राष्ट्रिय सभागृहमा दुई अध्यक्ष ओली-दाहाल (फोटो फिचर)
काठमाडौँः राष्ट्रिय सभा गृहमा भएको नेपाल कम्युनिष्ट पार्टीका घोषणा कार्यक्रम हलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड पुग्दा तालीको गडगडाहटसहित स्वागत गरियो । दुवै हँसिलो मुद्रामा राष्ट्रिय सभागृहमा हात हल्लाउँदै छिर्दा तालीले स्वागत भएको थियो । दुवै अध्यक्षले अर्का वरिष्ठ नेता माधवकुमार नेपालले बोलिरहँदा एकताको सहमतिपत्रमा पनि हस्ताक्षर गरे ।
उनीहरुले सहमति पत्रमा हस्ताक्षर गरिरहँदा नेता नेपालले ६ बुँदे घोषणा पत्र पनि बाचन गरेर सुनाए । नयाँ पार्टीको अध्यक्षका रुपमा बोल्दै दाहालले पार्टी एकता सर्वसाधरणले थाहा पाउने मितिमा हुँदैन भन्ने कुरा अहिले पुष्टि भएको बताए । दाहालले सम्बोधनका क्रममा मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिँदै यही दिन एकता गर्दा गौरव महसुस भएको पनि बताए ।