पहिरोले भासियो रसुवाको त्रिदेशीय मार्ग, सयौँ सवारी रोकिए

पहिरोले भासियो रसुवाको त्रिदेशीय मार्ग, सयौँ सवारी रोकिए

नुवाकोटः नेपाल–चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र रसुवागढी नाका जाने त्रिशूली–धुन्चे–रसुवागढी मार्गमा पहिरो गएको छ । नेपाल–चीन र भारत त्रिदेशीय मार्गका रुपमा रहेको आइतवार दिउँसोदेखि स्याफ्रुबेंसी नजिकै पहिरो जाँदा सयौं सवारीसाधन रोकिन पुगेका छन् । 

गोसाइकुण्ड गाउँपालिका–६ स्याफ्रुबेंसी नजिकै सडक माथिबाट सुख्खा पहिरो झर्दा आवतजावत वन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

रसुवागढी नाका जाने त्यस स्थानमा गएको पहिरो हटाउने एक्साभेटर प्रयोग गरिएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए । 

काठमाडौँबाट एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारमा रसुवागढी नाका रहेको छ । चीनले यस नाकालाई गत सेप्टेम्बरदेखि अन्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिइसकेको छ । 

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात रोकिएको छ । आइतबार दिउँसो १ बजेको समयमा स्याफ्रुबेंसीमा सुख्खा पहिरो गएपछि यातायात रोकिएका हुन् ।

मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावट क्षमताको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा पहिरो गएको थापा क्षेत्रीले बताए  ।  पहिरोले सडक भासिएर तल पुर्‍याएको छ ।

 सडक अवरुद्ध भएपछि दुई सय भन्दा बढी साना ठूला गाडी बीच बाटोमै रोकिएका छन् । सडक सञ्चालनका लागि सडक मर्मत तथा निर्माणको कार्य भइरहेको रसुवा  प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.