एसपी थापा भन्छन्ः भाटभटेनीमा बम हान्नेको पहिचान भइसक्यो

एसपी थापा भन्छन्ः भाटभटेनीमा बम हान्नेको पहिचान भइसक्यो

चितवनः भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम हान्नेको पहिचान भइसकेको जानकारी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले दिएका छन् । 

आइतवार बिहान पौने चार बजे भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा सकेट बम प्रहार गर्ने नेत्रविक्रम चन्द विप्लवका दुई कार्यकर्तामध्ये एकको पहिचान भइसकेको उनले बताए । 

‘भाटभटेनीमा एउटा मोटरसाइकलमा गएका दुई मध्ये एकले बम हानेका हुन्, उनी नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता भएको पत्ता लागेको छ’, थापाले अन्नपूर्ण अनलाइनसँग भने, ‘खोजी भइरहेको छ, हेलमेट लगाएका मोटरसाइकल चालकको भने पहिचान हुन सकेको छैन, मोटरसाइकलको नम्बर नखुलेकाले अनुसन्धानमा थोरै समस्या भएको छ ।’

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्द सुरु हुनुअघि नै भाटभटेनीमा बम हानिएको थियो । बम हानिँदा भाटभटेनी र सँगैका होटेलको पनि शिशा फुटेका छन् । 

भाटभटेनीमा सकेट बम हानिँदा भएको क्षतिको एकीन विवरण भने आइसकेको छैन । बम विस्फोट गराएपछि सर्वसाधरण त्रसित भएका छन् । 

सम्बन्धित समाचार

विप्लवका कार्यकर्ताले भाटभटेनी सुपर मार्केटमा बम हाने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.