कम्युनिष्ट एकताः समृद्धिको आधार, युवाहरु उत्साहित

कम्युनिष्ट एकताः समृद्धिको आधार, युवाहरु उत्साहित

काठमाडौँः जेठ ३ गते । मदनआश्रीत स्मृति दिवस । आजकै दिन कम्युनिष्ट पार्टी घोषणा हुने दिन । बिहीबार अपराह्नदेखि राष्ट्रिय सभागृहमा छुट्टै खालको रौनक देखिन्थ्यो । 

देशका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको घोषणाको प्रतिक्षमा देशभरका युवाहरु राष्ट्रिय सभा गृह परिसरमा उत्साहित भएका देखिन्थे । आरोह अवरोहका बीच पनि पार्टी एकता घोषणा सुन्न पाउँदा युवाहरु उत्साहित देखिन्थे । 

एमाले र माओवादी केन्द्रबीच एकता समृद्धि आधार भएको युवाहरुले बताएका छन् । एकता घोषणा सुन्न राष्ट्रिय सभागृहमा पुगेका युवाहरुले एकता आर्थिक विकासको केन्द्र भएको बताएका हुन् । अस्थिर राजनीतिका कारण देशमा विकास हुन नसकेकाले अब कम्युनिस्ट पार्टीले देश बनाउने युवाहरुले  विश्वास व्यक्त गरेका छन् । 

युवा संघ नेपालका महासचिव नरेश शाही एकताले उत्साह थपिएको बताए । उनले नेपाली जनताको स्वर्णिम सपना साकार पार्ने एक प्रक्रिया भएको बताए ।

‘अब हाम्रो मुख्य एजेन्डा गरिबी निवारण र बेरोजगारको अन्त्य हुने छ,‘उनले भने–अब देश गरिब मुलुकको रुपमा मात्र रहन सक्दैन’  समग्र रुपमा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका रुपमा सृद्वढ गर्नका लागि एकाताले बल दिने उनले बताए । एकताले संख्यामा न्यूनता आएपनि गुणस्तरीयतामा प्रभावकारिता आउने र नागरिकको जीवन बदलिने उनले विश्वास व्यक्त गरे । ‘अहिले राजनीतिक आन्दोलनको पाटो सकिएको छ, अब एकतापश्चात देश विकासमा छलाङ मार्ने छ’ उनले भने ।

कपिलवस्तुका युवा सुशील पौडेलले एकतापश्चात उद्यमशीलताको विकास हुदैँ प्रयाप्त मात्रामा रोजगारी सिर्जना हुने बताउँछन् । ‘नेपालमा प्रायप्त मात्रामा रोजगार सिर्जना हुन सकेको छैन्,‘उनले भने, ‘एकतापश्चात कोही पनि शैक्षिक बेरोजगार बस्नु पर्ने छैन ।’ 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले कम्युनिष्ट पार्टी एकताले समृद्धि आधार टाढा नभएको बताउँछन् ।

‘अब राज्यले सहकारीसँग सहकार्य गरेर गाउँगाउँसम्म रचनात्मक काम गर्न सक्छ’ उनले भने । आर्थिक समृद्धि लागि सहकारीसँग सहकार्य गरेर दुर्तगतिमा आर्थिक विकास हुने उनी बताउँछन् । ‘पार्टीले समृद्विको आधार तय गरेको छ, अब आर्थिक विकासले गति लिने छ’, उनले बताए । पार्टी एकतापश्चात नेपाल कम्युनिष्ट पार्टीले ५२ प्रतिशत जनमत पाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.