धामी र लामा जुटे मदिरा नियन्त्रणमा

धामी र लामा जुटे मदिरा नियन्त्रणमा

डोल्पा : डोल्पा जिल्लामा पछिल्लो समय धामी र लामा मदिरा नियन्त्रणमा जुटेका छन्।संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दै गएपछि धामी र लामा मदिरा नियन्त्रणमा जुटेका हुन्।

गृह मन्त्रालयले लागूऔषध, अपराध, मदिरा नियन्त्रण र नियमन विशेष अभियान देशभर संचालन गरेको छ।डोल्पामा पनि यो अभियान सुरु भएको छ। अटेरी गर्नेलाई कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

डोल्पामा धामी र लामाले मदिरा नियन्त्रणमा ठूलो भूमिका खेलेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए। उनले भने,' सरसफाइ,जातीय छुवाछुत तथा विभेद र मदिरा नियन्त्रणमा लामा र धामीले प्रभावकारी काम गरेका छन्।'

धामी र लामालाई धेरैले विश्वास गर्ने भएकोले उनीहरुको कुरालाई कसैले नकार्ने सक्दैनन्, धामी हरिबहादुर शाहीले बताए। उनले भने,'मदिरामात्रै होइन गलत काम गर्नेलाई सजक गराउन धर्मले काम गरेको छ,त्यसैले धामी र लामाका कुरा कसैले काट्न सक्दैन।'

जिल्लामा लागूऔषधका घटना शून्य रहेको तर मदिरा भने रोजिरोटी र संस्कारकारुपमा फस्टाउँदै गएको महिला शसक्तिकरण डोल्पाको अगुवा उर्मिला विकले दावी गरिन्। उनले भनिन्,'  मदिराकै कारण डोल्पामा महिला हिंसा बढिरहेको छ,' नियन्त्रण गर्न सुरक्षाको खाँचो छ।' 

जिल्लालाई मदिरामुक्त बनाइ छोड्ने जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले प्रतिबद्धता जनाएका छन्।उनले भने,' अब मदिरा धर्म संस्कारका रुपमा प्रयोग गर्न पाइने छैन,जिल्लालाई मदिरामुक्त बनाउन सबैको सहयोग आवश्यक छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.