बलेवा-काठमाडौंको हवाई भाडा घट्यो

बलेवा-काठमाडौंको हवाई भाडा घट्यो

बागलुङ : हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा-काठमाडौँ उडानको भाडादर समायोजन भएको छ। नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ। काठमाडौँदेखि बलेवा उडानको भाडा  पाँच हजार ८०० तोकिएको छ। यसअघि निगमले दुवैतर्फको उडानमा ६ हजार ५०० भाडा लिँदै आएको थियो।

भाडा महँगो भएको गुनासो बढेपछि भाडादर घटाउन एयरलाइन्स कम्पनीलाई दबाब परेको हो। बागलुङ नगरपालिकाले भाडा समायोजनका लागि नागरिक उड्डयन प्राधिकरणसँग माग गर्दै आएको थियो। नगरपालिकाकै विशेष पहलमा बन्द भएको २६ वर्षपछि गत चैतबाट विमानस्थल सञ्चालनमा आएको हो। 

नेपाल वायु सेवा निगम र तारा एयरलाइन्सको विमानले हाल सातामा दुई पटक उडान भर्दै आएका छन्। ताराको विमानले आइतबार र नेपाल एयरलाइन्सको विमानले बिहिबार उडान भर्दै आएको छ। 

नेपाल एयरलाइन्सपछि तारा एयरलाइन्सले पनि भाडा घटाउने विश्वास लिइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। हाल ताराको भाडादर प्रतियात्रुर ६ हजार ७०० कायम छ। विमानस्थल सञ्चालनमा आएपछि बलेवा-काठमाडौँ यात्रा जम्मा ४० मिनेटमा छोटिएको छ।विमानस्थलबाट अत्यावश्वक कामकाजी व्यक्ति र बिरामीले बढी लाभ लिएका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.