आर्इपीएलमा सन्दीपको डेब्यु: बैंगलोरसँग दिल्ली ५ विकेटले पराजित

आर्इपीएलमा सन्दीपको डेब्यु: बैंगलोरसँग दिल्ली ५ विकेटले पराजित

काठमाडौँः नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले डेब्यु गरेको खेलमा दिल्ली डेयर डेभिल्स रोयल च्यालेन्जर्स बैंगलोरसँग ५ विकेटले पराजित भएको छ । 

बैंगलोरलाई जिताउने क्रममा नटआउट रहेका एबी डिभिलियर्सले ३७ बलमा ७२ रनको योगदान दिए । त्यसैगरी विराट कोहलीले ४० बलमा ७० रनको गतिलो पारी खेले । कोहली र डि भिलियर्सले तेस्रो विकेटका लागि सतकीय साझेदारी गर्दै जितको आधार खडा गरे ।

अन्य ब्याटसम्यानको प्रदर्शन विर्सन लायक रह्यो । दिल्लीका लागि सबैभन्दा किफायती बलिङ सन्दीपले गरे । 

उनले ४ ओभर बलिङ गर्दै केबल २५ रन मात्रै खर्चिएर बैंगलोरको एक विकेट लिए । सन्दीपले पार्थिप पटेललाई ८ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्काए । 
त्यसैगरी बोल्टले ४ ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिन सफल भए । 

यसअघि फिरोज शाह कोटला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १८१ रन बनाएाको थियो । 

दिल्लीका लागि रिसभ पन्तले ३४ बलमा सर्वाधिक ६१ रनको योगदान दिए । त्यसैगरी नटआउट रहेका अभिषेक शर्माले १९ बलमा ४० रन बनाए । बैंगलोरका लागि युजभेन्द्र चाहलले सर्वाधिक २ विकेट लिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.