बाढीले मन्थली अस्तव्यस्त, परीक्षा दिन गएका विद्यार्थी बगे

बाढीले मन्थली अस्तव्यस्त, परीक्षा दिन गएका विद्यार्थी बगे

रामेछाप : रणजोर खोलामा आएको बाढीले बगाउँदा रामेछापमा परीक्षा दिन गएकी एक छात्रा वेपत्ता भएकी छन्। वर्षाका कारण मन्थली अस्तव्यस्त बनेको छ।

खोलामा आएको बाढीले परीक्षा दिन हिँडेका ७ जना विद्यार्थी बगाएको छ। मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर माविमा परीक्षा दिन हिँडेका मन्थली माविका विद्यार्थी बाढीले बगाएको हो। बगेका सातजनामध्ये ६ जनाको जीवितै उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता छन्। वेपत्ता हुनेमा वर्ष १९ वर्षीया उस्मा फुँयाल रहेको रामेछाप प्रहरीले जानकारी दिएको छ।

बेपत्ता फुँयालको अहिले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् भने उद्धार भएका ३ जनाको स्थानीय रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। वर्षाले बसपार्क बजार र गडवारी (हाटेचौर) क्षेत्र पुरै डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ।सवारी नचल्दा सर्वसाधारण यात्रु अन्योलमा परेका छन्।

गएराति १२ बजदेखि सुरु भएको वर्षा बिहानसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारी, गडवारी (हाटेचौर) लगायतका क्षेत्र डुबानमा परेका छन्। पहिरोले घर र पसलमा क्षति पुर्‍याएको छ। बाढी होटल पसलभित्र पसेको छ भने मन्थली नगरपालिकाको स्काभेटर, डोजरले अवरुद्ध सडक खुलाउने काम भइरहको छ।मन्थलीमा १२ वर्ष यताकै ठूलो वर्षा भएको स्थानीयले बताए।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.