विहे गर्न जन्ती लिएर भारत पुगेका बेहुलालार्इ कुटपिट गरी बन्धक बनाइयो

विहे गर्न जन्ती लिएर भारत पुगेका बेहुलालार्इ कुटपिट गरी बन्धक बनाइयो

सिरहा : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्खर नेपाल भ्रमणमा आएका बेला नेपाल-भारतबीच रोटी बेटीको सम्बन्ध रहेको बताए । नेपालका प्रधामन्त्री केपी ओलीदेखि लिएर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि मोदीको भ्रमणले दुई देश विचको सम्बन्ध प्रगाढ भएको दावी गरे । तर सिरहाबाट विहे गर्न बाजागाजा र जन्तीसहित पुगेका बेहुलालाई भारत सितामढीमा बेहुली पक्षले तीन दिन बन्धक बनाएको घटना सार्वजनिक भएको छ ।

लहान नगरपालिका ४ का कैलास साहका २५ बर्षिय छोरा राजाबाबु राह आईतवार जन्तीसहित दर्जनौं सवारी साधन र बाजागाजा लिएर विहे गर्न सितामढी पुगेका थिए । मिथिला संस्कृति अनुसार गरिने सोमबर पनि सौहादपूर्ण तरिकाले सम्पन्न भयो । जन्तीहरु खाजा खाए । खाना खुवाउने तयारी भइरहेका बेला जब बेहुलाले सिन्दुरदान गर्न बेहुलीको आँगन पुग्यो, एकाएक हल्ला हुन थाल्यो । जन्तीहरु भागाभाग भए । खाना पनि खान पाएनन् । बेहुली पक्षका व्यक्तिहरुले बेहुला, उनका बुवा, आफ्न्तजन र दर्जनौं जन्तीलाई नियन्त्रणमा लिएर कुटपिट तथा दुर्व्यवहार गरे ।

जन्ती पुगेका प्रदिप गुप्ता भन्छन्, ‘जब होहल्ला मच्यो । अनी हामी भाग्यौं । कैयौं जन्तीलाई बेहुलीका आफ्न्त र गाउँलेले नियन्त्रणमा लिएर कुटपिट गरेका छन् ।’ सोमबर शान्तिपूर्वक सम्पन्न भएर बेहुली सिन्दुरदान गर्न पुगेका बेला विवाद भएको उनले बताए । उनले बेहुला र उनका आफ्न्त समेत कुटिएको उनले भने । थपे, ‘होहल्ला सुरु हुने वित्तिमै म भागेकोले विवाद किन भयो भन्ने कुरा मलाई थाहा भएन ।’

यता, बेहुलाका बुवा कैलासका अनुसार बेहुला मदिरा खाने मान्छे हो भन्दै बेहुलीका आफन्तले झुठो आरोप लगाएर एकाएक कुटपिटमा उत्रे । छोरा (बेहुला), आफ्न्त र आफूलाई समेत कुटपिट तथा दुर्व्यवहार गर्न थालेको उनले दुःखेसो पोखेका छन् । उनले बेहुलीका बुवाले बन्धक बनाएर जर्वजस्ती ६ लाख भारतीय रुपैया असुलेको गुनासो गरेका छन् । बेहुलीका बुवाले अब छोरीको विहे नगर्ने भन्दै सुरुमा १२ लाख रुपैया भारु मागेपनि पछि ६ लाख भारु लिएर तीन दिनपछि छाडेको बताए ।

उनले छोरा (बेहुला)सँग भएको नगद १ लाख, एकभरी सुनको गहना, करिब ५० हजार रुपैया बराबरको लत्ताकपडा र सोमबरमा उपहार पाएका चार वटा सुनको अँगुठी समेत बेहुलीका आफ्न्तले लुटेको पीडा सुनाए । ‘खर्च बापत बेहुलीका बुवाले साढे ४ लाख रुपैयाँ दिएको थियो’, भने, ‘सहयोग गर्ने कोही भएन । प्रहरीले पनि उनीहरुकै पक्षमा बोल्यो । हामीलाई सबैले हेप्ने काम मात्र गर्यो ।’ नेपाली हो भन्दै सबैले हेप्ने काम मात्र गर्यो कोही सहयोग नगरेपछि विहे रद्द गर्न सहमत भए र रित्तै फिर्ता भएँ- उनले थपे ।

सितामढीका अञ्जनी प्रसाद भन्ने बासु साहका छोरीसँग विहेको छिनोफानो अर्थात् टिकाटालो भएको करिब महिना दिन भएको थियो । बेहुलाका बुवा प्रश्न गर्छन्, ‘मेरा छोरा आजसम्म मदिरा खाएको छैन् । मानौं यदि मदिरा नै खाएछन् भने टिकाटालोको एक महिनापछि जन्ती लिएर विहे गर्न जाँदा सोमबर हुँदासम्म उनीहरु अनभिज्ञ कसरी थिए ? सोमबर हुँदासम्म थाहा नपाएको र भइसकेको घण्टा नवित्दै मदिरा खाने गरेको कुरा कसरी पत्ता लाग्यो ? ’ मेरो परिवारलाई बदनाम र कलंकित पार्न यसरी षड्यन्त्रमूलक तरिकाले फसाएर विहे नगरेको उनले पीडा पोखे ।

यता, ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्दले विहे गर्न भारत पुगेका बेहुला र जन्तीलाई बन्धक बनाएर लुटपाट गर्नका साथै रकम समेत जर्वजस्ती असुलेको विषयमा केहि थाहा नभएको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म पीडितले उजुरी गरेका छैन् । तर किन यस्तो भयो भन्ने विषयमा पत्ता लगाउछौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.