विराट कोहलीले तोडे डेभिड वार्नरको कीर्तिमान

विराट कोहलीले तोडे डेभिड वार्नरको कीर्तिमान

पञ्जाव: होल्कर स्टेडियममा आईपीएल-११ को ४८ औँ भिडन्तमा किङ्स इलेभन पञ्जाबलार्इ १० विकेटले पराजित गर्ने क्रममा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले अर्को कीर्तिमान बनाएा छन् । 

पञ्जाबले दिएको ८९ रनको लक्ष्य बैंगलोरले ८.१ ओभरमा बिनाक्षति ९२ रन बनाएर जित निकाल्ने क्रममा भारतीय टिमका कप्तानसेमत रहेका कोहलीले अर्को कीर्तिमान चुमेका हुन् । 

पढ्नुस्: आईपीएल: बैंगलोरले पञ्जावलार्इ १० विकेटले हरायो

बैंगलोरका कप्तान विराट कोहलीले पञ्जाबविरूद्ध ३४ रन बनाउँदै यस सिजनमा व्यक्तिगत ५०० रन पुरा गरे । एक सिजनमा ५०० भन्दा धेरै रन पाँचौ पटक बनाउने कोहली अब पहिलो ब्याट्सम्यान भएका छन् । 

पञ्जाबले दिएको ८९ रनको लक्ष्य बैंगलोरले ८.१ ओभरमा बिनाक्षति भेट्टाउँदा कप्तान विराट कोहली २८ बलमा ४८ रन बनाउँदै नटआउट रहे । उनीसँगै पार्थिव पटेल पनि ४० रन बनाएर नटआउट रहे। 

कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाए। यसभन्दा अघि टस हारेर पहिले ब्याटिङ गर्दै पञ्जाबको टीम १५.१ ओभरमा ८८ रनमा अल आउट भयो । एरोन फिन्चले सबैभन्दा धेरै २६ रन बनाए। उमेश यादवले बैंगलोरका लागि ३ विकेट लिए । 

उनीपछि अस्ट्रेलियन क्रिकेटर तथा सनराजर्स हैदराबादका पूर्वकप्तान डेभिड वार्नरले ४ सिजनमा ५ सय भन्दा धेरै रन बनाएका थिए । 

विराटको ५०० भन्दा धेरै रन

सिजन    रन
२०१६    ९७३
२०१५    ५०५
२०१३    ६३४
२०११    ५५७


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.