एकता- नयाँ युगको नयाँ मोड : प्रधानमन्त्री ओली

एकता- नयाँ युगको नयाँ मोड : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता समृद्ध नेपाल निर्माणतर्फको यात्रा भएको दावी गरेका छन्। बिहीबार बिहान बल्खुस्थित मदन स्मृति भवनमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकता 'नेपाल कता जान्छ भन्ने कुराको घोषणा' भएको तर्क गरे।

'अब म पार्टी छुट्याइरहन्न' भन्दै नेताहरूलाई सम्बोधन गरेका ओलीले आज घोषणा हुन लागेको एकतालाई 'नयाँ युगमा प्रवेश गर्दै गरेको नयाँ मोड' का रुपमा व्याख्या गरे।

'यो दुई पार्टी मिलेकोमात्र होइन, पार्टीहरू कहिले मिल्छन्, कहिले फुट्छन् मात्र होइन', ओलीले भने, 'यसले नेपालको राजनीति, समाजनीति, अर्थतन्त्र र संस्कृतिलाई अनेक कोणबाट प्रभावित पार्छ। यसको असाधारण, सकारात्मक र दूरगामी महत्व छ।'

'कसको सदस्य कति' भनेर हिसाब नहुने उल्लेख गर्दै ओलीले संख्यात्मक भन्दा पनि गुणात्मक हिसाबले एकताको अर्थ र महत्व रहेको दोहोर्‍याए।


मदन-आश्रितको अवसानकै दिन एकता हुँदैछ, मलाई गर्व छ : प्रचण्ड


दुई पार्टीको एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकबाट एकता अनुमोदन गरी आआफ्ना केन्द्रीय समितिमा लगिने र संयुक्त केन्द्रीय समिति बैठक बस्ने ओलीले बताए। एमाले र माओवादी केन्द्रले बुधबार भएका छुट्टाछुट्टै बैठकबाट एकता गर्ने निर्णयलाई औपचारिकता दिएका छन्। संयुक्त केन्द्रीय समिति बैठक बसी आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी छ।

नयाँ दल दर्तालाई नेपालको भविष्यसँग ओलीले तुलना गरे। 'एकताको घोषणा र नयाँ दल दर्ता नेपालको भविष्यसँग जोडिएको छ', ओलीले भने, 'यो नेपाल कता जान्छ भन्ने कुराको घोषणा र दर्ता हो।'

२० औँ शताब्दीमा नेपालको राजनीतिलाई प्रभावित पार्ने व्यक्ति मदन भण्डारीले बनाएको गोरेटो अहिले ६ लेनको बाटोका रुपमा अगाडि बढेको र सुपरहाइवे बन्ने क्रममा रहेको ओलीले बताए। मदन भण्डारी 'शताब्दी नायक, असाधारण चिन्तक र दुरदर्शक' भएको ओलीको भनाई छ। उनले जीवराज आश्रितलाई 'कुशल संगठक' का रुपमा व्याख्या गरे। मदन आश्रित स्मृति दिवसजस्तो 'पवित्र र महान दिनलाई अझ ऐतिहासिकता दिन' एमाले र माओवादी केन्द्रबीच एकता हुन लागेको ओलीले बताए।

'हेर्दै जानुस्'

प्रधानमन्त्री ओलीले कतिपय मानिसहरूले के भएको भन्ने नबुझेको आरोप लगाए। एकताबारे भ्रमहरू चलेको उल्लेख गर्दै उनले दुई पार्टीको एकता घोषणाको दिनमा ती सबै भ्रमहरू चिरिएको दावी गरे।

'जनमतको हिसाबले बहुसंख्यक जनमत हामीसँग छ', संसदमा आरामदायी बहुमत छ', अन्य पार्टीहरूलाई पनि सरकारमा सहभागी गराउने संकेत गर्दै ओलीले भने, 'अझै हेर्दै जानुस्, अहिले म धेरै भन्न चाहन्न।'

'कांग्रेस प्रतिस्पर्धी रहेन'

नेपाली कांग्रेस कम्युनिस्टहरूको प्रतिपस्पर्धी पार्टी नरहेको उल्लेख गर्दै ओलीले ऊ सहयोगी पार्टीमात्र रहेको बताए। 'कांग्रेस हाम्रो प्रतिस्पर्धी रहेन, सहयोगी पार्टी हो', ओलीले भने, 'लोकतन्त्रमा हामी उसलाई सँगै लिएर जान्छौँ। नेपाली कांग्रेसले योगदान गर्नुपर्छ। उसको इतिहास छ। सबै मिलेर देश बनाउने हो।' 'समृद्ध नेपाल सुखी नेपाली' को आकांक्षा बनाउने यात्रा रहेको र त्यसमा सबैको साथ चाहिने उनको भनाई छ।  

अधिनायकवाद ल्याउन खोजेको कांग्रेसको आरोपको बारे उनले भने- 'हाम्रा मित्रहरू अधिनायकवाद ल्याउँछ कि दमन गर्छ कि भनेर झस्कन्छन्। यो एकता दमनका लागि होइन, विकासका लागि हो।' ओलीले शासन नभइ सेवा र भ्रष्टाचार नभइ सुशासनमार्फत राष्ट्र निर्माण गर्न एकता हुन लागेको बताए।

फुट्ने होइन, जुट्ने

ओलीले बुद्धिजीवीहरूलाई आग्रहपूर्ण अभिव्यक्तिहरूबाट मुक्त हुन आग्रह गरे। 'बचपनमा वा युवाअवस्थामा पढेका आग्रहपूर्ण मूल्यमान्यता छन् भने त्याग्दिउँ', उनले भने, 'सुन्दासुन्दा कान टट्याएका थिए कि कम्युनिस्टहरू मिल्न जान्दैनन् भनेर।'

ओलीले कम्युनिस्टहरूले अब फुट्न बिर्सिएको दावी गरे। 'अब फुट्न बिर्सिए, जुट्न मात्रै जाने...', ओलीले भने, 'भ्रम नरहोस्- फुटाउन होइन जुटाउन मात्र जानेका छन्।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.