नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा को को ?

नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा को को ?

स्थायी समिति ४५ सदस्यीय, सचिवालय ९ सदस्यीय 

काठमाडौँ: नेपालको इतिहासमा एमाले र माआवादी केन्द्रबीच ऐतिहासिक एकता भएको छ । दुई कम्प्युनिस्ट पार्टीबीच भएको एकताले नेपाल राजनीतिमा नयाँ युगको सुरुवात भएको छ । 

एकतापछि शक्तिशाली कम्युनिस्ट पार्टी हुनेछ । नयाँ पार्टीको ४५ सदस्यीय स्थायी समिति हुनेछ । स्थायी समितिमा एमालेबाट २६ र माओवादीबाट १९ हुनेछन् । ४४१ सदस्यीय केन्द्रीय समिति हुने हुनेछ । केन्द्रीय कमिटिमा एमालेबाट २४१ र माओवादीबाट २०० जना रहनेछन् । ९ सदस्यीय सचिवालय बनाइएको छ । 

एमालेको स्थायी समिति २७ सदस्यीय हो । जसमा विद्यादेवी भण्डारी राष्ट्रपति भएकाले एक सदस्य घटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्षहरु वामदेव गौतम, युवराज ज्ञावाली,अष्टलक्ष्मी शाक्य र भीम रावल स्वतः नयाँ पार्टीको स्थायी समितिमा परेका छन् । 

त्यस्तै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडल र घनश्याम भुसाल,सचिवहरु प्रदीप ज्ञावाली, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरुङ स्थायी समितिमा परेका छन् । 

त्यस्तै स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सत्यनारायण मण्डल, मुकुन्द न्यौपाने, किरण गुरुङ, सुरेन्द्र पाण्डे र छविलाल विश्वकर्मा  पनि  एकीकृत पार्टी  स्थायी समिति सदस्य भएका छन् । 

अनुशासन आयोगको अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडाल, निर्वाचन आयोगका सदस्य सोमनाथ प्यासी र लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेलमध्ये ३ जना स्थायी समिति  परे । त्यसमा लेखा आयोगका अध्यक्ष कँडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएकाले उनी स्थायी समितिमा परेनन् ।  

उता माओवादीतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ स्थायी समितिमा  परेका छन् । 

नेताहरु टोपबहादुर रायमाझी, अमिक शेरचन, जनार्दन शर्मा, वर्षमान पुन, देवप्रसाद गुरुङ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, हरिबोल गजुरेल, लिलामणि पोखरेल, राम कार्की, लेखराज भट्ट स्थायी समितिमा परेका छन् । स्थायी समितिमा दुई जना थपिने भएका छन् । 

९ सदस्यीय सचिवालय 

एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय सचिवालय बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी  एकता संयोजन समितिको बैठकले सचिवालय बनाएको छ । 

दुई अध्यक्षमा केपी ओली र पुष्पकमल दाहाल रहनेछन् भने महासचिवमा विष्णु पौडेल रहेछन् । नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाएको छ सचिवालयमा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन् ।

एमालेबाट 

१. केपी शर्मा ओली 
२. झलनाथ खनाल
३. माधव नेपाल
४.बामदेव गौतम
५.अष्टलक्ष्मी शाक्य
६.युवराज ज्ञावाली 
७.भीम रावल 
८.ईश्वर पोखरेल
९.बिष्णु पौडेल
१०. घनश्याम भुसाल 
११.योगश भट्टराई
१२.प्रदीप ज्ञावाली
१३.पृथ्वी सुब्बा गुरुङ
१४.गोकर्ण विष्ट 
१५.भीम आचार्य 
१६.सुवासचन्द्र नेवाङ
१७.सुरेन्द्र पाण्डे
१८. किरण गुरुङ
१९. मुकुन्द न्यौपाने
२०.सत्यनारायण मण्डल
२१. छविलाल विश्वकर्मा
२२.शंकर पोखरेल  
२३. अमृतकुमार बोहरा 
२४.केशव बडाल
२५.सोमनाथ प्यासी 

माओवादीबाट 

१.पुष्पकमल दाहाल प्रचण्ड 
२.नारायणकाजी श्रेष्ठ 
३. रामबहादुर थापा बादल
४.टोपबहादुर रायमाझी
५.अमिक शेरचन, चितवन 
६. जनार्दन शर्मा
७.वर्षमान पुन
८. देवप्रसाद गुरुङ
९.पम्फा भुसाल
१०.गिरिराजमणि पोखरेल
११.मातृकाप्रसाद यादव
१२.अग्नि सापकोटा
१३.ओनसरी घर्ती
१४.लेखराज भट्ट
१५.शक्ति बस्नेत
१६.हरिबोल गजुरेल
१७.लीलामणि पोखरेल
१८.राम कार्की


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.