एमाले-माओवादी एकता भोलि : के छ सहमतिमा ?
![एमाले-माओवादी एकता भोलि : के छ सहमतिमा ?](https://annapurnapost.prixacdn.net/media/albums/20180417002913_Oli_and_Prachnda_BctvRdV8U6.jpg)
काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच बिहीबार पार्टी एकता हुने भएको छ। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चार सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ। एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार चार सय ४१ केन्द्रीय सदस्यमध्ये २४१ एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन्।
त्यसैगरी दुई पार्टीका अध्यक्षले ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति गरेको ओलीले एमाले बैठकमा जानकारी गराएका छन्। स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहनेछन्। यसरी नै महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने सहमति भएको छ।
पार्टीको चुनाव चिन्ह सूर्य र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमती भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)