एकता अघि नबढेपछि दाहालले नेपाललाई फेरि भेटे

एकता अघि नबढेपछि दाहालले नेपाललाई फेरि भेटे

काठमाडौँ: दुई वाम पार्टीबीचको एकता प्रक्रिया सुस्ताएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

मंगलबार बिहान नेपाललाई भेट्न दाहाल खुमलटारटबाट एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवन ललितपुरमा आइपुगेगका थिए । नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार दुईजनाबीच नेताबीच एक घण्टासम्म छलफल भएको हो । 

भेटका क्रममा नेता नेपालले दाहाललाई एकता प्रक्रियालाई अब गति दिनुपर्ने बताएका थिए । 'अब यसरी सुस्ताएर अघि बढ्न सकिँदैन', नेता नेपालको भनाइ उधृत गर्दै नेपालनिकट श्रोतले भन्यो, 'अब सक्रियता बढाएर दुई पार्टीबीचको एकता सक्नुपर्‍यो ।' 

गौतमका अनुसार पछिल्लो समय सुस्ताएको पार्टी एकतालाई गति दिनेबारेमै कुरा भएको बताए । 'सुस्ताएको पार्टी एकतालाई गति दिन दुई नेताबीच लामो छलफल भएको छ', गौतमले भने, 'त्यसैगरि मे ३० र ३१ मा हुने कार्ल मार्क्सको द्विसतवार्षिकी सन्दर्भको अन्तर्राष्ट्रिय गोष्ठीलाई प्रभावकारी बनाउने विषयमा पनि दुई नेताबीच वार्ता भएको छ।'

दुई पार्टीबीचको एकताका धेरै विषय मिलिसकेको अवस्थामा एमाले-माओवादी एकताप्रक्रिया लम्बिँदा कार्यकर्ता निराश भएका छन् । यो अवस्थामा नेता नेपालले अब एकतालाई गति दिएर टुंग्याउन पनि सुझाव दिए । 

नेपा नेपालले दाहाललाई पार्टी एकता संयोजन समितिको बैठक चाँडै राखेर मिलेका कुरा टुंग्याउँदै अघि बढ्न पनि आग्रह गरेका छन् । 

भेटबारेमा दाहालनिकट स्रोतले पनि जानकारी दिँदै दुई नेताबीच अनौपचारिक छलफल भएको बताएको छ। दुई नेताबीच पार्टी एकताबारेमा नै कुरा भएको स्रोतले जनाएको छ । 

भेटका क्रममा एकता प्रक्रियामा देखिएको निर्णय प्रक्रियामा नेता नेपालले गुनासो गरेका थिए भने दाहालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीले एकतामा अन्योल बढेको गुनासो राखेका थिए । 

गत २०७४ मंसिरमा भएका प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बनाएका दुई दलबीच वैशाख ९ गते नै एकता हुने चर्चा थियो । त्यसपछि वैशाख २२ मा पनि एकताको मिति घोषणा नहुँदा कार्यकर्ता निराश भएका छन् । 

दुवै कार्यदलले संगठानिक संरचना र सैद्धान्तिक नीतिबारेको प्रतिवेदन दिँदै वैशाख ९ को लेनिन जयन्तीमा एकता गर्न सुझाए पनि त्यो सम्भव भए । त्यसपछि वैशाख २२ मा घोषणा गर्ने भनिएको एकताको मिति पनि टरेर गएपछि दुई दलबीच खटबट बढेको अनुमान सर्वसाधरणले लगाउन थालेका छन् । 

एमाले अध्यक्ष ओली र नेता नेपालबीच सम्बन्ध राम्रो भएर सहकार्य बढाएपछि प्रचण्ड सश‌ंकित भएका थिए । नवौँ महाधिवेशनमा पराजित नेपाल दशौँ महाधिवेशनमा अध्यक्षको दौडमा छन् भने दाहाल पनि पार्टी एकतापछि अध्यक्ष पद आफूले पाउनुपर्ने अडानमा छन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.