तस्बिरमा मच्छिन्द्रनाथको भोटो जात्रा

तस्बिरमा मच्छिन्द्रनाथको भोटो जात्रा

ललितपुर : आइतबार बहुमुल्य हीरामोती जडित भोटो देखाइएको छ। साइत हेरेर जुराएपछि चार दिनअघि लगनखेलबाट जावलाखेल पुर्‍याइएको मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आइतबार भोटो देखाइएको हो। राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीले भोटो र जात्राको अवलोकन गरे।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो विगत वर्षझैं यस वर्ष पनि गुठी संस्थान ललितपुर शाखाका प्रमुखले रथको चारै कुनाबाट ‘यो भोटो कसको हो ?’ भनेर देखाए। किम्वदन्तीअनुसार, कोही सप्रमाण आए भोटो दिनुपर्छ भन्ने छ तर झन्डै एक हजार चार सय वर्षअघिदेखि यसरी नै वर्षेनी भोटो देखाइँदै गरे पनि कसैले दाबी गर्न सकेका छैनन्। 

अपराह्न चार बजेको समय तय गरिए पनि राष्ट्रपति भण्डारी ४ बजर ११  मिनेटमा पुगेकी थिइन्। उनले त्यहाँ आधा घण्टा बिताइन्। राष्ट्रिय गानको धुनले स्वागत गरेपछि उनलाई पुजारीले टिका र प्रसाद ग्रहण गराएका थिए। त्यसपछि भोटो देखाइएको थियो। रथको चारैकुनाबाट तीन तीन पटक भोटो देखाएपछि भण्डारीले रथ र मूर्तिको दर्शन र पूजाआजा गरेकी थिइन् भने पाटनकी जीवित देवी पाँच वर्षीया कुमारी नीरा बज्राचार्यको दर्शनपछि उनीबाट टीका ग्रहण गरेकी थिइन्। 

यसपछि सानो आकारको मिननाथको रथको पनि दर्शन गर्ने परम्परा छ। भण्डारीपछि उपराष्ट्रपति पुन र त्यसपछि प्रधानमन्त्री ओलीले रथ र कुमारीको दर्शन र पुजा गरेका थिए। जात्रामा गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति लगायत विशिष्टको सहभागिता थियो।

किम्वदन्तीअनुसार नागराजकी पत्नीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रले निको पारेपछि नागराजले ती कृषकलाई उपहारस्वरुप भोटो दिएका थिए। खेतमा काम गर्ने क्रममा भोटो हराएपछि व्यापक खोजी भएको तर कतै नपाएपछि जावलाखेलमा भएको रातो मच्छिन्द्रनाथको रथजात्रामा एक राक्षसले लगाएको भेटियो। 

कृषकले आफ्नो भोटो भनेर माग्दा विवाद भएको तर दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि सप्रमाण ‘जसले भोटो मेरो हो भन्छ उसैलाई दिने’ भन्ने शर्तमा उक्त हीरामोती जडित बहुमुल्य भोटो मच्छिन्द्रनाथको पासमा शिलबन्दी गरी राखिन्छ। शिलबन्दी तोडेर सबै सामू प्रदर्शन गरेपछि पुनः गुठी संस्थान ललितपुरका प्रमुखले रोहबरमा एक वर्षका लागि शिलबन्दी गरेर राख्छन्। विवाद तत्कालीन राजासामु पुर्या‍एपछि एक हजार चार सय वर्ष अघिदेखि यसरी नै वर्षेनी राष्ट्रप्रमुख र जनता (राजा र प्रजा) लाई देखाइँदै आइएको छ। 

तस्बिर : सुनिता डंगोल 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.