‘कांग्रेसभित्र गुटबन्दी अन्त्य भयो’

‘कांग्रेसभित्र गुटबन्दी अन्त्य भयो’

सुर्खेत : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सह–महामन्त्री प्रकाशसरण महतले कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको बताएका छन्। गुटबन्दी हावी हुँदा पार्टीले नराम्रो हार बेहोर्नुपरेको नेतृत्वले स्वीकार गरिसकेको हुँदा अब गुट अन्त्य भएको बताएका हुन्। नेपाली कांग्रेस निकट युवा संघ तरुणदलको कर्णाली प्रदेशको भेलालाई सम्बोधन गर्दै नेताहरुले गुटबन्दी अन्त्य भएकोले पार्टीप्रति निराश नहुन कार्यकर्तालाई आश्वासन दिएका छन्। 

केन्द्रीय नेतृत्वमा रहेको गुटबन्दीका कारण नै अहिलेको परिस्थिति बेहोर्नुपरेको भन्दै कार्यकर्तामा पनि गुटबन्दीको भाव अन्त्य हुनुपर्ने बताए। ‘देखावटी राष्ट्रवादका कारण नै कम्युनिस्ट विजयी भएका हुन्’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘हाम्रो हार सधैँभरीका लागि होइन, कार्यकर्ता विभाजित नभए, अर्कोपटक पुनः देशकै पहिलो पार्टी बन्ने छौं।’ 

उनले एमाले, माओवादीले कसरी निर्वाचन विजयी भए र कांग्रेसले किन पराजित हुनुप¥यो भन्ने बारेमा विश्लेषण गरेर नेतृत्व अगाडि बढेको बताए। आग्रह, पुर्वाग्रह, गुट उपगुट नभई सबै नेता कार्यकर्ता एक ढिक्का भएर अगाडि बढेमा कांग्रेसले अर्को चुनावमा परिणाम उल्ट्याउने उनको दाबी थियो। 

यस्तै, नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले एमाले माओवादीले चुनाव जित्ने रणनितीमा राष्ट्रियतालाई भड्याङ्ग बनाएको आरोप लगाए। विगतको समीक्षा गर्दै आगामी दिनमा कांग्रेस अगाडि बढ्नुपर्ने भन्दै उनले ४५ प्रतिशत भोट ल्याउने र पार्टी पहिलो बनाउने रणनितीमा केन्द्रीय नेतृत्व लागि परेको उनको भनाइ थियो। ‘कांग्रेसले गरेको विकासलाई कम्युनिस्टले आफूले प्रचार गरी भोट हत्याए’ कार्यकर्तालाई आश्वासन दिँदै महतले भने, ‘जनता सधैँ भ्रमको शिकार हुँदैनन्, हामीले आफ्नो काम जनतामाफ देखाउन सके आगामी निर्वाचन हाम्रै पक्षमा मत आउँछ।’ 

कांग्रेस गुटबन्दीमै रुमलिँदा कांग्रेस सरकारले गरेको काम पनि कम्युनिस्टले जस लिँदै निर्वाचनमा भोट आफ्नो पक्षमा पारेको महतको भनाइ थियो। ‘स्थानीय सरकारदेखि केन्द्रसम्म नेतृत्वमा पुगेका कार्यकर्ताबाट उदारणीय काम गरौं, अपराजितले खवरदारी  गरौं, तब मात्रै कांग्रेस पहिलो पार्टी हुन्छ’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.