घरैमा चित्तलको मासु काट्दा काट्दै समातिए हरिराम

घरैमा चित्तलको मासु काट्दा काट्दै समातिए हरिराम

सिमरा: चित्तलको मासुसहित निजगढबाट आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय हरिभगत धामी रहेका छन् । 

आफ्नै घरमा जंगली जनावर चित्तलको मासु बिक्री गरिरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनलाई निजगढ-४ कछडियाटोलबाट सवा दुई किलो मासु र मासु टुक्राउन प्रयोग भएको अचानोसहित पक्राउ गरेको हो । 

पक्राउ परेका धामीलाई आवश्यक कारबाहीका लागि सेक्टर वन कार्यालय तामागढी निजगढको जिम्मा लगाइएको प्रहरी निरीक्षक दीपककुमार रायले बताए ।

पक्राउ परेका धामीको विषयमा आवश्यक अनुसन्धान भइरहेको निजगढ इलाका वन कार्यालयका प्रमुख धमेन्द्र साहले बताए ।

चित्तल मारेमा २० देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको पनि प्रमुख साहले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.