सुन तस्करीमा मुछिएका भुजुङ भन्छन्, ‘छानबिन समिति नै बिकिसक्यो’

सुन तस्करीमा मुछिएका भुजुङ भन्छन्, ‘छानबिन समिति नै बिकिसक्यो’

 सुन तस्करी प्रकरण 

विराटनगरः दुबई र हङ्कङको बाटो हुँदै आएको सुन तस्करीका लगानीकर्ता भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङले सरकारद्वारा गठित उच्चस्तरीय छानविन समिति नै बिकिसकेको दावी गरेका छन् । 

त्रिभुवन विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करीसँग जोडिएका (भरिया) मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा गुरुङविरुद्ध पनि मद्दा चलाइएको छ । 

घटनाको अनुसन्धान र छानविनका लागि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वमा बनेको समितिमाथि नै उनले औँला उठाएका हुन् । 

अनौपचारिक कुराकानीमा गुरुङले छानबिन समितिलाई सुन तस्करी तथा सनम हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका ‘गोरे’ भनिने चूँडामणि उप्रेतीले किनिसकेको दाबी गरे । 

‘पैसामा समिति नै बिकिसकेको छ’, गुरुङले भने, ‘गोरे अहिलेसम्म पक्राउ पर्न सकेको छैन, यसको मतलब समिति बिकिसक्यो भन्ने नै हो ।’ 

गुरुङले आफू सुन तस्करीमा संलग्न नभएको पनि दाबी पनि गरेका छन् । ‘मलाई के नपुग्दो छ र सुन तस्करी गर्नु ?,’ उनले प्रश्न गरे, ‘मलाई किन मुद्दा चलाइएको हो ? बुझ्न सकिरहेको छैन ।’

तस्करी भएको भनिएको साढे ३३ किलो सुन अहिलेसम्म नभेटिनु पनि आश्चर्यजनक भएको उनले बताए । छानबिन समिति बिकिसकेका कारण समितिले मूख्य व्यक्तिहरुलाई पक्राउ नगरी घटनासँग साइनो सम्बन्ध नै नभएकालाई फसाउने काम गरेको गुरुङको दाबी छ । 

व्यक्तिगत रिसिइवी रहेकाहरु मात्रै समितिको नजरमा परेको दाबी उनी गर्छन् । गोरे लगायतका ठूला व्यक्तिहरु पक्राउ नपर्नु र तस्करी भएको भनिएको सुन नभेटिनुले यसको पुष्टि गर्ने गुरुङको भनाइ छ । 

उनले छानबिन समितिका काम कारवाही पूर्वाग्राही रहेको भन्दै समितिमाथि नै छानबिन गर्नु पर्ने आवश्यकता रहेको बताए । ‘बनाइएको समितिमाथि अर्को छानविन गर्ने हो भने अन्य धेरै कुरा बाहिर आउँछन्’, गुरुङले भने ।  

‘बिनाकारण मलाई यसरी दुःख दिन त भएन । राम्ररी खान र सुत्न पनि पाएको छैन,’ उनले भने, ‘यो कष्ट खेप्नु भन्दा मै पनि ५० लाख रुपैयाँ दिन तयार छु । आखिर पैसैका लागि सबै कुरा हुँदो रहेछ ।’ 

गुरुङले अरुले सुन तस्करी गरेको घटनामा आफूलाई अनाहाकमा फसाइएको गुनासो गरे । उनले अनुसन्धानका क्रममा सुन तस्करीमा आफ्नो संलग्नता स्वीकारेका छन् । तर अदालतमा दिइएको बयानमा भने उनले तस्करीमा संलग्नता नरहेको जिकिर गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.