मोदीले नाकाबन्दी गलत भएको स्वीकारे, तर बोलेनन् (भिडियोसहित)

मोदीले नाकाबन्दी गलत भएको स्वीकारे, तर बोलेनन् (भिडियोसहित)

काठमाडौँः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालमा लगाइएको ६ महिने नाकाबन्दीलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गल्ती महसुस गरेको बताएका छन् । 

एपीवान टेलिभिजनको कार्यक्रम तमसोमा ज्योतिर्गमयमा टीकाराम यात्रीसँग सोमबार राति सम्बाद गर्दै नेता रावलले मोदीले नेपालको राष्ट्रि अखण्डता र यहाँको आन्तरिक मामिलामा टिप्पणी नगरेकाले पनि उनले नाकाबन्दीबारे गल्ती महसुस गरेको बताएका हुन् । 

रावलले मोदीले नेपाल आएर यहाँको अखण्डता र स्वाभिमानमा जोड दिएकाले पनि यो कुरा पुष्टि हुने बताए । ‘मोदीले नेपाल आएर नाकाबन्दीबारे नेपालको अखण्डता र स्वाभिमानमा जोड दिएर बोलेका छन्’, रावलले भने, ‘नाकाबन्दी त्रुटिपूर्ण थियो भन्ने उनले स्वीकारेका छन् । तर नेपाली जनताले बुझ्ने भाषामा नबोलेका हुन् । नाकाबन्दी गलत थियो भन्ने महसुस गरे पनि उनले नेपाली जनताले बुझ्ने गरी बोल्न सकेनन् ।’

आजादको टिप्पणी नाङ्गो हस्तक्षेप

मोदीको भ्रमणपछि गरिएको १६ बुँदै सहतिमा आगामी सेप्टेम्बरसम्म पुरा गरिसक्ने भनिएकाले आफू सकारात्मक रहेको रावलको भनाइ छ । यदि सेप्टेम्बरसम्म पुरा भएनन् भने ती कुरालाई आफूले गफै मात्र रहेछन् भन्ने बुझ्ने पनि उनले बताए । 

भारतले उठाउँदै आएको संविधान संशोधनको विषयलाई नेपालले अस्वीकार गरिसकेको आफूले त्यसबारेमा बोल्नु जरुरी नभएको उनको भनाई थियो । रावलले अब नेपाल–भारतबीच रहेका सीमा विवाद, विराटनगरस्थित सम्पर्क कार्यालयदेखि अन्य समस्यालाई अब हल गर्दै जानुपर्नेमा पनि जोड दिए । 

भिडियो

रावलले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको टिप्पणी नेपालको अखण्डतामाथिको ठुलो प्रहार भएको बताए । ‘कीर्ति आजादको टिप्पणी नेपालको स्वाभिमानमाथिको नाङ्गगो प्रहार हो’, रावलले भने, ‘यसबारेमा भारतीय पक्षले गल्ती स्वीकारेर सच्याउनुपर्छ । यसबारेमा सत्तारुढ दल नेकपा एमालेले पनि बोल्नुपर्छ ।’

उपाध्यक्ष रावलले आजादले उठाएको सुगौली सन्धि नेपालको भूगोल खुम्च्याउने गरी अंग्रेजसँग भएको सम्झौता भएकाले नेपालले पनि विशाल नेपाल माग्न सक्ने बताए । ‘भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका रहेका बेला आजादले गरेको त्यो टिप्पणीलाई भारतीय पक्षले गल्ती महसुस गरेर सच्याउनुपर्छ’, उनले भने, ‘हाम्रो स्वाभिमानमाथि भएको हस्तक्षेपबारेमा सरकारले पनि बोल्नुपर्छ । परराष्ट्रमार्फत् भारतसँग असन्तुष्टि जनाउनुपर्छ ।’

मुख्यमन्त्रीको प्रस्तुति आपत्तिजनक 

अर्को प्रसङ्गमा रावलले मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको मन्तब्य आपत्तिजनक रहेको बताए । प्रदेश या केन्द्र सरकारका सदस्यले विदेशी पाहुनासँग आफ्ना धारणा राख्नुअघि परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थालाई पनि राउतले लत्याएको रावलले बताए । 

‘मुख्यमन्त्रीले राउतले विदेशी पाहुनासँग बोल्नुअघि परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्छ, मुख्यमन्त्रीले जनकुपरमा मोदीका सामू दिएको अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने, ‘संविधानमा नेपाली भाषा सरकारी कामकाजको हुनेछ भनिएको छ । तर मुख्यमन्त्रीले परराष्ट्र र नेपाली भाषलाई पनि लत्याएका छन् । यो बेठीक भएको छ, अब दोहोरिनु हुन्न ।’

झण्डा बिगार्नु गलत

उपाध्यक्ष रावलले जानकी मन्दिरमा नेपाली झण्डाको स्वरुप बिगारेर राख्नु निकै दुःखदायी भएको पनि बताए । ‘राष्ट्रि झण्डा बिगार्दा देशकै अनुहार कुरुप हुन्छ’, रावलले भने, ‘यस्ता कुरामा केन्द्र सरकार पनि गम्भीर हुनुपर्छ, भाषा र झण्डा जस्ता संविधानसँग जोडिएका विषयमा सचेत हुनु जरुरी छ ।’

किन देखाइयो मुक्तिनाथ ? 

उपाध्यक्ष रावलले यदि सरकारले तस्बिर पनि लिन निषेध गरिएको मुक्तिनाथ बाबाको गर्भगृहबाटै भारतीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिनु गलत भएको पनि बताए । 

उनले भारतीय टेलिभिनज दुरदर्शनबाट भएको यस्तो कामलाई आपत्तिजनक हो । ‘यदि सरकाले मुक्तिनाथ बाबाको गर्भगृहमा तस्बिर र भिडियो खिच्न निषेध गरेको छ भने दुरदर्शनबाट प्रसारण गरिनु पनि आपत्तिजनक हो’, रावलले थपे ।  

म प्रतिपक्ष होइन 

उपाध्यक्ष रावलले आफू एमालेमा प्रतिप्रक्ष नभई निर्णय कार्यान्वयन गर्ने सशक्त नेता भएको स्पष्टिकरण दिए । ‘एमालेमा म प्रतिपक्ष होइन, निर्णय कार्यान्वयन गर्ने सशक्त नेतृत्व हो’, रावलले भने, ‘एमालेका निर्णयहरु जनस्तरसम्म कार्यान्वयन गराउने कुरामा मेरो भूमिका रहँदै आएको छ ।’ 

समानताका आधारमा मित्रता

अर्को प्रसंगमा रावलले भारतसँग नजिकिँदैमा चीनसँग सम्बन्ध बिग्रने भ्रमबाट अब मुक्त हुनुपर्ने पनि बताए  । ‘चीन र भारतसँग समानताको आधारमा सम्बन्ध राखिएको छ । 

कुनै बिन्दुमा भारतसँग झुकेर चीनसँग टाढिएको देखियो भने सच्याउनुपर्छ’, उनले थपे, ‘सरकारको सय दिन पुगेको छैन, अहिले नै कतै ढल्क्यो भन्नु उचित हुन्न । भारतसँग सम्बन्ध सुधार गर्दा चीनसँग टाढा हुनैपर्दैन, दुवै देशसँग सम्बन्ध सुधार्दा युरोपसँग टाढिनुपर्दैन ।’भारतले उठाउँदै आएको संविधान संशोधनको विषयलाई नेपालले अस्वीकार गरिसकेको आफूले त्यसबारेमा बोल्नु जरुरी नभएको उनको भनाई थियो । रावलले अब नेपाल–भारतबीच रहेका सीमा विवाद, विराटनगरस्थित सम्पर्क कार्यालयदेखि अन्य समस्यालाई अब हल गर्दै जानुपर्नेमा पनि जोड दिए । 

मोदीले एकता टरेको होइन 

उपाध्यध रावलले मोदी नेपाल आएर एमाले–माओवादी एकता टरेको कुरा गलत भएको बताए । ‘मोदी आए भने एकता टर्न सक्छ भन्ने कुरा हावादारी हो, मोदीका कारण प्रभाव पर्ने कुरा पत्याउनै सकिँदैन’, रावलले जिकिर गरे, ‘कसैको भ्रमणले एकतामा प्रभाव पर्दैन, आफ्नो खुट्टामा उभिए मात्रै पुग्छ ।’

खेलबाड नहोस 

एमालेमा अध्ययनशील नेताका रुपमा परिचित उपाध्यक्ष रावलले कसैलाई खुसी पार्न नेपाली जनतामाथि खेलबाड गर्ने समय अब सकिएको पनि बताए । 
‘राणाकालका अन्तिम प्रधानमन्त्री मोहन समशेरले सत्ता जोगाउन १९५० को सन्धि गरे जस्तो अब हुँदैन’, रावलले अगाडि भने, ‘कसैलाई खुसी पार्न अब नेपाली जनतामाथि खेलबाड गर्न पाइँदैन ।’

यदि, किन्तु, परन्तु भन्ने हुँदैन 

एमाले–माओवादी एकताबारेमा बोल्दै रावलले अब पछाडि फर्किने या बहाना गर्ने कुनै अवसर नै नरहेको जिकिर गरे । 

‘दुवै कार्यदलले विवादका विषय मिलाइसकेका छन्, जनयुद्धसहितका शब्द पनि मिलिसकेको छ’, उनले भने, ‘तिथिमिति कहिले मिलाउने हो पार्टी एकता गर्नुपर्छ । कुनै व्यक्तिलाई पदमा पुर्याउन एकता हुन लागेको होइन । यदि, किन्तु, परन्तु भन्ने हुँदैन, अब दुवै नेताले एकताको मिति घोषणा गर्नुपर्छ ।’
 
रावलले जनताको भावनाविपरित पछि हट्ने अधिकार दुवै पार्टीका नेतालाई नरहेको पनि प्रष्ट पारे । ‘राजनीतिक मतभेद र विभेद छैनन् । विदेशीलाई मनाउन एकता गर्ने होइन’, उनले भने, ‘एक दुई प्रतिशत तलमाथि पर्दा सशंकित हुनुपर्दैन । दुई अध्यक्षले टुंगो नगरी अरु नेताले विवाद गर्नु हुन्न, अब एकताबाहेक अर्को विकल्प नै छैन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.