मोदीलाई धन्यवाद दिन ओलीले गरे गुजरातीमा ट्वीट
काठमडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका भारतीय समकक्षी नरेन्द्र मोदीलाई गुजराती भाषामा धन्यवाद दिएका छन् ।
आइतबार ओलीले गुजरातीमा ट्वीट गर्दै मोदीलाई धन्यवाद दिएका हुन् । शुक्रबार जनकपुरबाट नेपालको दुई दिने भ्रमण सुरु गरेका मोदी शनिबार साँझ स्वदेश फर्किएका हुन् । नेपाल भ्रमणका क्रममा मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली सँगै पूर्वप्रधानमन्त्री र केही दलका शीर्ष नेतासँग छलफल गरेका थिए ।
मोदीलाई नेपालको राजकीय भ्रमणका क्रममा नेपाली सेनाले शुक्रबार सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’बाट सम्मान समेत गरेको छ । मोदीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतका प्रतिनिधिमण्डलबीच समेत विभिन्न विषयमा छलफल भएको थियो । ओली र मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा उद्घाटन समेत गरेका छन्।
ओलीलाई प्रदेश २ को सरकारले जनकपुरमा नागरिक अभिन्दन गरेको थियो । मोदीको यो भ्रमण राजनीतिक रुपमा महत्वपूर्ण भए पनि उनले भने आफ्नो भ्रमण धार्मिक यात्रामा केन्द्रित भएको बताएका थिए । नेपाल भ्रमणका क्रममा मोदीले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजापाठसमेत गरे ।
ભારતના માનનીય વડાપ્રધાનશ્રી નરેન્દ્ર મોદીની નેપાળ યાત્રા સફળતાપૂર્વક પૂર્ણ થઈ છે. અમે સાથે મળીને દ્વિપક્ષીય સંબંધોને લગતા દરેક પડતર પ્રશ્નોનું નિશ્ચિત સમયગાળામાં નિરાકરણ લાવવાનું લક્ષ્ય રાખ્યું છે. સમજ અને સદભાવ દાખવી સહૃદય બનવા બદલ હું, શ્રી મોદીજીનો અંતઃકરણપૂર્વક આભારી છું.
— K P Sharma Oli (@kpsharmaoli) May 13, 2018