सन्दीपले लिए पहिलो विकेट, पार्थिव पटेल आउट

सन्दीपले लिए पहिलो विकेट, पार्थिव पटेल आउट

काठमाडौँः नेपाली क्रिकेटर सन्दीप लामिछानेले डेब्यु खेलमा रोयल च्यालेन्जर्स बैंगलोरको विकेट लिन सफल भएका छन् । उनले २.४ ओभरमा आरसीबीका पार्थिव पटेललाई एलबीडब्लु धरापमा पार्दै पेभेलियन पठाएका हुन् । 

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दिल्लीले दिएको १८२ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्सजर्सविरुद्ध सन्दीप लामिछानेले सुरुमै बलिङको अवसर पाएका थिए । 

१० खेलपछि सन्दीपलाई मैदानमा उतारेको दिल्लीले उनलाई बैंगलोरको जवाफी इनिङको पहिलो ओभरमै बलिङको अवसर दिएको हो । सन्दीपले अहिले आरसीबी ओपनरहरू पार्थिब पटेल र मोइन अलीविरुद्ध बलिङ गरेका थिए। उनले पहिलो ओभर बलिङ गर्दै ६ रन दिएका थिए । तेस्रो ओभरमा उनले ८ बलमा केबल ६ रन बनाएको अवस्थामा पार्थिव पटेललार्इ पेभेलियन पठाउन पनि सफल भए ।

यसअघि पहिलो ओभरमा सन्दीपपछि बलिङ गरेका ट्रेन्ट बोल्टले आरसीबीका मोइन अलीलार्इ पहिलो बलमै पेभेलियन पठाएका थिए । सन्दीपको डेब्यु खेलमा दिल्ली डेयर डेभिल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १८२ रनको चुनौती दिएको थियो । 

फिरोज शाह कोटला मैदान भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले रिसभ पन्तको ६१ रनको मद्धतमा मध्यम योगफल बनाउन सफल भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.