मेरो पहिलो प्राथमिकता नेपाली क्रिकेट (भिडियोसहित)

मेरो पहिलो प्राथमिकता नेपाली क्रिकेट (भिडियोसहित)

काठमाडौँ: विश्वकै सबैभन्दा लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका छन् नेपाली १७ वर्षीय स्पिनर सन्दीप लामिछाने । दिल्लीबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध आईपीएलमा डेब्यू गरेका सन्दीपले मंगलबार आफ्ना फ्यानहरुसँग भलाकुसारी गरेका छन् । 

दिल्ली डेयर डेभिल्सको फेसबुक पेजमार्फत भिडियो लाइभबाट उनले करिब १५ मिनेटसम्म मं‌गलबार दिउँसो संवाद गरेका छन् । 

आरसीबीविरुद्ध ४ ओभर बलिङ गर्दै २५ रन दिएर एक विकेट लिएका सन्दीप सबैभन्दा किफायती बलर बनेसँगै उनको चर्चा चलेको छ । दिल्लीले पनि आफ्ना सामाजिक सञ्जालमा उनलाई विशेष प्राथमकिता दिइरहेको छ । 

स‌ंवादका क्रममा सन्दीपले आफूले दिल्लीमा धेरै कुरा सिक्न पाएको बताएका छन् । उनले कडा मेहनत र कठोर अनुशासनमा रहेर आफूले आफूमाथिको विश्वासलाई प्रमाणित गर्न चाहेको बताएका छन् । 

सन्दीपले संवादको सुरुमा नेपाल र भारतको पिचमा धेरै फरक रहेको बताउँदै नयाँ अनुभव भइरहेको बताएका छन् । नेपालका पिचमा धेरै टर्नहरु हुने बताउँदै भारतका पिचहरु अलिक स्किर्टी हुने भएकाले आफूलाई त्यही अनुसार अभ्यस्त हुन समय पनि लागेको सन्दीपले बताए । 

भिडियो

सन्दीपले फेसबुक लाइभका क्रममा दिल्लीबाट खेल्दा र प्रशिक्षणका क्रममा धेरै राम्रो अनुभव बटुलिरहेको बताएका छन् । 

'यहाँ आएर मैले धेरै कुरा सिक्न पाएको छु, राम्रा प्रशिक्षक छन् । कडा मेहनत गर्ने र अनुशासनमा रहने साथीहरुको साथ पाएको छु', उनले भनेका छन्, 'दिल्लीबाट धेरै सिक्न पाउँदा दिन पनि राम्रा भइरहेका छन् । तर यो सिजनमा हाम्रो टिमले भने धेरै खेल हारेको छ, राम्रो प्रदर्शन हुन सकेको छैन ।'

सन्दीपले रिकी पोन्टिङ जस्ता विश्वचर्चित क्रिकेटरलाई प्रशिक्षकका रुपमा पाएकाले आफू गौरवान्वित भएको बताए । 'रिकी पोन्टिङसँग प्रत्येक पटक ड्रेसिङ रुम सेयर गर्न पाउँदा गर्व लाग्छ', उनले भने, 'यस्तो अवसरमा पाएकोमा म धेरै खुसी छु, साथै धेरै सिक्न पनि पाइरहेको छु ।'

फेसबुक लाइभका क्रममा एक समर्थकले सन्दीपलाई नेपाललाई भुल्ने त होइन भनेर प्रश्न गरेका थिए । त्यसको जवाफ उनले सटिक र मिठो शैलीमा दिए । 'आई लभ नेपाल, आई लभ नेपाली क्रिकेट, नेपाली क्रिकेट सधैँ मेरो पहिलो प्राथमिकतामा पर्छ, अनि मात्रै अन्य लिगहरु र गेमहरु आउँछन् ।'

सन्दीपले भारत तथा आरसीबीका कप्तान विराट कोहलीविरुद्ध बलिङ गर्न पाएपछि आत्मविश्वास पनि बढेको बताएका छन् । आरसीबीविरुद्ध दिल्लीबाट पहिलो ओभरमै बलिङ गर्न पाएका सन्दीपले पार्थिव पटेललाई आउट गरेपछि विराट कोहली र एबी डी भिलियर्सविरुद्ध पनि बलिङ गरेका थिए । 

'विराट कोहली जस्ता लिजेन्ड खेलाडीविरुद्ध बलिङ गर्न पाउँदा आत्मविश्वा बढ्दो रहेछ', उनले अगाडि भनेका छन्, 'विराटविरुद्ध बलिङका क्रममा कति पटक बिगारेँ भने कतिपटक सही ठाउँमा बलिङ गरेर दबाबमा पनि राखेँ । कोहली र डी भिलियर्स जस्ता लिजेन्ड खेलाडीविरुद्ध बलिङ गर्नाले आत्मविश्वास बढ्दो रहेछ ।'

दिल्लीले ११ खेलपछि मैदानमा उतारेका सन्दीपको डेब्यु पनि प्रभावशाली र गतिलो सन्देश छाड्न पर्याप्त थियो । सन्दीपको प्रदर्शनले अन्य नेपाली खेलाडी पनि उनी जत्तिकै सक्षम छन् भन्ने तथ्यलाई पनि बल पुर्‍याएको छ भने आईपीएलको ढोका खोल्न पनि मद्दत गरेको छ। 

डेब्युमै विकेट लिएपछि सन्‍दीपलाई बधाईको ओइरो नै लाग्यो । सामाजिक सञ्जालहरुमा 'नेपाली फुच्चे' भारतमा चम्किएको भन्दै नेतादेखि प्रधानमन्त्री र अन्य सेलिब्रेटीले पनि बधाई दिए । उनले पहिलो विकेटका रुपमा पार्थिव पटेललाई आउट गरेपछि मैदानको अनुभव यसरी सुनाए, 'मैले विकेट लिएपछि दिल्लीका सबै साथिहरु नजिक आएर बधाई दिए । उनीहरुले आईपीएलको पहिलो विकेटको फरक महत्व हुने भन्दै हौसला बढाउने गरी बधाई दिए ।'

सन्दीपले नेपाली क्रिकेटले डिभिजन पाँचदेखि एकसम्म आईपुग्न कठिन मेहनत र धेरै आरोह अवरोह पार गर्नुपरेको बताए । 'नेपाली क्रिकेट डिभिजन वानसम्म आइपुग्नका लागि हामीले विगतमा गरेको कठोर मेहनत र समर्पणबाटै सम्भव भएको हो', सन्दीपले समर्थकहरुसँग संवादका क्रममा भने, 'डिभिजन पाँचबाट डिभिजन एकसम्मको यात्राका क्रममा साथ दिने र स‌ंघर्षमा सघाउने सबैलाई सलाम छ । हामीले अहिले एक दिवसीय मान्यता पाएका छौँ तर अझै धेरै गर्न भने बाँकी छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.