ओली-प्रचण्ड भेटवार्ता: केही दिनमै पार्टी एकता घोषणा

ओली-प्रचण्ड भेटवार्ता: केही दिनमै पार्टी एकता घोषणा

काठमाडौँ: एमाले र माओवादीले केही दिनमै एकता हुने भएको छ । कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ गते हुने भनिएको एकता टरेपछि आशं‌का बढेका बेला दुई दलका शीर्ष नेता एकता नजिक पुगेका हुन् । 

वैशाख १८ वा २२ मा एकता घोषणा हुने पनि चर्चा थियो तर त्यसलाई औपचारिकता भने दिन सकेनन् दुई दलले ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि एकताको मिति सरेको थियो । 

यसबीचमा दुई दलबीच केही मतभेद बढेका समाचार पनि बाहिरिए । एकता मिति सर्दै गर्दा एकता नहुने अड्कलबाजी पनि भए । यसअघि गत मंसिरमा भएको निर्वाचनमा पार्टी एकतासम्म पुग्नैका लागि दुई दलले चुनावी गठबन्धन गरेका थिए । दुई दलको गठबन्धनको बलले नै कांग्रेसलाई पछार्दै कम्युनिस्टले बहुमत ल्याउन सफल भएका थिए । 

एकताबाट दुवै पार्टी धेरै टाढा गइसकेको विश्लेषण समेत भयो र भइरहेको छ । तर बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएपछि दुई दल एकता नजिक पुगेका हुन् । 

दुवै नेताले एकतालाई अन्तिम रुप दिन एकता स‌ंयोजन समिति बोलाउनेदेखि 'नेपाल कम्युनिस्ट पार्टी' लाई निर्वाचन आयोगमा दर्ता गर्नेसम्मका प्रक्रिया अघि बढाउने सहमति गरिसकेका छन् । 

'माओवादी केन्द्रका ५ नम्बर प्रदेश ईन्चार्ज  तथा नेता मणि थापाले दुई नेता एकताको एकदमै नजिक पुगेको जानकारी दिए । 'एकताको नजिक पुगेको खबर आएक छ, हाम्रो विस्तारित बैठक आजै ४ बजे बस्दैछ', थापाले भने, 'त्यो बैठकमा एकताको निचोडबारेमा अध्यक्ष कमरेडबाट ब्रिफिङ हुने कार्यक्रम छ ।'

दुई दलबीच विवाद बढिरहेको र सरकार पनि ओ‌लीले एकलौटी चलाएको आरोप लागिरहेका बेला बुधबार दुई नेताबीचको बैठकमा एकताको ब्रेक थ्रु भएको बताइएको छ । 

मोदी भ्रमणका कारण ओली-प्रचण्डबीच सम्वादहीनताको अवस्थालाई तोड्दै दुई नेताबीच छलफल भएपछि एकताको निचोड निस्केको एमालेका एक नेता बताउँछन् । 

दुवैले बोलाए आकष्मिक बैठक

ओली-प्रचण्ड भेट भएपछि दुवै दलले आकष्मिक बैठक बोलाएका छन् । एमालेले भोलिलाई आकष्मिकरुपमा केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । 

एमाले स्थायी समिति बैठक भने र माओवादीको विस्तारित बैठक आजै बस्दैछ । जनयुद्ध, चुनाव चिह्न र एकताको मोडालिटी अर्थात केन्द्रीय समिति, प्रादेशिक समितिको गठनबारे सहमति नभएको चर्चा चलिरहेका बेला एकताको निचोडमा दुई नेता पुगेका हुन् ।

दुवै नेताले बिहीबार एकता संयोजन समितिको बैठक बसाएर एकताको मिति घोषणा गर्ने सम्भावना रहेको एमालेका एक नेताले जानकारी दिएका छन् । ओली र दाहालबीच बुधबार एकताकै विषयमा अढाई घण्टा छलफल भएको छ । 

माओवादी केन्द्रका नेता जर्नादन शर्माले एकतालाई टुङ्गोमा पुर्‍याउन विषय दुवै नेता सहमत भइसकेको बताए । एकतामा भएको केही समयदेखिको अनिश्चितताले दुवै अध्यक्ष गम्भीर भएको उनले बताए । 

'दुवै नेता एकताप्रति गम्भीर हुनुहुन्छ, संयोजन समितिको बैठक भोली बिहान १० बस्नेछ', शर्माले भने, 'त्यो बैठकले एकता मिति तय गर्नसक्छ । संयोजक समितिले एकता मिति छिटै घोषणा गर्छ ।’

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले कार्यदलको प्रतिवेदनबारे समेत दुवै अध्यक्षबीच छलफल भएको बताए । असहमतिका बुँदामा आ-आफ्नो पार्टीभित्र छलफल गराएर निश्कर्षमा पुर्‍याउन दुवै नेता सहमत भएका पनि अधिकारीले बताए ।  उनले एकतालाई सकारात्मक निश्कर्षमा पुर्‍याउन दुवै अध्यक्ष सहमत भएको बताए ।

के छ विवाद ? 

पार्टी एकताका क्रमम एमालेले जनयुद्धको सट्टा जनक्रान्ति शब्द राख्नुपर्ने भनेको छ । तर एकताका लागि बनेका दुवै कार्यदलले भने कुनै विवाद नराखी प्रतिवेदन नेताहरुलाई बुझाइसकेका छन् । 

चुनाव चिन्हका विषयमा माओवादीका केही नेताको असहमति छ । उनीहरुले सूर्य चिन्हभित्र हतियाहथौडा राख्नु पर्ने बताइरहेका छन् । तर, गत निर्वाचनमा समेत मा‌ओवादीले सूर्य चिन्हलाई स्वीकारिसकेकाले यसमा ठुलो विवाद छैन । 

माओवादी समानताको आधारमा एकता गर्नु कुरा गरिरहेको छ भने एमाले स्थानीय, प्रदेश सभा, प्रतिनिधि सभाको निर्वाचनको आधारमा बाँटफाँट गर्नुपर्ने पक्षमा छ । प्रचण्डलाई सबैभन्दा चुनौती नेता व्यवस्थापन रहेको थियो । 

नेता व्यवस्थापनका लागि दुई शीर्ष नेताले नयाँ पार्टीको स्थायी समितिलाई कम्तिमा ४० सदस्यीय बनाउने कुरामा पनि मोटामोटी सहमति गरिसकेका छन् । 

यस्तो अवस्थामा दुई नेताबीच सकेसम्म भोली नभएमा एक साताभित्रमा एकता गर्ने बताएका छन् । 'कि त भोली नै नभए भोलि कम्तिमा एक सातापछिको मिति राखेर एकता घोषणा हुनेछ', माओवादीका एक नेताले भने । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.