वाराणसीमा पुल भत्किँदा १६ को मृत्यु

वाराणसीमा पुल भत्किँदा १६ को मृत्यु

वाराणसी : भारतको उत्तर प्रदेशस्थित वाराणसीको कैन्ट क्षेत्रमा निर्माणाधीन पुल भत्कँदा १६ जनाको मृत्यु भएको छ । निर्माणाधीन आकाशे बाटोको एक भाग एक्कासि खसेको थियो ।

५० भन्दा बढी व्यक्ति आकाशे बाटोको भग्नावशेषमा पुरिएको प्रहरीको भनाइ छ । निर्माणाधीन आकाशे बाटोका दुईवटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् ।

उनले घटनास्थलमा तत्काल पुगेर उद्धारमा जुट्न आदेश दिएका छन् । यस क्षेत्रमा लामो समयदेखि निर्माण कार्य भइरहेको थियो । मंगलवार साँझ एक्कासि आकाशे बाटोको एक भाग तल खसेको थियो । यसबाट तल सडकमा रहेका गाडी र मानिस किचिएका थिए । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । पुरिएका कार, टेम्पो लगायतका कैयौं सवारी साधनमा रहेका व्यक्तिका बारेमा जानकारी आउन समय लाग्ने बताइएको छ ।

कैन्ट रेलवे स्टेशन नजिकै भएको उक्त दुर्घटनामा तल गुडिरहेका गाडी पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । त्यहाँ पुरिएका व्यक्तिको उद्धारमा सेना, सशस्त्रबल खटाइएको छ । उत्तर प्रदेशका प्रहरी डीआईजी ओपी सिंहले उद्धारकर्मीलाई तत्काल खटाइएको र उद्धारकार्य जारी रहेको जानकारी दिएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख प्रकट गर्दै यसका बारेमा विस्तृत जानकारी लिएका छन् । उनले जिल्ला प्रशासनलाई उद्धारकार्यमा कुनै कमी नहुन आदेश दिएका छन् । राज्य सरकारले मृतकका आफन्तलाई पाँच पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । गम्भीर घाइतेलाई दुई दुई लाख रुपैयाँ दिइनेछ । मुख्यमन्त्री योगीले दुर्घटना अनुसन्धान गर्न छानबिन समिति गठन गरेका छन् । उनले ४८ घण्टाभित्र प्रतिवेदन बुझाउन छानबिन समितिलाई आदेश दिइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यस विषयमा उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुराकानी गरेको जानकारी दिएका छन् । उत्तर प्रदेश सेतु निगम अन्तर्गत ७७ करोड ४१ लाख ४७ हजार भारतीय रुपैयाँ लागतमा कम गुणस्तरीय सामग्री प्रयोग भएको आरोप लाग्दै आएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.