प्रदेश सांसद हरिशरण लामिछानेको निधन

प्रदेश सांसद हरिशरण लामिछानेको निधन

भक्तपुर: भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश 'ख' बाट निर्वाचित प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । 

मतिष्तघातका कारण उपचारका क्रममा सिनमामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सोमबार दिउँसो १ बजे उनको निधन भएको नेकपा एमाले भक्तपुर जिल्ला कार्यबहाक अध्यक्ष बच्चन देउजाले बताए । 

मुगुको रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर आइपुगेका ५१ वर्षीय लामिछाने अस्वस्थ भएपछि उपचारका लागि आइतवार केएमसीको भेन्टिलेटरमा भर्ना गरिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यबहाक अध्यक्ष देउजाले बताए । 

चाँगुनारायण नगरपालिका-६ (तेलकोट) निवासी लामिछाने एमाले जिल्ला कमिटी भक्तपुरका सचिव समेत थिए । उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं 'ख' का प्रदेशसभा सदस्य थिए । लामिछानेका तप्नी, एक छोरा र ३ छोरी छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.