अर्गानिक उत्पादनमा कृषक

अर्गानिक उत्पादनमा कृषक

डडेल्धुरा ः डडेल्धुराका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन्। विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अर्गानिक तरकारी खेती गर्न थालेका हुन्। विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकुल असर गर्ने स्वस्थ्यकर्मीले सुझाएपछि कृषक अर्गानिक तरकारी खेतीतर्फ उन्मुख भएका हुन्।

स्याउला तथा गाई गोरुको मलमुत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन थालेको अमरगढी ७ पोखराका यज्ञबहादुर ऐरीले बताए। यसरी लगाएको तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाईगोरु तथा पशुको मुत्रलाई विषादीको रूपमा प्रयोग गर्ने गर्छन्। कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको बगरकोटका अगुवा कृषक नवराज जैसीले बताए।

जिल्लाको अमरगढी नगरपालिका पोखरा, भात्काडा र मालमलगायत भागेश्वर गाउँपालिकाका बगरकोट लाकम, ऐडुग्रा, गन्यापधुरा गाउँपालिकाको असिग्राम, नवदुर्गा गाउँपालिकाको समैजी, आलितालका विभिन्न वडा र परशुराम नगरपािलकाका विभिन्न गाउँका कृषक व्यावसायिक अर्गानिक खेती गर्न थालेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले जानकारी गराए। मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका हुन्।

विषादीरहित तरकारीको बजार माग पनि बढिरहेको र यसले मानिसको स्वास्थ्यलाई फाइदा पुग्नका साथै मूल्य पनि राम्रो पाइने अमरगढी १० राई का कृषक विष्णु भट्टको भनाइ छ। घरगोठमा निर्माण भएको मलको प्रयोग गरी तरकारी खेती गर्नेको संख्या पनि बढ्न थालेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ट कृषि अधिकृत विष्टले बताए।

तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मुत्रलाई विषादीको रूपमा प्रयोग गर्छन्।

पोलिहाउसलगायत खुला जमिनमा विषादीको प्रयोग नगरी तरकारी बाली लगाउने गरेको समैजीका कृषक कलावती भण्डारीले बताइन्।

आलुका लागि प्रख्यात यस जिल्लामा आलुको उत्पादन बढाउन कम्पोस्ट र प्रांगारिक मलको प्रयोग बढी रहेको कृषकहरू बताउँछन्। डडेल्धुराका विभिन्न स्थानका किसानले नौ सयभन्दा बढी पोलिहाउस निर्माण गरी तरकारी खेती गर्दै आएको र सो तरकारी उत्पादन अर्गानिक मलको प्रयोगबाट मात्रै हुने गरेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ। तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले डडेल्धुरामा तरकारी उत्पादन दिगो र व्यावसायिक बन्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.