भन्सार राजस्व लक्ष्यभन्दा बढी

भन्सार राजस्व लक्ष्यभन्दा बढी

त्रिशूली : नेपाल–चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकाबाट चिनियाँ सामान आयात वृद्धि भएको छ। चीनबाट सामान आयातमा बढोत्तरी भएसँगै रसुवा भन्सार कार्यालयले तीन सातामै वैशाख महिनाको राजस्व संकलनको लक्ष्य पार गरेको छ।

वैशाख महिनाका लागि ३२ करोड ६७ लाख रुपैयाँको लक्ष्य राखेको भन्सार कार्यालयले तीन सातामै ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको रसुवा भन्सार प्रमुख गोपाल कोइरालाले बताए। भन्सारले चालु आर्थिक वर्ष रसुवा भन्सारले तीन अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ।

यही अनुपातमा राजस्व संकलन भएमा वार्षिक लक्ष्य पनि जेठ महिनामै पूरा गरिने कोइरालाको भनाइ छ। भन्सार मूल्यांकनमा भएको कडाइका कारण उल्लेख्य राजस्व संकलन भएको छ। वीरगन्ज भन्सारबाट निकासी हुने टेलिकमका सामान रसुवाबाट आउँदा पनि आधा समयमै लक्ष्यभन्दा बढी राजस्व संकलन हुन पुगेको कार्यालय प्रमुख कोइरालाले बताए। चीनतर्फको सिमा नाका बन्द हुँदा गत फागुन र चैत्रमा धेरै सामान आयात नसक्दा राजस्व प्रभावित भएको थियो।

फागुनमा ३२ करोड राजस्व संकलन लक्ष्य राखिएकामा १८ करोड र चैत्रमा पनि ३२ करोड नै लक्ष्य राखिएकामा २० करोड र माघ महिनामा २९ करोडको लक्ष्यमा ३० करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो। पहिले ल्होसार र चीनको राष्ट्रिय कार्यक्रमका कारण अड्केका सामान अहिले धमाधम आउँदा पनि राजस्व बढ्न पुगेको हो।

चालु आवको वैशाख मसान्तसम्मको लक्ष्य दुई अर्ब ९४ करोड रुपैयाँ भएकामा दुई अर्ब ९२ करोड रुपैयाँ मात्र संकलन भएको छ। असारसम्म एक वर्षमा भने तीन अर्व ६३ करोड संकलन गर्ने लक्ष्य छ।

चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ। यसैगरी नेपालबाट बाँसको मुढा, हस्तकालाका सामान, काठको टेबल, अम्रिसो कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

काठमाडौंदेखि एक सय ५२ किलोमिटर उत्तर भोटेकोसी नदी किनारामा रहेको रसुवागढी नाकामा रहेको रसुवा भन्सार कार्यालयले दैनिक ५०÷६० थान मालवाहक गाडीको भन्सार जाँचपास गराउँदै आएको छ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख कोइरालाका अनुसार भन्सारमा एउटा मालवाहक कन्टेनरले भन्सार राजस्व सरदर ३२ हजार रुपैयाँ रसुवागढी भन्सारलाई तिर्छन्।

रसुवागढी नाका खुलेपछि कन्टेनरको आगमन तीव्र भएको उनको भनाइ छ। दैनिक ४० थान कन्टेनर सामान लिन केरुङ गइरहेको र ५० थान कन्टेनर रसुवागढी हँदै नेपाल भित्रिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.