प्रदेश सांसद कुशवाहलाई पक्राउ गर्न अदालतको पत्र

प्रदेश सांसद कुशवाहलाई पक्राउ गर्न अदालतको पत्र

गौरः अवैधरुपमा वनपैदवार ओसारपसार गरेको आरोपमा  तत्कालीन पुनरावेदन अदालत हेटौँडाबाट जेल सजाय सुनाइएका प्रदेशसभा सांसद कुन्दनप्रसाद कुशवाहलाई पक्राउ गरी दण्ड जरिवाना गर्न अदालतले प्रहरीलाई पत्राचार गरेको छ ।

जिल्ला अदालत गौरले जिल्ला प्रहरी कार्यालयलाई केही दिनअघि पत्र पठाएको हो । संसद कुशवाह माओवादी केन्द्रबाट रौतहट क्षेत्रनम्बर ३ को ‘ख’ मा प्रदेशसभा सदस्य भएका थिए। 

सांसद कुशवाहले भने सर्वोच्चमा विचाराधीन मुद्दाको दण्ड जरिवाना गर्न भन्दै पक्राउ गर्ने पत्र आएकोमा आश्चर्य प्रकट गरेका छन् । पुनरावेदन अदालतको फैसला अनुसार पाँच लाख ५५ हजार ८ सय  बराबरको धरौटी राखेर म्याद भित्र नै सर्वोच्चमा अपिल गरेको संसद कुशवाहको भनाइ छ ।

बिनाइजाजत वन पैदवार ओसारपसारमा संलग्न रहेको भन्दै पुनरावेदन अदालत हेटौडाको २०७२ साउन २५ गतेको फैसलाले संसद कुशवाहलाई एक वर्ष कैदको फैसला सुनाएको थियो । जिल्ला अदालत रौतहटले गएको वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको हो ।

बाराको साविक पिपरासिमरास्थित पथलैया चोकमा सवारी चेकजा“चका क्रममा  २०६९ असोज २ गते बिहान रौतहटको कटहरियाबाट पोखरा जाँदै गरेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अवैध सालको चिरान काठ दुई सय ६५ थान र ८ क्विन्टल स्ट्रिप (चिरान दाउरा) बरामद भएको थियो । 

बरामद काठ कटहरियास्थित न्यू एभरेष्ट समिलका सञ्चालक कुन्दनप्रसाद कुशवाहको भएको चालक इन्द्र बहादुर मानन्धरले बयान दिएपछि संसद कुशवाह काठ तस्करीमा मुछिएका थिए ।

वन कार्यालयले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा राय पेश गर्दा ट्रक धनी रौतहटका बिन्देश्वर साह, चालक मानन्धर र काठ धनी कुशवाहले अवैधरुपमा काठ ओसारपसार गरेको भन्दै जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालत बाराले २०७१ असार २२ गते चालक मानन्धरलाई दोषी ठहर गर्दै ट्रकधनी साह र काठधनी कुशवाहलाई सफाइ दिएपछि मुद्दा पुनरावेदन अदालत हेटौँडामा दर्ता भएको थियो ।

पुनरावेदन अदालत हेटौँडाले एकजना चालकले त्यति धेरै परिणामको काठ ओसारपसार गर्न नसक्ने भन्दै जिल्ला अदालत बाराको फैसला उल्टाएर २०७२ साउन २५ गते  स–मिल संचालक कुश्वाहलाइ समेत एक वर्षको सजाय सुनाइएको थियो ।

पुनरावेदनको फैसलापछि आफूले २०७३ साउन १६ गते सर्वोच्चमा अपिल गरेपछि विचाराधीन मुद्दामा अदालतले दण्ड जरिवाना गर्ने भन्दै पत्राचार गरेको सुन्दा आफू अचम्ममा परेको संसद कुशवाहको भनाइ छ ।

अदालतबाट पत्र प्रहरी कार्यालयमा आएको जानकारी दिँदै प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र केसीले पक्राउ या दण्ड जरिवाना भन्नेबारे बुझ्ने काम भइरहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.