राष्ट्रघाती निर्णय गरेको भन्दै दाङ बन्द, जनजीवन प्रभावित
![राष्ट्रघाती निर्णय गरेको भन्दै दाङ बन्द, जनजीवन प्रभावित](https://annapurnapost.prixacdn.net/media/albums/20180513054303_dang--band._tA0IK82UGo.jpg)
दाङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ।केपी ओली सरकारले राष्ट्रघाती निर्णय गरेको भन्दै नेकपाले आइतबार नेपाल बन्दको घोषणा गरेको जनाएको छ।
बन्दका कारण दाङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्। शिक्षण संस्था, उद्योग कलकारखाना, व्यापार, व्यवसाय सञ्चालनमा आउन सकेको छैन। जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमही, गढवा,भालुबाङ बजार बिहानैदेखि बन्द छन्। सडमका बन्द कर्ताहरु नदेखिए पनि बन्दको प्रभाव सबै क्षेत्रमा देखिएको छ।
शंकास्पद वस्तु भेटियो
देउखुरीको लमही गढवा सडक खण्डको राप्ती नदी पुलमा बमजस्तो देखिने शंकास्पफ वस्तु भेटिएको छ। वडा प्रहरी कार्यालय लमहीको अनुसार बिहान पुलमा शंकास्पद वस्तु देखिएको हो। वडा प्रहरी प्रमुख सुरज खडकाले शंकास्पद वस्तुलाई नियन्त्रण लिइर व्यवस्थापन गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)