तानसेनको सिद्धबाबामा सडक बन्द

तानसेनको सिद्धबाबामा सडक बन्द

पाल्पा: सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा खसेको पहिरो हटाउनको लागि आज दिउँसो २ घण्टा सडक बन्द गरिएको छ। पहिरो पन्छाउनका लागि दिउँसो २ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिएको हो।

तिनाउँ गाउँपालिका वडा नं. २ दोभान सिद्धबाबा क्षेत्रको हेडबक्स नजिकै खसेको पहिरो पन्छाउन सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मंगलबार खसेको पहिरोले सडक अवरुद्ध भएपछि एकतर्फी मात्र सडक खुलाएको छ।हिरोले सडक साँधुरो बनाएको र जुनसुकै समयमा पुन: पहिरो झरी सडक अवरुद्ध हुने भएकाले पहिरो हटाउन सडक बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकृत एवं इन्जिनियर पवित्रमणी आचार्यले जानकारी दिए।

सोही स्थानमा गतवर्ष दसैंको समयमा पहिरो जाँदा तानसेन बुटवल सडक एकहप्तासम्म अवरुद्ध भएको थियो।निर्वाचनको समयमा पार्टीका उम्मेदवारले सिद्धबाबा क्षेत्रलाई प्राथमिकतालाई जोड दिने भनिए पनि कुनै पक्षबाट ठोस काम हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.