मदन-आश्रितको अवसानकै दिन एकता हुँदैछ, मलाई गर्व छ : प्रचण्ड

मदन-आश्रितको अवसानकै दिन एकता हुँदैछ, मलाई गर्व छ : प्रचण्ड

काठमाडौं : एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका दिन पार्टी एकता हुन लागेकोमा आफूलाई गर्व महसुस भएको बताएका छन्। बिहीबार बिहान बल्खुस्थित मदन स्मृति भवनमा भएको कार्यक्रममा प्रचण्डले आजकै दिन पार्टी एकता घोषणाको प्रस्ताव राख्ने अवसर आफूलाई प्राप्त भएको भन्दै खुसी व्यक्त गरे।

'हामी ऐतिहासिक मोडमा प्रवेश गर्दैछौँ। जुन दिन मदन भण्डारी र जीवराज आश्रितको अवसान भयो, त्यही दिन एकता गर्नुपर्छ भनेको थिएँ', प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भएको वार्ताबारे उनले खुलाए, 'निषेधको निषेधको रुपमा, एकता, संघर्ष र रुपान्तरणको रुपमा हामी नयाँ पक्रिया सुरु गर्दैछौँ। यो मदन भण्डारी र जीवराज आश्रितप्रतिको सम्मान हो।'

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको आजकै दिन (२०५० साल जेठ ३ गते) चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो। मदन-आश्रित स्मृति दिवसकै दिन पारेर एमाले र माओवादी केन्द्रले आज एकीकृत पार्टी घोषणा गर्दैछन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले 'जनताले इतिहास निमार्ण गर्ने' तर्क गर्दै मदन भण्डारीलाई 'नेपाली जनताले जन्माएको प्रतिनिधि नेता' का रुपमा व्याख्या गरे। 'उहाँ राष्ट्र, जनता र वर्गप्रति समर्पित भएर जानुभयो। मलाई गर्व छ- मदन-आश्रितको अवसान भएको दिन हामी एकतामा जाँदैछौँ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.