'सरकारमा धमिरा लाग्न थाल्यो, ओलीको राष्ट्रवाद चाकडीमा परिणत'

'सरकारमा धमिरा लाग्न थाल्यो, ओलीको राष्ट्रवाद चाकडीमा परिणत'

जनकपुरधाम: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न सुरू भइसकेको बताएका छन् । 

कांग्रेस धनुषाको १३ औँ अधिवेशनको सोमबार यहाँ उद्घाटन गर्दै उनले भने, 'सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन ।'  

उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न हुन थालेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले देशभक्ति र राष्ट्रियता चाकडीमा परिणत गरिसकेको आरोप लगाए ।

कांग्रेस लोकतन्त्रको सुरक्षाको गार्ड भएको चर्चा गर्दै उनले लोकतन्त्रको रक्षा सन्दर्भमा कतिपय अवस्थामा हार भए पनि लोकतान्त्रिक प्रणालीको रक्षा गर्न सफल भएकाले निराश नभई संगठित हुनु जरूरी भएको बताए । 

उपसभापति निधिले प्रदेश नं २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा आन्तरिक समस्या प्रस्तुत गरेर आफ्नो कमजोरी प्रदर्शन गरेको बताउँदै संविधान संशोधनको कुरा मोदीलाई होइन, प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राख्नुपर्ने बताए । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना र महेन्द्र यादव, पूर्वमन्त्री रामकृष्ण यादव, सांसदद्वय स्मृतिनारायण चौधरी र मीनाक्षी झालगायतले अन्तरघात, स्वेच्छाचारिता, गुट, संकीर्णता, विभेद र अनुशासनहीनताले कार्यकर्तामा चिन्ता र निराशा बढ्दै गएको बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.