जिन्दगी बुझ्ने चेष्टा गर्नुहोस्

जिन्दगी बुझ्ने चेष्टा गर्नुहोस्

यदि तपाईं सफल जिन्दगी जिउन चाहनुहुन्छ भने सर्वप्रथम सफलताको परिभाषा जान्नुहोस्। तपाईंको चाहना के हो ? पैसा, मित्र, अथवा मृत्युपछि सबैले प्रशंसा गर्ने जीवन ?

उद्देश्य निश्चित गर्नुहोसआफ्नो जिन्दगीमाथि कहिले घोत्लिनु भएको छ ? जीवनमा के बन्छु भन्ने लागेको छ ? जीवनको परिभाषा के हो र यसमा तपाईंको भूमिका के हो ? यसबारेमा हरेकले सोच्नुपर्छ।

तपाईं अत्यधिक पैसा कमाउन चाहनुहुन्छ ? एउटा चिटिक्क परेको घर, सफल व्यवसाय, सुविधायुक्त कार चाहनुहुन्छ ? अथवा यदि सिर्जनशील हुनुहुन्छ भने तपाईंको ध्यान समस्या समाधान गर्नतिर होला, जुन अहिलेसम्म समाधान नभएको होस्।

आफ्नो परिवारको राम्रो हेरचाह गर्ने उद्देश्य हुन सक्छ। अरू पनि हुन सक्छन्। अथवा कुनै उद्देश्य नै नहुन सक्छ। एकपछि अर्को दिनहरू जसोतसो कटाउँला भन्ने सोचाइ पनि हुन सक्छ।

यदि जिन्दगीको उद्देश्य थाहा पाउन चाहनुहुन्छ भने त्यसका लागि उपयुक्त समय र स्थानको आवश्यक पर्छ। यस्तो ठाउँ पत्ता लगाउनुहोस्, जहाँ बस्दा ध्यान अन्यत्र नमोडियोस्। शान्त ठाउँमा जानुहोस्। नोट गर्नका लागि कागज र डटपेन बोक्नुहोस्। कम्प्युटर, फोन स्विचअफ गरिदिनुहोस्।

यदि जिन्दगीको लक्ष्य पत्ता लगाइसक्नु भएको छ भने तलका कुराहरूलाई पनि ध्यान दिनुहोस् :

जिन्दगीको मुख्य लक्ष्य के हो ?

  • म मेरो परिवार, आफन्त, साथीभाइहरूको राम्रो हरेचाह गर्न चाहन्छु।
  • जिन्दगीमा कुनै उद्देश्य छैन।
  • संसारभर प्रसिद्ध हुन चाहन्छु।
  • आफ्नो क्षेत्रमा निर्णायक हुन चाहन्छु।
  • करोडपति बन्न चाहन्छु।
  • राजनीतिक नेता बन्न चाहन्छु।

आफैंलाई चिन्न थाल्नुहोस्

लक्ष्यमा पुग्न तपाईंले सुरुमा आफैंलाई चिन्नुपर्छ। आफूले कुन क्षेत्रमा राम्रो गर्न सक्छु जस्तो लाग्छ, त्यतातिर समय बिताउनु होस्। त्यसले तपाईंलाई सन्तुष्टि दिनुपर्छ। सजिलै जीवनयापन गर्न सकिने पनि हुनुपर्छ। काम गर्दा कुनै दिक्दारी नलागोस्, ऊर्जा थपियोस्। सोच्नुहोस्, कुन क्षेत्रमा लाग्दा सफलता पाउन सकिन्छ।

उद्देश्य पत्ता लगाउनुहोस्

आफ्नो जीवनको लक्ष्य तपाईं आफैंले पत्ता लगाउनुपर्छ। अरूको सल्लाह लिन सक्नुहुन्छ तर निर्णय आफैंले लिनुपर्छ।

चुप लागेर नबस्नुस्

हरेक दिन नयाँ कुरा सिक्ने प्रयास गर्नुहोस्। यो अनिवार्य छ। जिज्ञासु बन्नुहोस्। जीवनको लक्ष्य के हो भन्ने थाहा पाएपछि त्यसलाई पूरा गर्न प्रतिबद्ध हुनुहोस्। यस्ता लक्ष्यहरू वर्षैपिच्छे परिवर्तन हुन सक्छन्। यो कुनै समस्या हैन, जिन्दगीको अभिन्न अंग हो र सिक्ने मौका पनि। यस्ता परिवर्तन भौतिक सरसुविधादेखि अन्य धेरै कुरामा हुन सक्छ।

एउटै कुरा सोच्न छाडिदिनुहोस्

लामो समयसम्म तपार्ईं एउटै योजनामा चल्नु भएको होला। स्कुलमा छँदा जे कुरा सिक्नुभयो, त्यही घेराभित्र रुमलिनु भएको होला। कहिलेकाहीँ सोचिरहेको/लागिरहेको सत्यबाट बाहिर आउँदा केही बिग्रिँदैन। बरु ‘रिफ्रेस’ भइन्छ। आफ्नो उद्देश्य पत्ता लगाउन धेरैबेर सोच्नुहोस्। आफ्नो सिर्जनशीलता प्रयोग गर्नुहोस्।

कहिलेकाहीँ विभिन्न समस्याले तपार्ईं नयाँ कुरा सोच्नै सक्नुहुन्न। तपाईंको सोचाइलाई बाधा पार्ने ती चीजहरू कहाँबाट आउँछ, पत्ता लगाउनु होस्। थाहा यदि पाउन गाह्रो हुन्छ भने विगतमा तपाईंलाई केही कुराले नकारात्मक प्रभाव पारेको थियो होला !

आफ्नो उद्देश्य लेख्नुहोस्–

आफ्नो उद्देश्यको बारेमा राम्रोसँग सोचविचार गर्नुभयो भने मात्रै त्यसमा तपाईंले सफलता पाउन सक्नुहुन्छ। व्यस्त र तनावयुक्त जिन्दगीले योजनालाई भताभुंग बनाइदिन सक्छ। आफ्नो जीवनको लक्ष्य कागजमा लेख्नुहोस् र त्यसलाई हरेक दिन देखिने ठाउँमा टाँसिदिनुहोस्, जसमा हरेक दिन आँखा परोस्।

सुरु गर्नुहोस् योजना छ भने सुरु गरिहाल्नुहोस्। दिउँसै सपना नदेख्नुहोस्। आफ्नो योजनाको बारेमा अरूलाई नबताउनुहोस्। कुरा हैन, काम थाल्नुहोस्। योजना महत्वाकांक्षी छ भने विस्तारै अघि बढ्नुहोस्। आफ्नो काममा स्पष्ट हुनुहोस्। सपना पूरा गर्न पाइला चालिरहनुहोस्।

तपाईंले गरेको काममा अरूले के भन्छन् भनेर चासो दिन छाडिदिनुस्। कहिलेकाहीँ तपाईं आफैं पनि विभिन्न कुराहरूले भड्किन सक्नुहुन्छ। झिनामसिना कुरालाई धेरै महत्व नदिनुहोस्। अरूले के गर्छन् भनेर बुझ्नतिर समय खेर नफाल्नुहोस्। बढी समय खर्च हुने र ऊर्जा लाग्ने समस्या पत्ता लगाउनुहोस् र त्यसलाई जतिसक्दो छिटो समाधान गर्नुहोस्।

सहयोग माग्नुहोस् आफैंलाई विश्वास गर्नुहोस्। आफ्नो क्षमतामाथि नजरअन्दाज नगर्नुहोस्। आफ्नो दक्षता के हो र केले आफूलाई ऊर्जा दिन्छ भन्ने निश्चित गर्नुहोस्। आफ्नो योजना केही मान्छेलाई सुनाएर उपयुक्त सल्लाह लिन सक्नुहुन्छ।

तपाईंको योजनालाई अरू दक्ष मान्छेहरूले सहयोग गर्न सक्छन्। तिनीहरू को–को हुन सक्छन्, टिप्नुहोस्।

अरूसँग प्रतिस्पर्धा गर्ने हैन, लक्ष्य के हो त्यसअनुसार काम गर्ने हो। योजना के हो र त्यसमा कस्ताले कस्तोखाले सहयोग गर्न सक्छन्, सोच्नुहोस्। उद्देश्य पूरा गर्न विभिन्न व्यक्तिसँग परामर्श लिनुपर्ने हुन सक्छ।

उपयुक्त लाग्ने पात्रहरूलाई भेटिरहनु होस्। कसैलाई पर्खिनु एकदमै ‘बोरिङ’ हुन्छ। कहिलेकाहीँ त सम्बन्धै बिग्रिन सक्छ। त्यसैले समयलाई ख्याल गर्नुहोस्।

सकारात्मक हुनुहोस् योजना सफल भएन भनेर तनाव नलिनुहोस्। असफलतालाई छाडिदिनुहोस्, सफल व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। अरू पनि तपाईंजस्तै, तपाईंले नै गरिरहेको काममा, पहिला असफल भएर पछि सफल भएकाहरू हुन सक्छन्। तिनलाई भेट्नुहोस्। अनुभव सुन्नुहोस्।

असफलतामा अरूलाई दोष दिनुको तुक हुँदैन। असफलताबाट पाठ सिक्नुपर्छ। योजना बनाउनुहोस्, काम गर्नुहोस्। तर, कामबाट नभाग्नुहोस्। आफ्नो उद्देश्यमा दृढ हुनुहोस्।

मेहनत गर्नुहोस्मेहनत नगरी सफलता पाइँदैन। यसका साथै दैनिक जीवनलाई पनि ख्याल गर्नुपर्छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। हप्तामा ६ दिन खुबै मेहनत गर्नुहोस्, एक दिन आराम गर्नुहोस्। यसले काम र आरामलाई सन्तुलनमा राख्छ। दैनिक कति समय परिवारका निम्ति छुट्याउन सक्नुहुन्छ ? काम र सम्बन्धलाई सन्तुलनमा लिएर हिँड्नुहोस्।

अरूको सफलतालाई मात्र नहेर्नुहोस् अहिलेको समयमा सामाजिक सञ्जाल नै सफलताको संकेत जस्तो देखिएको छ। हरेक सफलता यहाँ प्रतिविम्बित हुन्छ। सामाजिक सञ्जालमा हरेकले आफ्ना राम्रा पक्षहरूलाई मात्र देखाउँछन्। असफलताका संकेतहरू भेट्न मुस्किल हुन्छ, यहाँ। उही लक्ष्य प्राप्त गर्ने सिलसिलामा बारम्बार असफल भएकाहरू तपाईंका लागि ‘रोल मोडल’ बन्न सक्छन्।

सफल मानिसका पछाडि धेरै चुनौती र समस्या हुन सक्छ। तर, यो कुरा बाहिर आउँदैन। त्यसैले अरूको सफलतालाई मात्र हेरेर लक्ष्य बनाउनु हुँदैन।

केही गल्ती भयो भने ?

यदि लक्ष्य पूरा गर्ने सिलसिलामा असफल हुनुभयो भने त्यसले हतास बनाउन सक्छ। रिस उठाउँछ। तर मुख्य कुरा, कतिपटक असफल हुनुभयो भन्ने हो। एक पटक असफल भएपछि फेरि प्रयास गर्न केही समय वि श्राम लिनुहोस्। आजको भयंकर समस्या भोलि सामान्य बनिदिन सक्छ। समस्यालाई सामान्य तरिबाट बुझ्नुहोस्। आफैंलाईं सोध्नुहोस्, मैले किन समस्यालाई ठूलो रूपमा सोचिरहेको छु।

तपाईंले भोग्नुपरेको समस्या अरूलाई सुनाउनुहोस्। हरेकसँग समस्यालाई हेर्ने आ–आफ्नो दृष्टिकोण हुन्छ। उनीहरूले सल्लाह दिन सक्छन्। डरले तपाईंलाई सधैं कमजोर बनाउँछ। त्यसैले नडराउनुस्।

जिन्दगीमा कुनै स्पष्ट उद्देश्य छैन ?

सबै मान्छेले जिन्दगीमा खास लक्ष्य बोकेर हिँड्छन् भन्ने हैन। तपाईंसँग पनि नहुन सक्छ। धन्दा नमान्नुस्। भविष्यमा के बन्ने/के गर्ने भनेर निक्र्यौल गर्न समय लाग्छ। यसका अनेक चुनौती पनि छन्। सोच्नुहोस्।

- एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.