विद्यालयमै प्रहरी चौकी !

विद्यालयमै प्रहरी चौकी !

जनकपुरधाम : स–साना बालबालिकालाई तर्साउनुपर्‍यो भने पुलिस बोलाइदिउँ भनेर अभिभावकले भन्ने गर्छन्।तर, धनुषाको एक विद्यालयमा प्रहरी चौकी राखिएपछि प्रहरीलाई हेर्दै पढ्नुपर्ने बाध्यतामा बालबालिका छन्।

जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका-१ स्थित राष्ट्रिय प्राथमिक विद्यालय परिसरभित्रै नेपाल प्रहरीको चौकी र गाउँपालिकाको वडा कार्यालय समेत रहेको छ। विपन्न, दलित र निम्न वर्गीय परिवारका तीनसय बालबालिका पढ्ने सो विद्यालयमा प्रहरी चौकी हुँदा बालबालिकाको पठनपाठन प्रभावित हुँदै आएको प्रधानाध्यापक सुरेन्द्र पाण्डेको भनाइ छ।

प्रहरी चौकीमा विभिन्न अपराधिक प्रकृतिका मुद्दाहरु हुँदा पीडित र पीडक आउने गर्छन्।'यस्तो अवस्थामा बालबालिका प्रहरी चौकीको होहल्लाले पढ्न छाडेर रमिता हेर्न जाने गर्छन्', ‍प्रअ पाण्डेले भने।

प्रहरी चौकीमा विभिन्न अपराधिक घटनामा स‌‌ंलग्न मान्छेको आवतजावत भइरहने हुँदा बालबालिकालाई शान्तिपूर्वक पढ्ने र शिक्षकले राम्ररी पढाउने वातावरण नरहेको शिक्षक राजेन्द्र ठाकुरले बताए।उनी भन्छन्,' विगत १० वर्षदेखि यस विद्यालयका बालबालिकाले प्रहरी चौकीको समस्या खेप्दै आएपनि चौकी अन्यत्र सार्न कसैबाट कुनै पहल भएको छैन्।'

प्रहरीसँगै बालबालिकालाई पढ्न बाध्य बनाइएको बालविकासकी शिक्षिका अनिता यादवले बताइन्।  प्रहरी चौकी हटाउन विद्यालयका शिक्षकले पटकपटक नेतासमक्ष अनुरोध गरेपनि कहिबाट कुनै पहल नभएको स्थानीयको भनाइ छ।

प्रहरीचौकी परिसरमा हातमा किताब बोकेका बालबालिका । तस्बिर : मनिका झा

२०४६ सालमा मुखियापट्टीमा खुलेको प्रहरी चौकीको भवन माओवादी जनयुद्धकालमा भत्काइएपछि प्रहरी तत्कालिन गाउँविकास समितिको कार्यालयमा राखिएको थियो।पहिला गाविसको कार्यालयमा सञ्चालन हुँदै आएको तीन कोठाको भवनमा हाल दुईवटा कोठामा प्रहरी चौकी र एउटा कोठामा वडा कार्यालय सञ्चालन हुँदै आएको वडा सचिव सत्यनारायण साह बताउँछन्। भवनको अभावमा जेनतेन विद्यालयकै प्रांगणमा रहेको भवनमा वडा कार्यालय सञ्चालन गर्नुपरेको सचिव साहले बताए।

साबिकमा मुखियापट्टीमा सञ्चालित प्रहरी चौकीको नाउँमा अहिले पनि २ कठ्ठा जग्गा गाउँमा कायम रहेको चौकी इन्चार्ज असई मनिष पाण्डे बताउँछन्। उनी भन्छन्, 'भवन अभावमा हामी पनि बाध्य भई यहाँ बस्नु परेको छ।'

१३ जना प्रहरीको दरबन्दी भएपनि हाल सातजना मात्र उपस्थित हुँदा कार्य सम्पादनमा अप्ठ्यारो हुने गरेको पाण्डेको भनाई छ। उनी भन्छन्, 'विद्यालयका बालबालिकालाई पठनपाठनमा समस्या नहोस् भनेर हामी सक्दौ मित्रवत व्यवहार गर्छौं तर, कहिलेकाही गम्भीर प्रकृतिका मुद्दाहरु आउँदा  बालबालिकाको पढाइ प्रभावित हुने गर्दछ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.