गरेका थिए। उनको यात्रावृत्तान्तमा ठाउँठाउँमा केसरशमशेरको चर्चा आएको छ (कमला सांकृत्यायनद्वारा सम्पादित ‘जीवन–यात्रा’ खण्ड १ जिल्द ४, राधाकृष्णप्रकाशन, नयाँ दिल्ली, ई.सं. १९९८, १०४, १०९–११०, ११२–११३ पृ.)।

मातृकाप्रसाद कोइराला (वि.सं. १९६८–२०५४)को मन्त्रिमण्डलले राजीनामा गरेपछि श्री ५ त्रिभुुवनले वि.सं. २००९ साउन ३० गते परामर्शदात्री समिति गठन गरे। परामर्शदाताहरूमा ज. केसरशमशेर, मे.ज. महावीरशमशेर (वि.सं. १९६८–? ), खड्गमानसिंह बस्न्यात (वि.सं. १९६४–२०३१? ), ले.ज. सुुरेन्द्रबहादुुर बस्न्यात र काजी माणिकलाल राजभण्डारी (वि.सं. १९३७–? ) थिए। राहुुल सांकृत्यायन नेपाल आउँदा यिनै परामर्शदाताहरूमार्पmत श्री ५ त्रिभुुवनले राज्य चलाइरहेका थिए। त्यस परामर्शदात्री समितिको विषयमा केसरशमशेरले लेखेको कुुरा यहाँ उद्धरण गर्दा रमाइलै होला— ‘धिराजले काङ्ग्रेसी मन्त्रिमण्डल तोडेर सल्लाहकारहरूको शासन स्थापित गरेका थिए। तीमध्ये एकजना केसरशमशेरलाई नै योग्य र कार्यतत्पर भत्र सकिन्थ्यो। एकजना मन्त्रीलाई रक्सी खाएर मस्त रहने र दिउँसो २ बजेभन्दा पहिले उठ्न फुुर्सद हुुँदैनथ्यो। यिनको अयोग्यता र दुुःशासनको फल यिनका अधिष्ठाताले भोग्नुुपर्नेछ, यसमा के शङ्का छ’ (उही, १०४ पृ.बाट मेरो उल्था) भनी राहुुल सांकृत्यायनले लेखेको देख्दा केसरशमशेरको योग्यताको मात्र उनमा प्रभाव परेको स्पष्ट हुुन्छ।

केसरशमशेरको चाहिँदोभन्दा बढ्ता प्रभावमा राहुुल सांकृत्यायन परेका थिए भन्ने कुुरा उनका तलका वाक्यबाट झल्कन्छन्— ‘यद्यपि चन्द्रशमशेरको सुुदीर्घकालव्यापी तानाशाहीमा केसरशमशेर हुुर्के र उसैमा बूढा भए। आफ्ना पिताको महान् वैभवमा करोडौँका स्वामी बने, तर यत्तिको अध्ययनशील व्यक्ति नयाँ जमानाको गतिबाट अपरिचित रहन सक्दैनथ्यो। उनको चल्ने भए राणावंशको जसरी अन्त भयो, त्यसरी हुुने थिएन कि। उनका दुुइ जना दाजुु मोहनशमशेर र बबरशमशेर थिए। तिनमा बबर यथानाम तथागुुण थिए। उनी दुुर्योधन जस्तै भन्थे— ‘सूच्यग्रं न दातव्यं विना युुद्धेन केशव’ (हे कृष्ण, युुद्धविना सियोको टुुप्पो जत्ति पनि जमीन म दित्रँ)। राणाशाही गइसकेपछि पनि केसरशमशेरको प्रभाव घटेन। यो उनको सुुध्रेका विचारको कारण नै हो। सल्लाहकार सरकारमा उनी एकतरहले सर्वेसर्वा छन्। त्रिभुुवनमा न शासनको योग्यता छ, न राम्रो नराम्रो सल्लाहमा विवेक गर्ने बुुद्धि’ (उही, ११३ पृ.बाट उल्था)।

गोरखाली भारादारहरूको दिनचर्याको विषयमा ड्यान्यल राइटले जे लेखे, केसरशमशेरको दिनचर्या पनि त्यसको अपवाद जरूर थिएन। उनी जुुवा पनि खेल्थे, भोगविलासमा पनि भुुलेका थिए, यसमा शङ्का छैन। तर विद्याव्यासङ्गले पनि उनको समय लिएको थियो, त्यही एउटा कारणले विद्याव्यासङ्गीको लागि उनी अभैm स्मरणीय छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.