पासाङल्हामु मार्गमा भेटिएको बम निष्कृय

पासाङल्हामु मार्गमा भेटिएको बम निष्कृय

नुवाकोट : नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका क्रममा आइतबार पासाङल्हामु मार्गको विदुर–बेत्रावती–कालिकास्थान सडकखण्डमा प्रेशर कुकर बम निष्कृय पारेको छ। उत्तरगया गाउँपालिका वेत्रावति जिरोकिलोमा प्रेसर कुकर बम भेटिएपछि सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको हो। 

बमका कारण दिनभर सवारी आवागमन समेत प्रभावित भएको थियो। नुवाकोटको विदुरवाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम निष्कृय पारेको नेपाली सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी अन्जन रुपाखेतिले जानकारी दिए।  

उनका अनुसार सडक नजिकै रहेको सो बम नक्कली हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक शरतकुमार थापाक्षेत्रीले बताए। उनका अनुसार रसुवामा बन्दको कुनै प्रभाव परेको छैन।

 
बन्दको न्यून प्रभावः

नेकपा विप्लव नेतृत्वको नेकपाले आइतबार गरेको नेपाल बन्दको नुवाकोट र रसुवामा न्युन प्रभाव परेको छ।नुवाकोट र रसुवाको जनजीवन दिनैभर सामान्य रहेको थियो।

दुवै जिल्लामा साविकझै सवारीसाधन गुडेका थिए। जिल्ला प्रहरी कार्यलय नुवाकोटका अनुसार  बन्दको आंशिक प्रभाव परेपनि स्थिति सामान्य रहेको थियो।

नेकपाका जिल्ला जनपरिषद प्रमुख विन्तोस सिलवालले बन्द पूर्णरुपमा सफल भएको दावी गरेका छन्। बन्दको अवज्ञा गरेको जनाउँदै नेकपाले नुवाकोट र धादिङको सिमाना कोल्पुटारमा एउटा ट्रक र एक ट्रिफरलाई कारवाहीस्वरुप त्यसको साँचो लिइएको र दुबै सवारीसाधनको सिसा फुटाइएको दाबी गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.