दुवईमा नेपाली टिमको उत्कृष्ट प्रदशन

दुवईमा नेपाली टिमको उत्कृष्ट प्रदशन

युएइ : बुदोकन इन्टरनेशनल कराते च्याम्पियनशीप दुबईमा नेपाली टीमका खेलाडीहरूले  उत्कृष्ट प्रदशन गरेका छन्। नेपाली टिमले १८ स्वर्ण, ७ रजत र ५ कांस्य तथा काता र कुमुते विधामा च्याम्पियन अफ च्याम्पियन पदक हात पार्न सफल भएका छन्।

अन्तराष्टिय निर्णायक एभरेष्ट मार्शल आर्ट क्लबका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबि शाहीकाअनुसार उक्त प्रतियोगितामा च्याम्पेन अफ च्याम्पेन काता विधामा पर्शुराम बास्तोला र सरिता श्रेष्ठ तथा कुमुते विधामा दिवस श्रेष्ठ र कुसुम खड्का बन्न सफल भए।

स्वर्ण पदक विजेता कुमुते तर्फ दिवस श्रेष्ठ, कुसुम खड्का, मोनिका थापा, लक्ष्मण थापा, केञ्जल श्रेष्ठ, आशना पाण्डे, केना पटेल, सुरोज पाखरिन, निस्का कमल, शिवप्रकाश भुसाल, राजन कुमार पाइजा, सरिता श्रेष्ठले उत्कृष्ट प्रदशर्न गरे।  त्यस्तै स्वर्ण पदक विजेता काता तर्फ पर्शुराम बास्तोला, सरिता श्रेष्ठ, चन्द्र खड्का, मोनिका थापा, आशना पाण्डे, आर्यन पाण्डेले सफलता हात प्राप्त गरे।

त्यस्तै रजत पदक विजेता काता र कुमुते तर्फ मधु लामा, प्रेम राना, भुसन्त हुमागाइ, भीमसेन घर्ति मगर, रिचिका बानियाँ, आर्यन पाण्डे, केञ्जल श्रेष्ठ र  काँश्य पदक विजेता काता र कुमुते तर्फ नवीन श्रेष्ठ, राम लामा, ज्ञानु पुन, चन्द्र खड्का, भूपेन्द्र पुनले सफलता हात प्राप्त गरेका छन्। 

विभिन्न पदक काता र कुमुतेको सिनियर, जूनियर, केडेट , भेटायान्स स्वर्ण ररजत र काँश्य पदक हात पार्न सफल भए। त्यसैगरी नेपालको निर्णायक मण्डलमा रबि शाही, साइला घमाल, सन्जय रन्जित, लक्ष्मण खड्का, विशाल पुन र प्रेम श्रेष्ठ रहेका थिए।

कोचमा पर्शुराम घिमिरे, सिनियर अफिसियल टिम मेनेजर ज्ञान बहादुर जिम्बा र राम कुमार थारु रहेका थिए। पुरस्कृत खेलाडीहरूलार्ई पुरस्कार वितरणको लागि एनआरएनका यु ए ई का किस्न पौडेल, नीराजन सिलवाल, सञ्जय खरेल९मदरल्याण्ड म्यानेजमेन्ट० साथमा अरू विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

त्यस्तै जेकेएसका अध्यक्ष अब्दुला बिन बयानिसको पनि उपस्थिति रहेको एभरेष्ट क्लबका डाइरेक्टर रबि शाहीले जानकारी दिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.