मेयरमाथि आक्रमण विप्लवका कार्यकर्ताबाट, एक नेता पक्राउ

मेयरमाथि आक्रमण विप्लवका कार्यकर्ताबाट, एक नेता पक्राउ

भक्तपुरः मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक हमला गर्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमण भएको २४ दिनपछि महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौंको बागबजारबाट एकजनालाई पक्राउ गरेको हो ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले कालीकोट निवासी वर्ष ३० का कुशल बोगटीलाई मेयर आक्रमणमा प्रत्यक्ष संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका जिल्ला सेक्रेटरी रहेको प्रहरीको दावी छ । बोगटी पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले उनलाई बुधबार भक्तपुरमा सार्वजनिक गरिने जानकारी दिए ।

‘मध्यपुर थिमी नपाका प्रमुखमाथि भएको आक्रमणमा संलग्न एकजना पक्राउ परेका छन्’, प्रहर उपरीक्षक श्रेष्ठले भने, ‘पक्राउ परेकालाई बुधबार भक्तपुरमा सार्वजनिक गर्छौं ।’

बोगटीको साथबाट एउटा मोटरसाइकलसहित पाँचवटा मोबाइल र १४ विभिन्न टेलिकम कम्पनीका सिमकार्ड बरामद भएको परिसरले जनाएको छ ।

नगर प्रमुख श्रेष्ठमाथि गत वैशाख ८ गते शनिबार साँझ घरमै आक्रमण भएको थियो । प्रमुख श्रेष्ठमाथि दुईजनाले सांघातिक हमला गरेको उनको घरमा राखिएको सीसीटीभी क्यामेराको फुटेजबाट पुष्टि भएको थियो ।

आक्रमणकारीहरुले बा ८ च ८७२० नम्बरको प्रमुख श्रेष्ठको कारमा समेत तोडफोड गरेका थिए ।नेकपा एमाले भक्तपुरले पत्रकार सम्मेलन गरेर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेहरुलाई छिटोभन्दा छिटो पक्राउ गर्न चेतावनी दिएको दुई दिनपछि आक्रमणकारी पक्राउ गर्न प्रहरी सफल भएको हो ।
एमालेले प्रमुख श्रेष्ठको आक्रमणमा विप्लव समूहको संलग्नता भएको हुनसक्ने बताउँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.