विप्लवका कार्यकर्ताले बसपार्कमै जलाए यात्रु बस
वीरगन्ज: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले वीरगन्जमा बसपार्कम बस जलाएका छन् ।
नेपाल बन्दका क्रममा १५ दिनदेखि रोकिराखेको बस विप्लवका कार्यकर्ताले जनाएका हुन् । उनीहरुले वीरगन्ज बसपार्कमा १५ दिनदेखि रोकिएको वीरगन्ज-ठोरी रुटको ग १ ख ३१४७ नम्बरको यात्रु बसमा आइतबार आगजनी गरेका हुन् ।
आगो लगाइँदा बस जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको भन्दै पार्टीले नेपाल बन्दको गरेको थियो ।
शनिबार विज्ञप्ति निकालेर नेकपाले मोदीको भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात गर्दै नेपालीको स्वाभिमानमा कुठराघात गरेकाले प्रतिरोधस्वरुप बन्द आह्वान गरिएको जनाएको थियो ।