कांग्रेस हाम्रो प्रतिस्पर्धी  होइन, सहयोगी : अोली

कांग्रेस हाम्रो प्रतिस्पर्धी  होइन, सहयोगी : अोली

काठमाडौं : प्रधानमन्त्री केपी शर्माले  नेपाली कांग्रेस कम्युनिस्टहरूको  सहयोग पार्टी रहेको  बताएका छन् ।  कांग्रेस प्रतिपस्पर्धी पार्टी नरहेको उल्लेख गर्दै एमाले अध्यक्षा समेत रहेका ओलीले ऊ सहयोगी पार्टीमात्र रहेको बताए।

 मदन भण्डारी र जीवराज आश्रितको २५ औ स्मृति दिवसको अवसरमा बोल्दै भने,‘ कांग्रेस हाम्रो प्रतिस्पर्धी रहेन, सहयोगी पार्टी हो, ओलीले भने,लोकतन्त्रमा हामी उसलाई सँगै लिएर जान्छौँ। नेपाली कांग्रेसले योगदान गर्नुपर्छ। उसको इतिहास छ। सबै मिलेर देश बनाउने हो।'

समृद्ध नेपाल सुखी नेपालीु को आकांक्षा बनाउने यात्रा रहेको र त्यसमा सबैको साथ चाहिने उनको भनाई छ।  

अधिनायकवाद ल्याउन खोजेको कांग्रेसको आरोपको बारे उनले भने,'हाम्रा मित्रहरू अधिनायकवाद ल्याउँछ कि दमन गर्छ कि भनेर झस्कन्छन्। यो एकता दमनका लागि होइन, विकासका लागि हो।' ओलीले शासन नभइ सेवा र भ्रष्टाचार नभइ सुशासनमार्फत राष्ट्र निर्माण गर्न एकता हुन लागेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.